Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाका पालिका प्रमुखहरुको साझा प्रतिवद्धता
    Uncategorized

    झापाका पालिका प्रमुखहरुको साझा प्रतिवद्धता

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ जेष्ठ १०, शनिबार १४:२७ गते5 Mins Read

    कनकाई खबर \ झापा जिल्लाका पालिका प्रमुखहरुले साझा समस्याको समाधानमा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।कनकाई नगरपालिकामा आयोजित नगरपालिका र गाउँपालिकाका प्रमुखहरुको परामर्श बैठकमा सबै पालिकामा रहेको साझा समस्याको पहिचान गरेर समाधानमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाइएको हो ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षता एवं कनकाई नगर उपप्रमुख आशा शिवाकोटीले शाव्दीक स्वागत गरेको परामर्श बैठकमा जिल्लाका पालिका प्रमुखहरुले पछिल्लो समय अत्यन्तै भयावह बन्दै गएको लागुऔषधको प्रयोग र कारोवारप्रति चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणमा स्थानीय सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।

    चुनौतिको रुपमा रहेको लागुऔषध नियन्त्रणमा झापाका पालिका प्रमुखहरुले एउटै रणनीति बनाएर अघि बढ्नु पर्नेमा जोड दिँदै कनकाई नगर प्रमुख पोखरेलले छुट्टै होल्डिङ सेन्टरको व्यवस्थापन गरी उद्यमशिलता तर्फ दुव्र्यसनीलाई जोड्नु पर्ने धारणा राखे । लागू औषध न्युनिकरण गर्न जिल्लाका सुरक्षा संयन्त्रसँग समेत सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिँदै कनकाई नगर प्रमुख पोखरेलले साझा समस्याको समाधानमा सबै पालिकाहरुबीच समन्वय हुनु भनेको संघियताको एउटा सफल नमुना भएको बताए ।

    खेलकुदका विभिन्न विधामा जिल्लाका सबै पालिकाहरूले अलग अलग विधा संचालन गर्दै जिल्लाको उपयुक्त स्थानमा खेलकुदका लागि ट्रेनिङ सेन्टर निर्माण गर्न सके प्रत्येक पालिकाबाट खेलाडी उत्पादनमा थप बल पुग्ने भन्दै पालिका प्रमुखहरुले खेल क्षेत्रलाई समेत प्राथमिकतामा राखेर अघि बढ्ने जनाएका छन् ।

    त्यस्तै मेचीनगरको वडा नं.४ मा रहेको मानव सेवा आश्रमको भौतिक संरचना निर्माण साथै प्रशासनीक व्यवस्थापनमा जिल्लाका पालिकाहरूले सहयोग गर्न यस अघि नै भएको निर्णय अनुसार प्रतिपालिका कम्तिमा रु. ५लाख बराबरको आर्थिक सहयोग उपलव्ध गराउँने जनाइएको छ ।
    परामर्श बैठकमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले स्थानीय स्तरमा करको दरका बारेमा छलफल गर्दै एकरूपता ल्याउनु पर्नेमा जोड दिए । त्यस्तै नगर प्रमुख बुढाथोकीले बजार क्षेत्रमा भाडा दरको एकरूपता कायम गर्नुपर्ने, फलफुल तथा तरकारीजन्य खाद्यसामाग्रीमा विषादीको प्रयोगलाई न्युनिकरण गर्न साथै नदिजन्य पदार्थ उत्खननमा समेत जिल्लाका सबै पालिकाहरु बीच समन्वय हुनु पर्नेमा जोड दिए ।

    बैठकमा कचनकबल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य हुन नसक्दा दैनिक कार्यसम्पादनमा समस्या हुने भन्दै आफ्नै पालिकामा केही समय अघि प्रमुख प्रशासकीय अधिकृतसँगको असमझदारीका कारण खटपटी भएको जानकारी गराए । जनप्रतिनिधि र कर्मचारी बीचमा हुनसक्ने यस किसिमको समस्याका विषयमा समेत पालिकाको फोरममा छलफल हुनु पर्ने भन्दै राजवंशीले बैठकमा उठेका अन्य सबै सवालमा आफ्नो तर्फबाट ऐक्यवद्धता रहेको जनाए ।

    त्यस्तै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले लागुऔषधको प्रयोग र कारोवारप्रति दिनप्रतिदिन युवाहरुको आकर्षण बढ्दै गएकाले यसको न्युनिकरणमा गम्भीर हुनु जरूरी रहेको बताए । स्थानीय तहमा संचालनमा रहेको अस्पतालमा बिमाको औषधि बापतको रकम निकासा गर्न बिमा कम्पनीबाट ढिलो भएका कारण पालिकालाई समस्या भएको भन्दै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष प्रसाईँले यस तर्फ पालिका संयन्त्रले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँनुपर्नेमा जोड दिए । त्यस्तै तरकारी तथा फलफुलको विषादी परिक्षण साथै नदिजन्य उत्खननमा एक रुपता ल्याउनुपर्नेमा अध्यक्ष प्रसाईँले जोड दिए ।

    बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईँले सडक बाटोमा परेका बिद्युत पोल सार्ने सवालमा प्राधिकरणका कर्मचारी र अन्य मजदुरहरूका विषयमा एक रूपता हुन नसक्दा समस्या आएकोले यस्ता विषयमा समेत समन्वय हुनु जरूरी रहेको बताएकी छन् । त्यस्तै सशस्त्र प्रहरीको पहलमा कमल गाउँपालिका अन्तर्गत पाडाजुँगीमा संचालनको तयारीमा रहेको विद्यालय निर्माणमा मिलाएर सहयोग गर्नुपर्ने कुरामा आफू सकारात्मक रहेको भन्दै विर्तामोड नगर प्रमुख प्रसाईँले स्थानीय तहमा रहेको फोहोरमैला व्यवस्थापन, लागुऔषधको समस्या, खेलकुदका गतिविधि लगायतका विषयलाई साझा समस्याका रुपमा लिएर समाधान तर्फ अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।

    त्यस्तै गौरीगन्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले साझा समस्यामा एकजुट भएर अघि बढ्नु पर्ने भन्दै पालिकाले संचालन गरिरहेको स्वास्थ्य संस्थामा क्रमिक रूपले सेवा विस्तार हुँदै जाँदा स्वास्थ्यकर्मीको दरवन्दी पनि आवश्यक्ता अनुसार विस्तार हुन नसक्दा समस्यामा परेको जानकारी गराएकी छन् ।

    त्यस्तै करको दायरामा एकरूपता हुने कुरालाई कार्यविधि बनाएर लागु गर्नु जरूरी रहेको भन्दै पालिका अध्यक्ष राजवंशीले यस विषयमा साझा अवधारणा बनाउँन सकेमा आगामी नेतृत्वलाई समेत सहज हुने बताएकी छन् ।

    त्यस्तै अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देनले हरेक पालिकामा पशु उपचार सेवालाई व्यवस्थित गर्दै वैज्ञानिक उपकरण सहित लम्की रोग लगायत विभिन्न रोगको उपचारलाई सहज बनाउन साझा अवधारणा बनाउनु पर्नेमा जोड दिए । त्यस्तै अर्जुनधारा नगर प्रमुख गोम्देनले यस किसिमको सेवा हालसम्म जिल्लामा कहि पनि नभएकोले झापाका पालिकाहरुले पशुउपचार सेवालाई वैज्ञानिक बनाउँन साझा अवधारणा बनाउँनुपर्नेमा जोड दिए ।

    नदिजन्य सामाग्री उत्खननमा पालिकाले अनुमति दिएको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारीबाट भएको अनुगमन पालिकाको नियम विपरीत भएकाले यसमा जिल्लाका सबै पालिकाको ध्यानाकर्षण हुनु पर्नेमा पालिका अध्यक्ष गोम्देनले जानकारी गराए । लागु औषध तथा दुव्र्यसनी न्युनिकरणमा गम्भीर हुनु जरूरी रहेको भन्दै गोम्देनले अन्य उठेका सबै विषयमा अर्जुनधाराको तर्फबाट आफू सहमत भएको बताए ।

    त्यस्तै शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले प्रवद्र्धनात्मक साझा कार्यक्रममा सहकार्य गरेर अघि बढ्नुको बिकल्प नरहेको बताए । लागुऔषधको प्रयोग र कारोवारलाई न्युनीकरण गर्न जिल्लाको सबै संयन्त्र सक्रिय बन्नु पर्ने भन्दै शिवसताक्षी नगर प्रमुख थोप्राले स्थानीय सरकारको तर्फबाट यसको नेतृत्व गर्नु पर्ने सुझाव दिए ।

    झापामा शसस्त्र प्रहरीले संचालन गर्न लागेको विद्यालययमा आर्थिक सहयोग गरेर जानु पर्नेमा नगर प्रमुख थोप्राले जोड दिए । खेलकुदका क्षेत्रमा पालिकामा ठुलो धनराशी खर्च भइरहेको भन्दै नगर प्रमुख थोप्राले खेलकुदमा वार्षिक १ करोड ४० लाख र पालिकाले निर्माण गर्न लागेको स्टडियममा लगातार ३ करोड खर्च भइसकेको जानकारी दिए ।

    यसरी ठूलो धनराशी खर्च भइरहेको खेलकुद विधामा झापाका पालिकाहरुबाट साझा अवधारणा बनेर अघि बढ्न सकेमा आर्थिक रुपले समेत सहज हुन सक्नेमा आफु विश्वस्त रहेको नगर प्रमुख थोप्राले जानकारी गराए ।
    त्यस्तै फोहोरमैला व्यवस्थापनमा गौरादह नगरपालिकासँग समन्वय गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिँदै थोप्राले अन्य साझा सवालमा शिवसताक्षी नगरपालिका सधैं सकारात्मक रहेको बताए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.