Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा
    कनकाई नगरपालिका

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    कनकाई खबरBy कनकाई खबर२०८२ बैशाख २५, बिहीबार ००:०२ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई १ स्थित श्री नर्वदेश्वर शिवालय संरक्षण समितिको आयोजनामा आज बुधबारदेखी सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पुर्व सन्ध्यामा नौमति बाजासहित कलश यात्राको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।


    नगर क्षेत्रकै सबैभन्दा ठूलो सामुदायिक भवनका रुपमा रहेको कनकाई १ स्थित शिवालय सामुदायिक भवनमा सात दिन सम्म संचालन हुने महायज्ञको एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो । आयोजक समिति अध्यक्ष सुलोचना ओलीको अध्यक्षता एवं कोशी प्रदेश सभा सदस्य पुर्व मन्त्री भक्तिप्रसाद सिटौलाले औपचारिक कार्यक्रमका बीच महायज्ञको उद्घाटन गरेका हुन् ।


    महायज्ञ उद्घाटनसँगै मण्डप पुजा, पाठ तथा कथा आरम्भ, साँझमा महात्म्य र भजन किर्तनको कार्यक्रम भएको आयोजक समितिले जनाएको छ । यसपछिका दिनहरुमा सात दिनसम्म हरेक दिन बिहान ७ बजेदेखी सुरु भई पूजा अर्चना , पाठपारायण, कथा प्रवचन, आरती पुष्पाञ्जली सहित साँझ ७ बजेदेखी ९ बजे सम्म महात्म्य, ज्ञानमञ्च एवं भजनकिर्तनको कार्यक्रम दैनिक रुपमा संंचालन हुने बताइएको छ । पवित्र उद्येश्यले आयोजना गरिएको यस महायज्ञमा हरेक दिन उपस्थित भएर संगीतमय कथा श्रवणका लागि आयोजक समितिले विशेष आग्रह गरेको छ ।


    जामुनबारी चोक दक्षिण तर्फ निर्माणाधिन अवस्थामा रहेको यस सामुदायिक भवनको पूर्णताका लागि आज २४ गते बुधबारदेखी ३१ गते सम्म महायज्ञ संचालन हुने आयोजक समिति अध्यक्ष सुलोचना ओलीले जानकारी दिएकी छन्मममममममर्मको जामुनबारी चोकबाट करिब ५ सय मिटर दक्षिणमा रहेको धुँवा, धुलो र प्रदुषणमुक्त यस क्षेत्रमा आयोजना गरिएको महायज्ञमा उपस्थित भएर कथा श्रवणका लागि आयोजक समितिले सबैमा हार्दिक अपिल गरेको छ ।


    महायज्ञमा प्रमुख कथा बाचक आचार्य पण्डित छन्दुराम भण्डारी र उपबाचकमा पण्डित बिरेन्द्र दहाल रहेको बताइएको छ । प्रतिष्ठानका सचिव ऋषिकेश खतिवडाले सचालन गरेको औपचारिक कार्यक्रममा कोशी प्रदेशका पुर्व मन्त्री हीराकुमार थापा, समाजसेवी शेरबहादुर थापा, जामुनबारी सामुदायिक वन समूहका अध्यक्ष परशुराम गिरी लगायतले महायज्ञ सफलताको कामना गरे ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.