Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पत्रकार हत्याको विरोधमा झापाका पत्रकारहरु आन्दोलित, आइतबार कालोपट्टी बाँधेर काम गर्ने
    कनकाई नगरपालिका

    पत्रकार हत्याको विरोधमा झापाका पत्रकारहरु आन्दोलित, आइतबार कालोपट्टी बाँधेर काम गर्ने

    कनकाई खबरBy कनकाई खबर२०८१ चैत्र १७, आईतवार १३:५१ गते2 Mins Read

    कनकाई खबर \ काठमाडौंमा शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या र मिडियामाथि भइरहेको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ ।

    आन्दोलनकै क्रममा महासंघ झापा शाखाको आयोजनामा शनिबार बिर्तामोडमा विरोध प्रदर्शन गरिएको छ । झापाली पत्रकारहरुले रजकको हत्यारा र सञ्चारगृहमा आक्रमण गर्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने भन्दै नारावाजी सहित विरोध प्रदर्शन गरेका हुन् /

    शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहका समर्थकहरूले शुक्रवार गरेको हिंसात्मक आन्दोलनमा भिडियो खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो । उनलाई राजावादीहरुले आगजनी गरेको घरभित्र थुनेर हत्या गरेका थिए । पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध र्यालीसहित प्रदर्शन गरिएको हो । बिर्तामोडको हनुमान सेन्ट्रलबाट शुरु भएको र्याली पश्चिम क्षेत्र ,ईलाका प्रहरी कार्यालय जाने बाटो हुँदै मुक्तिचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

    कोणसभामा पत्रकार महासंघ झापाका पूर्व अध्यक्षहरु कृष्ण हुमागाई, गणेश पोखरेल, मोहन काजी, झापा बारको तर्फबाट पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष समेत रहेका तारामणि सापकोटा, मानवअधिकारकर्मी डा.रुपक खनालले सम्बोधन गरेका थिए । उनीहरुले पत्रकार सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् । पत्रकार हत्याका विरुद्ध सशक्त आन्दोलन जारी राख्नुपर्ने बताउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

    पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासंघ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले विरोध र्यालीमा ऐक्यवद्धता जनाउने पत्रकारजन्य संघ संगठनहरु प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, फोनिज, नारी सञ्चार गृह, सञ्चारिका समूह, बिर्तामोड नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला ,बिर्तामोड उद्योग वाणिज्य संघ लगायत सबैलाई धन्यवाद व्यक्त गरे ।

    महासंघ झापाका सचिव प्रदीप परियारले चैत १७ गते कालोपट्टी बाँधेर काम गर्ने र १८ गते सदरमुकाममा र्यालीसहित ज्ञापनपत्र बुझाउने जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.