Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका
    कनकाई नगरपालिका

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    कनकाई खबरBy कनकाई खबर२०८२ बैशाख २५, बिहीबार ००:२३ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाई नगरपालिका नगरलाई बालमैत्री नगर घोषणा गर्ने तयारीमा जुटेको छ । नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै बिहीवार बालमैत्री नगर घोषणा गर्ने तयारी भएको जनाइएको छ ।

    नगरको १२ औं स्थापना दिवसको अवसर पारेर बिहीवार बालमैत्री नगर घोषणाको तयारी गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । सरकारले गरेको ५१ सूचकमा दुईवटा स्थानीय सूचक थप गरी ५३ वटा सूचक पूरा गरेर नगरलाई बालमैत्री नगर घोषणाको तयारी गरिएको नगर प्रमुख पोखरेलले बताए ।

    झापाको तेस्रो र कोशी प्रदेशको पाँचौ बालमैत्री नगरको रुपमा कनकाई नगर बालमैत्री नगर घोषणा गर्न लागिएको नगरका बालकल्याण अधिकारी उमानाथ ढकालले बताए । बालबिवाह, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा बालबालिकाका लागि कार्ययोजना बनाएर काम गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताएका छन् ।

    यसअघि कनकाईले नगरमा सुर्तिजन्य पदार्थ सेवन र बिक्रीबितरण प्रतिबन्ध, बन्द निषेधित क्षेत्र घोषणा गरिसकेको छ । भोली बालमैत्री नगर घोषणा कार्यक्रमको उद्घाटन कोशी प्रदेशका खानेपानी तथा सिंचाई मन्त्री एकराज कार्कीले गर्ने बालकल्याण अधिकारी ढकालले जानकारी दिए ।
    उनका अनुसार भोलि लिम्बु, किरात, सन्थाल, बाल सञ्जाल, नौमतीबाजा, स्काउटको सहभागीतामा भृकृटी मावि दुर्गापुरबाट भित्री सडक हुँदै नगरसम्म र्याली गरिनेछ ।

    बालसन्जाल कनकाई नगर अध्यक्ष बिजय तिवारीले बालबालिकाको क्षेत्रमा आफुहरु नगरसँग समन्वय गरेर काम गरिरहेको बताउँदै आगामी दिनमा पनि त्यस कार्यलाई निरन्तरता दिने जानकारी दिए ।

    कार्यपालिकाबाट बालमैत्री स्थानीय शासन कार्यन्वयन गर्ने निर्णय २०७९ माघ १८ गते भएको नगरले जनाएको छ । चार बर्षको अन्तरालमा पूर्ण रुपमा बालमैत्री नगर घोषणा गर्ने कार्य सम्पन्न भएको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.