Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोडमा पहिलो पटक प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने
    Uncategorized

    बिर्तामोडमा पहिलो पटक प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने

    कनकाई खबरBy कनकाई खबर२०८२ बैशाख ३, बुधबार १४:०९ गते3 Mins Read

    बिर्तामोड \ कोशी प्रदेशका माध्यमिक तहका विद्यार्थीहरूमा वैज्ञानिक चेतना, नवप्रवर्तनको भावना विकास गर्ने लक्ष्य राखी नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग, कोशी प्रदेशको आयोजनामा पहिलो पटक “प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी–२०८२” आयोजना हुने भएको छ ।

    प्रदर्शनी २०८२ को जेठ १, २ र ३ गते, तीन दिनसम्म झापा जिल्लाको बिर्तामोड नगरपालिकामा अवस्थित देवी माध्यमिक विद्यालयमा आयोजना गरिने आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो / कार्यक्रमको मूल उद्देश्य विद्यालय तहका विद्यार्थीहरूलाई विज्ञान तथा प्रविधि क्षेत्रमा सक्रिय गराउँदै उनीहरूको सिर्जनात्मकता र अनुसन्धान क्षमतालाई उजागर गर्नु रहेको कार्यक्रमका संयोजक गणेश पोखरेलेल जानकारी दिए ।

    विज्ञानमा मौलिकता र नवप्रवर्तनलाई प्राथमिकता, विद्यार्थीहरुमा रहेको मौलिक आविष्कार र अनुसन्धानलाई प्रोत्साहन, सूचना प्रविधिमा भएका नवीनतम उपलब्धिहरूको प्रस्तुति र विज्ञान प्रविधिका क्षेत्रमा विद्यार्थीहरुको सहभागिता लगायत उद्येश्यले विज्ञान तथा प्रविधि प्रदर्शनीको आयोजना गरिएको पोखरेलको भनाइ छ ।
    प्रदर्शनीमार्फत प्रदेशस्तरीय विज्ञान तथा प्रविधि नीति मस्यौदा तयार पारिने नेकपा एमाले कोशी प्रदेशका इन्र्चाज तथा केन्द्रिय सदस्य शेरधन राईले जानकारी दिए ।

    आगामी जेठ १ देखि ३ गतेसम्म बिर्तामोडस्थित देवी मा.विमा प्रदर्शनी आयोजना गर्ने तयारी भएको आयोजकले जनाएको छ ।
    कोशीको प्रत्येक जिल्लाबाट १० वटा र आयोजक जिल्ला झापाबाट थप १० गरी १५० वटा विद्यालय प्रदर्शनीमा सहभागी गराउने तयारी भइरहेको नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोखरेलले जानकारी दिए ।

    विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको प्रदर्शनीमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाका सदस्य लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । अन्य २५ वटा विद्यालयलाई सान्त्वना पुरस्कार २५ हजारका दरले प्रदान गरिने विभाग प्रमुख पोखरेलले जानकारी दिए ।

    कार्यक्रम सम्पन्न गर्न ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रदर्शनीस्थलमा २० वटा व्यवसायीक शैक्षिक स्टल राखिने र उनीहरूबाट १ लाखका दरले शुल्क लिइने पोखरेलले जानकारी दिए । कार्यक्रमका लागि अपुग रकम दाताहरुबाट सहयोग लिइने बताइएको छ ।
    अन्य सहभागी विद्यालयलाई निःशुल्क स्टल उपलब्ध गराउने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी भइरहेको आयोजक संस्थाका प्रमुख पोखरेलले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा नेकपा एमाले कोशी प्रदेश इन्र्चाज तथा केन्द्रिय सदस्य शेरधन राईले विकास र समृद्वि एमालेको उद्येश्य र लक्ष्य भएकाले कोशी प्रदेशमै पहिलो पटक प्रविधी प्रदर्शनीको आयोजना गरिएको बताए ।

    उनले मुलुकको रुपान्तरण केवल एमाले पार्टीको नेतृत्वमा मात्रै सम्भव हुने भएकाले दीर्घकालीन योजना र भिजनका साथ फरक कार्यक्रम लिएर पार्टी अगाडी बढेको बताए ।

    विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रममा युथ पावर फाउण्डेशनले स्वयं सेवकको व्यवस्थापन गर्ने आयोजकले जनाएको छ ।
    प्रति विद्यालय एक स्टल रहनेछ र त्यसमा ३ जना विद्यार्थीले प्रतिनिधित्व गर्नेछन् ।चयन प्रक्रिया विज्ञान विषयका शिक्षक तथा प्राध्यापकहरूको निर्णायक टोलीमार्फत भौतिक रूपमा उपस्थित भइ वा भर्चुअल मूल्याङकनको माध्यमबाट गरिने जनाइएको छ ।

    पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य रोमनी ओली, नेकपा एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरी, पत्रकार महासंघ झापा जिल्ला अध्यक्ष एकराज गिरी,उपाध्यक्ष सुब्रत न्यौपाने, सचिव प्रदिप परियार, सह–सचिव रमेश तिवारी, अग्रज पत्रकार उमाकान्त खनाल लगायत झापाका विभिन्न सञ्चार गृहमा आबद्व पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनमा आजदेखी महायज्ञ सुरु हुने

    २०८२ बैशाख २४, बुधबार ०७:४५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.