Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दोस्रो चरणको अप्रेसनको तयारीमा सुरुङ्गा खानेपानी संस्था
    कनकाई नगरपालिका

    दोस्रो चरणको अप्रेसनको तयारीमा सुरुङ्गा खानेपानी संस्था

    कनकाई खबरBy कनकाई खबर२०८२ जेष्ठ ५, सोमबार ००:१३ गते2 Mins Read

    पाइपलाइनमा सोझै मोटर जडान गर्ने उपभोक्ताको धारा बन्द गर्दै सुरुङ्गा खानेपानी संस्था
    कनकाई खबर \ झापाको कनकाई नगर क्षेत्रको सबैभन्दा पुरानो खानेपानी संस्था सुरुङ्गा खानेपानी तथा सरसफाई सामुदायिक उपभोक्ता संस्थाले पाइपलाइनमा सोझै मोटर जडान गर्ने उपभोक्ता सदस्यको धारा बन्द गर्न सुरु गरेको छ ।

    पाइपलाइनमा सोझै मोटर जडान गर्दा अन्य उपभोक्तालाई प्रत्यक्ष असर परेका कारण त्यस्ता उपभोक्ताको धारा बन्द गर्न सुरुवात गरेको संस्थाका अध्यक्ष भीमप्रसाद अधिकारी बताउँछन्।

    संस्थाले विगत २०८१ को सुरुवाती अवस्थादेखि नै खानेपानी पाइपलाइनमा सोझै मोटर जडान नगर्नु भनी बारम्बार सूचना जारी गर्दा पनि अटेर गरी खानेपानी पाइपलाइनमा सोझै मोटर जडान गरेर पानी तानीरहेका उपभोक्ताको घरमै गएर खानेपानीको मिटर बन्द गर्ने कार्य सुरु गरेको संस्थाका अ्रध्यक्ष अधिकारीले जानकारी दिए ।

    विशेष गरी सुरुङ्गा बजारको पुर्व तर्फ अतिथी सदन टोलका करिब ३५ घर उपभोक्ताले पाइपलाइनमा सोझै मोटर जडान गरेका कारण अन्य उपभोक्ताहरु समस्यामा पर्न थालेपछि खानेपानी संस्थाले आफ्नै उपभोक्ता सदस्यको धारा बन्द गर्न बाध्य हुनु परेको संस्थाका सचिव गोपाल खरेलले जानकारी दिए । यस अघि नै सम्पन्न सर्वदलीय बैठकको निर्णय साथै विभिन्न चरणमा भएको सार्वजनिक सुचनालाई समेत अटेर गरी बसेका उपभोक्ताहरु मध्ये पहिलो चरणमा ५ जना उपभोक्ताको धारा बन्द गरिएको सचिव खरेल बताउँछन् ।

    हरेक पल अत्यन्तै आवश्यक पर्ने शुद्ध पिउने पानीको धारा बन्द हुँदा दैनिक जीवनमा समस्या पर्ने भएपछि धारा बन्द भएका दुईवटा परिवारले संस्थाको नियम अनुसार तत्काल धारा खुल्ला गरेको बताइएकोछ । अन्य तीनवटा परिवारबाट समेत भोलीपल्ट नै आवश्यक प्रक्रिया पूरा गरेर बन्द भएको धारालाई पुनः सुचारु गरिएकोे संस्थाका सचिव खरेलले जानकारी दिए । अझै पनि केही उपभोक्ताले अटेर गरेर पाइपलाइनमा सोझै मोटर जडान गरेको जानकारीमा आएकाले चाँडै दोस्रो चरणको अभियान संचालन गर्ने तयारीमा संस्था रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.