Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’

    २०८२ फाल्गुन १५, शुक्रबार १७:२५ गते

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य

    २०८२ फाल्गुन १४, बिहीबार १४:२८ गते

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नर्वदेश्वर शिवालय सामुदायिक भवनमा आजदेखी महायज्ञ सुरु हुने
    कनकाई नगरपालिका

    नर्वदेश्वर शिवालय सामुदायिक भवनमा आजदेखी महायज्ञ सुरु हुने

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ बैशाख २४, बुधबार ०७:४५ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगर क्षेत्रकै सबैभन्दा ठूलो सामुदायिक भवनका रुपमा रहेको कनकाई १ स्थित नर्वदेश्वर शिवालय सामुदायिक भवनमा आज बुधबारदेखी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुने भएको छ ।

    कनकाई १ स्थित श्री नर्वदेश्वर शिवालय संरक्षण समितिले आयोजना गरेको महायज्ञको सम्पूर्ण तयारी पूरा भई आज कलश यात्राको कार्यक्रम तय भएको जनाइएको छ । महायज्ञ सहज रुपमा सम्पन्न गर्न समितिका अध्यक्ष सुलोचना ओलीको संयोकत्वमा ९ सदस्यीय मुल समारोह समिति, त्यस्तै विभिन्न ७ वटा उपसमितिहरु समेत निर्माण गरिएको आयोजक समितिले जनाएको छ ।

    ज्योतिषी गुरुप्रसाद तिम्सिनाको संयोजकत्वमा सल्लाहकार उपसमिति, चुडामणि ढकालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, विष्णु ओलीको संयोजकत्वमा आर्थिक एवं सामाग्री खरिद उपसमिति, सुलोचना ओलीको संयोजकत्वमा अतिथी सत्कार उपसमिति, ईन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा व्यास, मण्डव तथा गुरुपुरोहित व्यवस्थापन उपसमिति, खगेन्द्र बरालको संयोजकत्वमा भवन तथा व्यास मण्डव परिसर सरसफाई उपसमिति, लेखनाथ कोइरालाको संयोकत्वमा खाद्यन्न व्यवस्थापन उपसमिति निर्माण गरिएको छ ।

    जामुनबारी चोक दक्षिण तर्फ निर्माणाधिन अवस्थामा रहेको यस सामुदायिक भवनको पूर्णताका लागि आज २४ गते बुधबारदेखी ३१ गते सम्म महायज्ञ संचालन हुने आयोजक समिति अध्यक्ष सुलोचना ओलीले जानकारी दिएकी छन् । पुर्व पश्चिम राजमार्गको जामुनबारी चोकबाट करिब ५ सय मिटर दक्षिणमा रहेको धुँवा, धुलो र प्रदुषणमुक्त यस क्षेत्रमा आयोजना गरिएको महायज्ञमा उपस्थित भएर कथा श्रवणका लागि आयोजक समितिले सबैमा हार्दिक अपिल गरेको छ ।

    महायज्ञमा प्रमुख कथा बाचक आचार्य पण्डित छन्दुराम भण्डारी र उपबाचकमा पण्डित बिरेन्द्र दहाल रहेको बताइएको छ । महायज्ञको पहिलो दिन आज २४ गते बुधबार बिहान ११ बजे कलश यात्राको कार्यक्रम तय गरिएको छ भने एक बजे पछिको समयमा औपचारिक कार्यक्रम मार्फत उद्घाटन विशेष समारोहको आयोजना गरिएको महायज्ञ आयोजक समितिका सचिव ऋषिकेश खतिवडाले जानकारी दिए ।

    महायज्ञ उद्घाटनसँगै मण्डप पुजा, पाठ तथा कथा आरम्भ, साँझमा महात्म्य र भजन किर्तनको कार्यक्रम रहेको प्रचार समितिका सदस्य दिपक चापागाईँले जानकारी दिए । यसपछिका दिनहरुमा सात दिनसम्म हरेक दिन बिहान ७ बजेदेखी सुरु भई पूजा अर्चना , पाठपारायण, कथा प्रवचन, आरती पुष्पाञ्जली सहित साँझ ७ बजेदेखी ९ बजे सम्म महात्म्य, ज्ञानमञ्च एवं भजनकिर्तनको कार्यक्रम दैनिक रुपमा संंचालन हुने बताइएको छ । पवित्र उद्येश्यले आयोजना गरिएको यस महायज्ञमा हरेक दिन उपस्थित भएर संगीतमय कथा श्रवणका लागि आयोजक समितिले विशेष आग्रह गरेको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’

    २०८२ फाल्गुन १५, शुक्रबार १७:२५ गते

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य

    २०८२ फाल्गुन १४, बिहीबार १४:२८ गते

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’

    २०८२ फाल्गुन १५, शुक्रबार १७:२५ गते

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य

    २०८२ फाल्गुन १४, बिहीबार १४:२८ गते

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते

    एमालेको चुनावी घोषणापत्र सार्वजनिक

    २०८२ फाल्गुन ८, शुक्रबार ०७:१७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.