Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लव अफ सुरुङ्गाले अशक्तलाई घर घरमै पुर्यायो ह्वील चेयर
    कनकाई नगरपालिका

    रोटरी क्लव अफ सुरुङ्गाले अशक्तलाई घर घरमै पुर्यायो ह्वील चेयर

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ बैशाख २१, आईतवार २२:२१ गते2 Mins Read


    कनकाई खबर / रोटरी क्लव अफ सुरुङ्गाले शारिरीक रुपमा अशक्त भएका व्यक्तिहरुको पहिचान गरी घर घरमै पुगेर ह्वील चेयर वितरण गरेको छ ।

    स्वार्थ भन्दा माथी सेवा भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै विश्वव्यापी रुपमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको अन्तर्राष्ट्रिय सामाजिक संस्था अन्तर्गतको रोटरी क्लब अफ सुरुङ्गाले शारिरीक रुपमा अशक्त भएका व्यक्तिको पहिचान गरी विशेष किसिमको ह्वील चेयर घर घरमै पुर्याएको हो
    शारिरीक रुपमा अशक्त भएकालाई ह्वील चेयर वितरण गर्ने वार्षिक कार्यक्रमको निरन्तरता स्वरुप क्लवले यस पटक केही समय अघि नै अशक्त व्यक्तिको घरमै गएर शारिरीक अवस्थाको पहिचान गरी सोही अनुसारको ह्वील चेयर व्यवस्थापन गरेको रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष लुवराज उप्रेतीले जानकारी दिए । रोटरी क्लव अफ सुरुङ्गाको पहलमा रोटरी क्लब अफ काठमाडौं मेट्रो साथै अन्तर्राष्ट्रिय संस्था लेटर डे सेन्ट च्यारीटीजको सहकार्यमा कनकाई र शिवसताक्षी नगर भित्रका ५ जना शारिरीक रुपमा अशक्त व्यक्तिहरुलाई ह्वील चेयर वितरण गरेको क्लवका अध्यक्ष उप्रेती बताउँछन् ।

    ह्वील चेयर आवश्यकता अनुसार बढाउन घटाउन मिल्ने र हातले गुडाएर वरपर गर्न सकिने गरिको गुणस्तरीय भएकाले यो धेरै टिकाउ हुन सक्ने बताइएको छ । ह्वील चेयर प्राप्त गर्नेहरुमा क्रमशः कनकाई वडा नं. १ प्रजापति निवासी गीतादेवी भट्टराई , वडा नं. ३ निवासी देवेन्द्र बस्नेत, वडा नं.४ निवासी रोशन दाहाल , वडा नं. ५ निवासी विनिता दर्जी परियार र सिवसतासी नगरपालिका ९ निवासी सनिल न्यौपानेलाई प्रदान गरिएको छ । ह्वील चेयर प्राप्त गरेसँगंै शारिरीक रुपमा अशक्त भएका व्यक्तिहरुबाट आभार व्यक्त गर्दै खुशी प्रकट गरेका छन् ।

    ह्वील चेयर वितरणको क्रममा कनकाई ४ का वडा अध्यक्ष रोशन सुवेदीले आफ्नो वडामा सहजीकरण गरेका थिए भने कनकाई ५ का वडा अध्यक्ष कृष्णबहादुर राई र वडा सदस्य डिल्ली उप्रेतीले आफ्नो वडामा सहजीकरण गरेका थिए ।

    घरघरमै पुगेर ह्वील चियर वितरण गरिएको कार्यमा रोटरी क्लब रिजन ७ का एसिस्टेन्ट गभर्नर कुमारमणी पोखरेल , रोटरी क्लब डिस्ट्रिक ३२९२ आधारभुत शिक्षा तथा साक्षरता समिति सदस्य सुशील श्रेष्ठ , पुर्व अध्यक्ष टिकाप्रसाद कट्टेल , प्रेसिडेन्ट ईलेक्ट डिल्लीराम मैनाली , फस्ट भाईस प्रेसिडेन्ट अखिल कोईराला , सचिव सोमनाथ उप्रेती , सर्भिस प्रोजेक्ट चेयर रामप्रसाद निरौला, सर्जेन्ट एट आम्स मेनुका शिवाकोटी, पब्लिक इमेज चेयर कमल कट्टेल , मेम्बर सिप चेयर मिनाल तिम्सिना , युथ सर्भिस चेयर दिपक कुँवर , एड्मिन सेकेन्ड चेयर रेनुका मैनाली , रोट्रयाक्ट क्लब अफ सुरुङ्गाका अध्यक्ष प्रतापबाबु जम्मर कट्टेल लगायतको उपस्थिति रहेको थियोे ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.