Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रेस चौतारी झापाले सुरु गर्यो ‘अग्रजलाई सुन्ने’ कार्यक्रम
    बिर्तामोड नगरपालिका

    प्रेस चौतारी झापाले सुरु गर्यो ‘अग्रजलाई सुन्ने’ कार्यक्रम

    कनकाई खबरBy कनकाई खबर२०८२ बैशाख ११, बिहीबार १२:२९ गते2 Mins Read

    बिर्तामोड \ प्रेस चौतारी नेपाल झापाले ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी गरेको छ । अग्रज पत्रकार, समवेदना कार्यक्रमका प्रस्तोता शिरो सान्दाई खतिवडालाई सुन्दै कार्यक्रमको थालनी गरिएको हो । नयाँ पुस्तालाई अग्रजहरुबाट पे्ररणा प्रदान गर्ने , अनुभव सुनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

    प्रेस चौतारी झापाले ३ \ ३ महिनामा जिल्लाका अग्रजहरुको अनुभव सुन्ने कार्ययोजना बमोजिम पहिलो अग्रजको रुपमा खतिवडाको अनुभव सुनेको झापा शाखाका अध्यक्ष प्रदिप परियारले जानकारी दिए ।

    अग्रज पत्रकार खतिवडा कञ्चनजंघा एफएमबाट प्रशारण हुने समवेदना कार्यक्रमका प्रस्तोता हुन् । समवेदना कार्यक्रमको प्रस्तोताका रुपमा पहिचान बनाउन सफल खतिवडाले १८ वर्षसम्म सो कार्यक्रम सञ्चालन गरेका थिए । बिबिसीले समेत विश्व मै फरक किसिमको कार्यक्रम (समवेदना) सञ्चालन गरेको भन्दै खोजमुलक समाचार प्रकाशन गरेको खतिवडाले अनुभव सुनाए ।
    तीन दशक प्राध्यापन पेशामा सक्रिय खतिवडाले पत्रकारितासँगको आफ्नो सम्बन्ध, समवेदना कार्यक्रम सञ्चालनको स्मरणहरु सुनाएका थिए । जिवित मान्छेहरुको समेत निधन भएको खबर समवेदना मार्फत प्रशारण भएका घटना र त्यसपछि आइपरेका समस्याहरुको बारेमा समेत खतिवडाले जानकारी गराएका थिए । ती घटनाहरुका कारण सूचनाको जाँच गर्नुपर्ने कुरामा आफू सचेत भएको खतिवडाले आफ्नो अनुभव सुनाए ।
    झापाको शान्तिनगर क्षेत्र, प्राध्यापन पेशा र मिडिया क्षेत्रसँग जोडिएको विषयहरुलाई सारमा राख्नु भएका खतिवडाले दुई वर्षदेखि समवेदना प्रशारण गर्न नपाएकोमा दुख व्यक्त गरे । उनले समवेदना कार्यक्रमकै कारण सामाजिक रुपमा सम्बन्धहरु विस्तार भएको, मानसम्मान पाएको प्रष्ट पारे ।
    मिडिया क्षेत्रमा मेहनत र लगनशिलताको आवश्यकता भएको बताउँदै खतिवडाले नयाँ पुस्ताहरुले मिडिया मार्फत समाजलाई योगदान गर्न आएकोमा धन्यवाद समेत व्यक्त गरे ।

    पत्रकार महासंघको निर्वाचनमा मात्रै मलाई बोलाइन्छ, अन्य कार्यक्रमहरुमा वास्ता छैन , खतिवडाले थपे – प्रेस चौतारीको औपचारिक कार्यक्रममा पहिलो पटक सहभागी भएको छु । उनले चौतारीले सुरु गरेको अग्रजलाई सुन्ने कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिए ।

    पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानले अग्रजलाई सुन्ने कार्यक्रमले पुराना पत्रकारहरुको सिकाई तथा अनुभवहरु नयाँ पत्रकारले प्रत्यक्ष रुपमा सुन्न पाएको बताए । उनले यो कार्यक्रम मार्फत पुस्ताबीचको दुरी घटाउन मद्दत पुग्ने कुरामा जोड दिए । अग्रज पत्रकार खतिवडाको अनुभवले नयाँ पुस्तालाई प्रेरणा मिल्ने न्यौपानेको धारणा थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.