Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकाले गर्यो झापाका एसपी केसी र डिएसपी बिष्टलाई ससम्मान बिदाई
    कनकाई खबर बिशेष

    कनकाई नगरपालिकाले गर्यो झापाका एसपी केसी र डिएसपी बिष्टलाई ससम्मान बिदाई

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ बैशाख १६, मंगलवार २३:५३ गते2 Mins Read

    कनकाई खबर \ झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी सहित प्रहरी नायव उपरीक्षक प्रकाश विष्टलाई एक विशेष कार्यक्रमका बीच कनकाई नगरपालिकाले फेरी भेटौला कार्यक्रम मार्फत बिदाई गरेको छ ।

    कनकाई नगरपालिकाको सभा हलमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले स्वागत सहित झापाका प्रहरी प्रमुख केसी र ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रकाश विष्टको थप सफलताको कामना गरे ।
    कनकाई नगरपालिकाका प्रमुख पोखरेलले जहाँ गएपनि देशको शान्ती सुरक्षामा अब्बल दर्जा प्राप्त होस् भन्दै बिदाई भएर जान लागेका दुवै प्रहरी प्रमुखहरुलाई थप सफलताको शुभकामना व्यक्त गरे । सोही अवसरमा कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओलीको नेतृत्वमा आएको पदाधिकारी सहितको समूले समेत मायाको चिनो प्रदान गर्दै सफलताको कामना गरे ।

    झापाबाट बिदाई भएर काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी जान लागेका प्रहरी प्रमुख केसीले अपराधलाई कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने विषयमा झापामा धेरै अभ्यास गरेको बताए ।


    काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाबाट १४ महिना अघि झापाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका एसपी केसीको नेतृत्वमा जिल्लामा शान्तीसुरक्षा थप मजवुत भएको अनुमान गरिएको छ । सोही अवसरमा कनकाई नगरपालिकाको विभिन्न वडाका वडाअध्यक्षहरु सहित अन्य जनप्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरुको समेत उल्लेख्य उपस्थिती रहेको बताइएको छ । औपचारिक कार्यक्रमको संचालन कनकाई नगरपालिका योजना शाखा प्रमुख जमुना कटुवालले गरेकी थिइन् ।


    सुरक्षाको दृष्टिकोणले संवेदनशिल मानिएको झापा जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै क्षेत्रसँग सहकार्य गरेर अघि बढेका कारण झापाको शान्ती सुरक्षा थप मजवुद भएको प्रहरी प्रमुख केसी बताउँछन् ।

    झापामा शान्ति सुरक्षा कायम गर्ने विषयमा आफुले कुनै पनि कसुर बाँकी नराखेको बताउँदै प्रहरी उपरीक्षक केसीले आफू राजनीतिको दवाव र प्रभावमा होइन्, जनताले अनभुति गर्ने गरी सबैको लागि काम गर्दै आएको प्रष्ट पारे । कनकाई नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी प्रमुख केसीले झापाका सबै पालिकामा रहेका प्रमुख एवं उपप्रमुखहरुसँगको सहकार्य अत्यन्तै सकारात्मक रहनुका साथै कनकाई नगरपालिकासँगको समन्वय थप सहज भएको बताए ।

    यसै बिचमा प्रदेशबाट २ पटक सम्म उत्कृष्ट प्रहरी अधिकृतका रुपमा पुरस्कृत भइसकेको भन्दै केसीले स्वच्छ र खुशी मनले आफ्नो पेशाप्रति इमान्दारिताका साथ अघि बढ्न सकेमा जीवनमा सफलता हात पर्ने विश्वास व्यक्त गरे ।

    त्यस्तै प्रहरी प्रधान कार्यालय काठमाण्डौमा सरुवा भएका ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले शान्ती सुरक्षा साथै अपराध न्युनीकरणमा जनप्रतिनिधि र सुरक्षा निकाय विचमा अत्यन्तै सुमधुर सम्बन्ध कायम रहेको बताए । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाण्डौमा सरुवा भएर जान लागेका डिएसपी विष्ट करिव १४ महिना अघि विर्तामोडको जिम्मेवारी सम्हाल्न आएका हुन ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.