Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » न्यू मिडियाको प्रयोग र भावी कार्यदिशामाथि प्रेस चौतारी झापाको प्रशिक्षण
    कनकाई नगरपालिका

    न्यू मिडियाको प्रयोग र भावी कार्यदिशामाथि प्रेस चौतारी झापाको प्रशिक्षण

    कनकाई खबरBy कनकाई खबर२०८२ जेष्ठ ८, बिहीबार १३:४९ गते2 Mins Read

    कनकाई खबर \ प्रेस चौतारी झापाले पत्रकारितामा नवीन प्रविधिको प्रभाव र संस्थाको भावी योजना विषयमा सदस्यहरूलाई प्रशिक्षित गरेको छ ।

    पत्रकारितामा न्यू मिडियाको प्रयोग र भावी कार्यदिशाका विषयमा प्रेस चौतारीले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । चौतारीको सभाहलमा आयोजित प्रशिक्षणमा प्रेस चौतारी नेपालका शीर्ष नेतृत्वद्वारा प्रशिक्षण प्रदान गरिएको छ ।कार्यक्रममा केन्द्रीय अध्यक्ष गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा, सचिव विक्रम लुइटेल, कोशी प्रदेश इन्चार्ज नुतन श्रेष्ठ लगायतले प्रशिक्षण दिए /

    केन्द्रीय नेतृत्वले चौतारीलाई एक सुदृढ र व्यावसायिक पत्रकार संगठनको रूपमा स्थापित गर्ने योजनामा आफूहरू जुटेको स्पष्ट पारेको छ । अध्यक्ष पाण्डेका अनुसार यो वर्षलाई ‘प्रशिक्षण वर्ष’को रूपमा मनाउने निर्णय गरिएको छ । पत्रकारहरूको सीप र क्षमता विकासलाई प्रेस चौतारीले पहिलो प्राथमिकतामा राखेको अध्यक्ष पाण्डेले बताए । महासचिव लामाले संस्थालाई सबल र प्रभावशाली बनाउन सबै सदस्यलाई प्रशिक्षित गर्ने योजना प्रस्तुत गरे ।

    उपाध्यक्ष चेतन अधिकारीले डिजिटल प्रविधिको विकाससँगै न्यू मिडियाको प्रयोग व्यापक बन्दै गएको उल्लेख गर्दै त्यससँगै आएका चुनौतिहरूलाई सामना गर्न सक्षम जनशक्तिको खाँचो रहेको धारणा राखे । कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व सदस्य गणेश पोखरेलले स्थानीय सञ्चार माध्यमको प्रवद्र्धनमा स्थानीय सरकारको अपेक्षित सहयोग नपाएकोप्रति चिन्ता व्यक्त गरे । केन्द्रीय सदस्य माधव विद्रोहीले झापाको सञ्चार क्षेत्रको पछिल्लो अवस्था प्रस्तुत गरे ।

    प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले सदस्यहरूलाई संगठनको भावी कार्यदिशा र कार्ययोजनाबारे स्पष्ट जानकारी गराउने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको जानकारी दिए । सोही अवसरमा झापा जिल्ला कमिटीद्वारा तयार पारिएको आगामी कार्ययोजना प्रेस चौतारी झापाका इन्चार्ज मनकुमार गदालले केन्द्रीय महासचिव लामालाई हस्तान्तरण गरे ।

    कार्यक्रमको सञ्चालन जिल्ला सचिव युवराज आचार्यले गरेका थिए भने उपाध्यक्ष राजु पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.