Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षीका १६ वर्षिय किशोर दुई दिनदेखि बेपत्ता,खोजी कार्य तीव्र
    विशेष

    शिवसताक्षीका १६ वर्षिय किशोर दुई दिनदेखि बेपत्ता,खोजी कार्य तीव्र

    कनकाई खबरBy कनकाई खबर२०८२ जेष्ठ ४, आईतवार २०:१० गते2 Mins Read

    शिवसताक्षी \ शिवसताक्षी ८ झिलझिलेका एक किशोर २४ घण्टा लामो समयदेखि बेपत्ता भएका छन् । झिलझिले माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय प्रचिन लुइटेल आइतबार दिउँसोदेखि सम्पर्कबिहीन भएका हुन् ।

    परिवारका अनुसार प्रचिन आफ्नी दिदी पुष्पा लुइटेलसँग शनिवार काँकरभिट्टा गएका थिए । पुष्पाले भनिन् ‘ शनिवार भएकाले ऊ स्कूल गएको थिएन । भाइलाई एक्लै घरमा छोड्न भन्दा पनि आफैसँग लैजान मैले उचित ठानेँ । हामी दुवै जना आफन्त भेट्न काकडभिट्टाको बर्मेली टोल गएका थियौँ । घरायसी सामान किन्न म पानी ट्याङ्की जानुअघि भाइलाई ठुलो मम्मिको घरमै छोडेकी थिएँ । फर्केर आउँदा उनी घरमा थिएनन् ।’ ठूलो मम्मीको अनुसार ‘शौचालय जान्छु भनेर घर बाहिर निस्केका थिए । तर त्यसपछि उनी अहिले सम्म सम्पर्कमा आएका छैनन्,’ दिदी पुष्पाले भनिन् ।
    बेपत्ता किशोरका परिवार, अन्य आफन्तले चिनजानको ठाउँ र काँकरभिट्टाका गल्ली–गल्लीसम्म खोजी गरे पनि उनी फेला परेका छैनन् । स्थानीय प्रहरीको सहयोगमा सिसी क्यामेराका फुटेजसमेत हेर्यौ तर किशोरको अत्तो पत्तो नभएको खोजीमा संलग्न आफन्तले बताएका छन् ।


    बेपत्ता प्रचिनको खोजीमा परिवारले सञ्चारकर्मी, प्रहरी, कानुन व्यवसायी लगायत आम नागरिकसँग सहयोगको अपिल गरेका छन् । किशोर बेखबर भएपछि आफन्तले इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय झिलझिलेमा समेत लिखित उजुरी दिएको बताएका छन् ।
    जिल्ला प्रहरी कार्यालय झापाले पनि किशोर बेपत्ता भएको पुष्टि गरेको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले भने, ‘हामीले खबर प्राप्त गरेपछि मातहतका सम्पूर्ण प्रहरी इकाईलाई सूचना पठाएका छौं । यतिबेला खोजी कार्य तीव्र पारिएको छ ।’
    आफन्तले पनि कुनै कारणले बेखबर भएको भए प्रचिनलाई घर फर्कन अनुरोध गरेका छन् ।

    किशोरकी आमाको कोरोना संक्रमण भएर मृत्यु भएको थियो । बाबु बैदेशिक रोजगारमा छन् । उनी दिदी पुष्पासँग बस्दै आएका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.