Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नदीजन्य पदार्थ उत्खनन्लाई व्यवस्थित गर्न कोशी प्रदेश सरकारलाई पालिकाहरुको सुझाव
    कनकाई नगरपालिका

    नदीजन्य पदार्थ उत्खनन्लाई व्यवस्थित गर्न कोशी प्रदेश सरकारलाई पालिकाहरुको सुझाव

    कनकाई खबरBy कनकाई खबर२०८२ जेष्ठ १, बिहीबार ०९:०५ गते2 Mins Read

    झापा \ नदीजन्य पदार्थ उत्खनन्लाई व्यवस्थित गर्न कोशी प्रदेश सरकारलाई प्रदेश मातहतका पालिकाहरुले सुझाव दिएका छन् ।
    जनप्रतिनिधिहरुले स्थानीय तहमा चुनाव जितेर आएपछि समस्याको रुपमा हेरिँदै आएको नदीजन्य पदार्थको व्यवस्थापनलाई सहज बनाउँन प्रदेश सरकारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पालिकाहरुले प्रदेश सरकारलाई सुझाव दिएका हुन् ।

    २०७४ सालको चुनाव होस् वा २०७९ को । दुई कार्यकालका नगरप्रमुख र अध्यक्षहरुले खोलाबाट ढुंगा, गिटी र बालुवा उत्खनन् गर्न ठेकेदारलाई जिम्मा दिँदा पनि कानूनका धेरै झनझटका कारण हैरान बनेका छन् ।

    संघिय कानून र प्रदेशको कानून समेत बाझिन थालेकोले पालिकाहरुलाई राजश्व संकलन गर्न कठिनाई भइरहेको छ । त्यसै कारण संघिय कानूनले गर्दा प्रदेशले बनाएको कानून कार्यान्वयन गर्न सकिरहेको छैन ।

    यसै विषयहरुलाई मध्यनजर गरेर कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले माथि उल्लेख गरिएका पालिकाहरुसँग बृहत छलफल गर्न सुरु गरेको छ ।

    विराटनगरमा आर्थिक मामिला तथा योजना मन्त्रालयले पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरेर नदीजन्य पदार्थ प्रभावित क्षेत्रका नगरप्रमुख र अध्यक्षहरुको राय, सुझाव र समस्याको समाधानका लागि घनिभूत छलफल गरेको छ ।

    प्रदेश वन नियमावली र ढुंगा गिटी सम्बन्धी मापदण्ड २०७७ का प्रावधानहरु बाझिएकोले कार्यान्वयनमा देखिएको अन्योलता भइ वन क्षेत्रको नदीजन्य पदार्थको ठेक्का बन्दोवस्त हुन नसकेकोले चोरी निकासी बढेको, निजी जग्गाबाट उत्खनन् हुने नदीजन्य पदार्थ संकलन तथा बिक्रीको दररेट न्युन भएको, नदी, वन तथा निजी जग्गाबाट निस्कने ढुंगा, गिटी र बालुवा लगायतका प्राकृतिक श्रोत संकलन तथा बिक्री दर एउटै बनाउन कोशी प्रदेश आर्थिक ऐन २०८१ को अनुसूची ६ मा आवश्यक संशोधन गर्ने, स्टक प्रमाणित नीतिगत व्यवस्थापनमा सुधार गर्ने प्रस्तावहरु पेश गरिएको छ ।
    यस्तै प्रदेश सरकार र स्थानीय तहबीच राजश्व सम्बन्धी अन्तरसम्बन्ध कायम गर्ने, ढुंगा, गिटी, बालुवा लगायत नदीजन्य सामग्रीको दिगो व्यवस्थापन गर्न प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशभित्रका नदी प्रणाली पहिचान गरी वातावरणीय प्रभाव मुल्याङ्कन (इए) र वातावरणीय परीक्षण (आइए) को आवश्यक व्यवस्थापन मिलाउने, नदीजन्य पदार्थ उत्खनन् तथा ढुवानीमा प्रयोग हुने मेसिन तथा साधनको स्तर हेरी दण्ड जरिवानाको रकम तोक्न कोशी प्रदेश आर्थिक ऐन २०८१ को अनुसूची ११ मा आवश्यक संशोधन गर्ने लगायतका सुझावहरु पेश गरिएको छ ।

    पालिकाहरुलाई विगतदेखि नै ढुंगा गिटी ठेक्का लगाए पनि त्यसको क्षेत्र, स्टक र प्रमाणित गर्दा थुप्रै कानूनी जटिलताहरु देखिएको थियो । अब उक्त समस्याहरु कानून संशोधन गरेर समाधान गर्दै जाने गरी छलफल भएको छ ।

    स्थानीय तहका प्रमुखहरुले नदीजन्य पदार्थ उत्खनन् र व्यवस्थापनमा समस्या देखिएकोले संघिय र प्रदेश सरकारका कानूनलाई संशोधन गरेर उपयुक्त कानून बनाउन सुझाव दिएका छन् ।

    कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.