Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक
    कनकाई नगरपालिका

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    कनकाई खबरBy कनकाई खबर२०८२ बैशाख २४, बुधबार ०८:१५ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले व्यवस्थित आयोजना कार्यान्वयनका लागि आयोजना बैंक बनाउने भएको छ ।

    आयोजना बैंक निर्माणले स्थानीय तहकै व्यवस्थित विकास निर्माणमा थप सहयोग पुग्ने विश्वासका साथ कनकाई नगरपालिकाले आयोजना बैंक निर्माण गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको बताइएको छ । यसै अवसरमा सरोकारवालाहरुलाई आयोजना बैंक सम्बन्धि जानकारी गराउँने उद्येश्यले कनकाई नगरपालिकाले नगरका सबै वडामा आयोजना बैंक तर्जुमा सम्बन्धि अभिमुखीकरण कार्यक्रमलाई तिब्रता दिन थालेको बताइएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा नगरपालिकाको सभा हलमा पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

    हुमेन डेभलप्मेन्ट एण्ड रिसर्च सेन्टर नेपालको प्राविधिक सहयोगमा अभिमुखीकरण कार्यक्रमलाई तिब्रता दिएको बताइएको छ । आयोजना बैंक तर्जुमा गर्ने कार्य नेपालका ७५३ स्थानीय तहहरु मध्ये कनकाई नगरपालिका देशकै दोस्रो स्थानमा रहेको रिसर्च सेन्टरका योजनाविद डा.कृष्णबहादुर राई बताउँछन् । यस आयोजना बैंकबाट स्थानीय नागरिक प्रत्यक्ष रुपमा लाभान्वीत हुने विश्वास गरिएको छ । अभिमुखीकरण कार्यक्रमका लागि सहजकर्ताको रुपमा राईसँगै लोकप्रिय खनाल समेत रहेका छन् ।

    स्थानीय नागरिकहरुको आर्थिक एवं सामाजिक समृद्धिमा प्रत्यक्ष फाइदा पुर्याउने किसिमका आयोजनाहरु छनौट गरी लगानी गर्ने वातावरण सिर्जना गर्नका लागि कनकाई नगरपालिकामा आयोजना बैंक बनाउँन लागिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल बताउँछन् । व्यवस्थित आयोजना बैंक तर्जुमाका कारण नगरपालिकाको आगामी कार्ययोजना सहज र सरल बन्न सक्नेमा आँफू विश्वस्त रहेको नगर प्रमुख पोखरेलको भनाइ छ । आयोजना बैंक निर्माण र स्विकृतिपछि दस्तावेजमा समावेश गरिएका योजनाहरुको कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखिने नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाए ।

    संघीय र प्रदेश सरकारले मात्र आयोजना बैंक बनाई कार्यान्वयन गर्दै आएको भएपनि अब स्थानीय तहले पनि आयोजना बैंक बनाई कार्यान्वयन गर्नुपर्ने गरी राज्यको नीतिमा उल्लेख भएअनुसार कनकाई नगरपालिकाको कार्यालय कार्यन्वयन तर्फ अघि बढेको बताइएको छ । राज्यको नीति अनुसार स्थानीय तहले आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण गर्ने क्रममै आयोजना बैंकको अवधारणा समावेश गर्नुपर्ने बताइएको छ । जसका कारण कनकाई नगरपालिकाले सम्बन्धित सबैसँग अभिमुखीकरण कार्यक्रम मार्फत सचेतना जगाउँदै प्रक्रिया अघि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने बताउँछन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.