Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आज अक्षय तृतीया, यसकारण छ याे विशेष
    कनकाई नगरपालिका

    आज अक्षय तृतीया, यसकारण छ याे विशेष

    कनकाई खबरBy कनकाई खबर२०८२ बैशाख १७, बुधबार ०८:०५ गते3 Mins Read

    आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ । यो हरेक वर्षमा आउने ४ वटा अबुझ मुहूर्तमध्ये एक हो (अक्षय तृतीया बाहेक हरिबोधनी एकादशी, वसन्त पञ्चमी तथा आषाढ शुक्ल नवमीलाई पनि अबुझ मुहूर्त मानिन्छ) ।

    अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुन्छ । यसकारण यो तिथिलाई धानधर्मका लागि अचुक काल मानिएको छ । यसलाई चिरञ्जीवी तिथि पनि भनिन्छ किनभने यसै दिन ८ चिरञ्जीवीमध्ये एक भगवान् परशुरामको जन्म भएको थियो । यो दिनलाई कुनै पनि शुभ कार्यका शुभ सिद्ध मुहूर्त मानिन्छ ।

    शास्त्रअनुसार वैशाख महिनालाई विष्णुको महिना मानिन्छ र यो महिना विष्णु भक्तिका लागि शुभ हुन्छ । पौराणिक मान्यता अनुसार अक्षय तृतीया तिथिमै परशुरामका साथै नरनारायण तथा हयग्रीव आदि विष्णुको अवतार भएका थिए । त्यसैले यो दिन परशुराम एवं नरनारायण जयन्ती मनाइन्छ । त्रेतायुगाको सुरुवात पनि यसै तिथिमा भएको मानिन्छ । यो दिन महालक्ष्मीको पूजा गर्नु पुण्यदायक एवं महामंगलकारी हुने शास्त्रीय वचन छ ।
    अक्षय तृतीयाका दिन गरिएको दान तथा त्यसको फल कहिल्यै नाश हुँदैन । यो दिन गर्मी मौसमका लागि उपयोगी जौ, गहुँ, चना, सातु, दहीचामल, उखुको रस, दूधका परिकार, सोन, जलभरिएको घडा, पंखा, छाताजुत्ता, वस्त्र आदि कुराको दान गर्नु मंगलकारी हुन्छ । यस दिन पितृको श्राद्ध तथा ब्राह्मण भोजन गराउँदा पनि अनन्त फल मिल्ने जनविश्वास पाइन्छ ।

    ज्योतिष शास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । यसकारण यो दिन विवाह, नयाँ कारोबारको सुरुवात तथा गृहप्रवेशजस्ता मंगल कार्य गर्नु निकै शुभ मानिन्छ । यो दिन विवाह गर्दा कुनै पनि प्रकारको दोषले बाधा गर्दैन भनिएको छ ।

    अक्षय तृतीयाका विशेषता
    –अक्षय तृतीयालाई अनन्त–अक्षय–अक्षुण्ण फलदायक दिन मानिएको छ । जुन कहिल्यै पनि क्षय हँुदैन, त्यसैलाई अक्षय भनिन्छ ।
    –यो दिन विवाह गर्नेको शौभाग्य अखण्ड रहन्छ । यो दिन महालक्ष्मीलाई प्रशन्न तुल्याउन विशेष अनुष्ठान गर्नु राम्रो हुन्छ । यसो गर्दा अक्षय पुण्य प्राप्त हुन्छ ।
    –यो दिन पञ्चांग नहेरी पनि कुनै पनि शुभकार्य गर्न सकिन्छ । शास्त्रका अनुसार यो दिन स्वयंसिद्ध मुहूर्त हो । विवाह, सुन खरिद, नयाँ सामान खरिद, गृह प्रवेश, पदभार ग्रहण, सवारी साधन खरिद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यो दिन अति उत्तम हो ।
    – भविष्य पुराणअनुसार अक्षय तृतीयाको दिन सत्ययुगको अन्त तथा त्रेतायुगको प्रारम्भ भएको थियो ।
    –भगवान् विष्णुका २४ अवतारमध्ये भगवान परशुराम, नर–नारायण एवं हयग्रीव आदि तीन अवतार अक्षय तृतीयको दिन नै धर्तीमा आएका थिए ।
    – हिन्दूहरूको तीर्थस्थल वृन्दावनस्थित बाँकै बिहारीको चरण दर्शन पनि अक्षय तृतीयको दिन मात्रै हुन्छ । बद्रीनाथको ढोका पनि यसै दिन खोलिन्छ ।
    –अक्षय तृतीया वर्षकै सर्वश्रेष्ठ अक्षय मुहूर्त हो ।
    –नेपाली हिन्दूहरूले अक्षय तृतीयाको दिन सातु र सर्वत खाने खुवाउने गर्दछन् ।
    –पौराणिक कथनअनुसार यसै दिन महाभारतको लडाइँ सकिएको थियो र द्वापर युग पनि सकिएको थियो । यसै दिन श्रीकृष्णले युधिष्ठिरले सोधेको प्रश्नको जवाफ दिँदै भनेका थिए–आजका दिन जुनसुकै रचनात्मक तथा सांसारिक कार्य गरे पनि त्यसको पुण्य प्राप्त हुन्छ । कुनै पनि नयाँ काम थालनी गर्दा त्यसबाट ख्याति प्राप्त हुन्छ । यस दिन स्नान, दान, ध्यान, जप, तप, हवन, स्वाध्याय एवं पितृ तर्पण गर्दा त्यसबाट ठूलो पुण्य प्राप्त हुन्छ ।
    –जसको कुनै काम रोकिएको छ, आँटेताकेको काम बन्न सकेको छैन, व्रत उपवास आदि गर्दा पनि जसको मनोकांक्षा पूरा हुन सकेको छैन, जसको व्यापारमा निरन्तर घाटा भइरहेको छ त्यस्ता व्यक्तिले अक्षय तृतीयाका दिन नयाँ हिसाबले काम थालनी गर्दा इच्छित फल प्राप्त हुन्छ ।
    –जसको कमाइ भएर पनि अडिँदैन, घरमा पैसा टिक्दैन, घरमा सुखशान्ति छैन, सन्तान आज्ञाकारी छैनन्, शत्रुले चौतर्फी घेरा हालेका छन् भने अक्षय तृतीयाको व्रत गर्नुपर्छ । यो दिनको व्रत तथा दान पुण्यले सबै बाधा टाढिन्छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.