Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बुढ्यौलीमा एक्लोपन र उदासीले सताउन सक्छ, उनीहरूसँग कस्तो व्यवहार गर्ने ?
    कनकाई नगरपालिका

    बुढ्यौलीमा एक्लोपन र उदासीले सताउन सक्छ, उनीहरूसँग कस्तो व्यवहार गर्ने ?

    कनकाई खबरBy कनकाई खबर२०८१ चैत्र १३, बुधबार १४:५८ गते5 Mins Read

    हामी धेरैले के ठानिरहेका हुन्छौँ भने मानसिक रोग वृद्धवृद्धालाई लाग्दैन, यो कम उमेरका व्यक्तिलाई मान्त्रै हुन्छ । तर, त्यो होइन । वृद्धवृद्धालाई मानसिक रोग अरु उमेरका व्यक्तिलाई भन्दा बढी लाग्छ । पाको उमेरका व्यक्तिलाई रोग तथा शारीरिक समस्या वयस्क वा कम उमेरको व्यक्तिका तुलनामा धेरै हुन्छ।

    जसलाई शारीरिक समस्या धेरै हुन्छ, उसैलाई मानसिक रोग पनि धेरै लाग्न सक्छ । जस्तो डिप्रेसन नै पनि कम उमेरको व्यक्तिलाई भन्दा वयोवृद्धालाई धेरै हुन्छ।

    वृद्धवृद्धामा मानसिक समस्या निम्त्याउन केही कारकहरू हुन्छन् ।

    अप्रिय घटना

    कतिपयलाई अहिले भइरहेका, घटेका घटनालाई स्वीकार गर्न गाह्रो भइरहेको हुन्छ । हामी सबैलाई मृत्युको डर लाग्छ, त्यही भएर अलिकति समस्या भयो कि हामी अस्पताल कुद्छौँ। वृद्धवृद्धालाई त्यसै पनि दीर्घरोगहरूले सताइरहेको हुन्छ।

    ती दीर्घरोगकै कारण एकखालको डर भइरहेको हुन्छ । यस्तो अवस्थामा गाउँ तथा समाजमा कोही व्यक्तिको मृत्यु भयो भने त्यसले पनि मानसिक पीडा दिनसक्छ । त्यसलाई स्वीकार्न गाह्रो पर्ने हुनसक्छ ।

    अझ त्यसरी मृत्यु हुने व्यक्ति आफू भन्दाकम उमेरको छन् भने ला ! मलाई पनि केही हुने हो कि भन्ने चिन्ता लाग्न सक्छ । यस्ता कुराले पनि मानसिक विचलन ल्याउन सक्छ । तर सबैलाई त्यस्तै हुँदैन ।

    जीवनप्रतिको असन्तुष्टि

    आफूले गरिरहेको काम गर्न नसक्ने हुँदा र गर्न चाहेको काम गर्न नपाएको कुराले पनि वृद्धवृद्धालाई तनाव हुन्छ । उमेर भएको मान्छेले केही गर्न चाहेको छ तर सकेन भने उमेर छ, पछि गर्छु भन्ने हुन्छ । तर, वयोवृद्धाको उमेर गइसकेको हुन्छ । शरीरमा ताकत हुँदैन । हिम्मत पनि हराउँदै जान्छ ।

    शक्ति स्खलन हुँदै गएको हुन्छ । अब केही गर्न सक्दिन कि भन्ने चिन्ता हुन्छ । यसअघि गरेको कुरा गर्न सक्दिन कि, अब कसरी हुन्छ भनेर भन्ने पीर हुन्छ । भावनामा पनि परिवर्तन आइरहेको हुन्छ ।

    एक्लोपन

    वृद्धवृद्धाको मानिसक स्वास्थ्यमा प्रभाव पर्ने सबैभन्दा मुख्य कुरा एक्लोपन हो ।अहिले नेपालको अवस्था हेर्ने हो भने, धेरै वृद्धवृद्धा जना एक्लै भएको देखिन्छ । जीवनसाथीको समेत मृत्यु भइसकेको हुन्छ । घरमा अरू परिवार हुँदैनन् । मनका भावना साट्न, कोही पनि हुँदैनन् । भएका सन्तान पनि कोही शहरमा, कोही विदेशमा हुन्छन् । एक्लोपनले धेरै नै सताइरहेको देखिन्छ ।

    शहरतिर घरमा परिवारका सदस्य हुँदा पनि काममा व्यस्त भएर वृद्धवृद्धालाई खासै ध्यान नदिँदा वा दिन नपाउँदा पनि एक्लोपन महसुस गरिरहेका हुन्छन् । यो मानसिक समस्याको कारण बनिरहेको छ ।

    के गर्ने ?

    वृद्ध उमेरलाई स्वस्थ र सहज बनाउन अनि मानसिक रुपमा पनि स्वस्थ राख्न परिवारका सदस्यले विभिन्न कुरामा विशेष ध्यान दिनुपर्छ । कतिपय रोग त हाम्रो नियन्त्रणमा हुँदैनन्। तर पनि केही हामीले ख्याल गर्‍यौँ भने हाम्रो परिवारका जेष्ठ नागरिकको बुढ्यौलीपनलाई स्वस्थकर बनाउन सकिन्छ ।  मानसिक रुपमा स्वस्थ र खुसी राख्न सकिन्छ।

    १. झर्केर नबोल्ने

    वृद्धवृद्धासँग समय बिताउने, कुरा सुन्ने गर्नुपर्छ । झिजो मान्ने, झर्केर बोल्ने गर्नुहुँदैन । कोही व्यक्तिलाई जवान भएका बेला हपार्ने, झर्केर बोल्ने गर्‍यो भने उसले समान्य रुपमा लिन सक्छ तर बुढेसकालमा गाली गर्दा मानसिक रुपमा विक्षिप्त हुनसक्छन्। यसरी गाली गर्दा यसले मलाई हेप्यो कि, सहेन कि भन्ने पर्न जान्छ । उनीहरु दुःखी हुन्छन् ।

    २.सम्मान गर्ने

    वृद्धवृद्धालाई हामीले कुन तहको सम्मान दिनुपर्ने हो, त्यो दिनुपर्छ । हामी सबैले आत्मसम्मान खोजिरहेका हुन्छौँ । कसैले मानिदेओस्, सम्मान गरिदेओस् भन्ने लाग्छ वृद्धवृद्धालाई पनि त्यो लाग्नु स्वभाविक हो । परिवारका सदस्यले त्यो सम्मान दिनुपर्छ । आत्मसम्मानमा चोट पर्न दिनुहुँदैन ।

    ३. खानपानमा ध्यान दिने

    वृद्धवृद्धाको खानेकुरामा पनि परिवारका सदस्यले विशेष ध्यान दिनुपर्छ । समय–समयमा आफूले खुवाउन सक्ने खानेकुरा खान दिनुपर्छ ।  उनीहरुलाई दिनको दुई छाक मात्रै खाएर पुग्दैन । पहिला–पहिला खाना हुँदैनथ्यो होला त्यो अर्काे कुरा हो तर अहिले हामीले बरु थोरै खुवाउने तर दिनमा ३ देखि ४ पटक खान दिनैपर्छ ।

    वृद्ध उमेरका धेरैलाई देखिने समस्या हो, पानीको कमी ।  उनीहरुमा कस्तो बानी हुन्छ भने तिर्खा लागेपछि मात्रै पानी पिउनुपर्छ भन्ने हुन्छ ।  यसले गर्दा शरीरमा  डिहाइड्रेसन हुन्छ ।

    शरीरमा पानीको कमी भएपछि अधिकांश रोग लाग्छ ।  पानी खानमा विशेष जोड दिनु आवश्यक छ ।

    ४. सँगै खाना खाने

    दिनमा कम्तिमा २ छाक चाहिँ परिवारका अरु सदस्यले वृद्धवृद्धाहरू सँगै बसेर खानुपर्छ । त्यसो हुँदा उहाँहरुमा खुसी जागृत हुने हुन्छ । अर्काे महत्वपूर्ण भनेको खानामा कत्तिको रुचि छ ? कति खाइरहनुभएको छ भन्ने जानकारी राख्न सजिलो हुन्छ । उहाँहरुले व्यक्त नगरे पनि के कुरा मिठो लाग्यो, के लागेन भन्ने थाहा पाउन सकिन्छ ।

    ५. नाति-नातिनासँग भुल्न दिने

    वृद्धवृद्धाहरुका लागि आफ्ना छोराछोरी भन्दा पनि नातिनातिना धेरै प्यारा हुन्छन् । उनीहरुसँग भुल्न, कुराकानी गर्न दिनुपर्छ । यसले गर्दा आत्मीयता बढ्छ । त्यो मात्रै नभएर रमाइलोपनको आभास हुन्छ । खुसी बढाउँछ ।

    ६.मनका कुरा व्यक्त गर्न दिने

    यो जीवन भनेको प्रेसर कुकुर जस्तो पनि हो । प्रेसर कुकुरमा हामीले केही कुरा पकाउँदैछौँ, तलबाट आगो लागिरहेको छ, माथिबाट सिठ्ठीबाट वाफ निस्कन पाएन भने के हुन्छ ? त्यो सानो प्वाल पनि थुनियो भने के हुन्छ ? विस्फोट हुन्छ नि । हो त्यस्तै हो हाम्रो मनमा भावनाहरु पनि व्यक्त हुन पाएन भने विस्फोट हुनसक्छ । वा भनौँ त्यसले मानसिक समस्या उत्पन्न गराउन सक्छ ।

    वृद्धवृद्धाहरूले प्रत्यक्ष, अप्रत्यक्षरुपमा मनका कुरा व्यक्त गरिरहेका हुन्छन् । नातिनातिनाबाट वा अरु कसैको माध्यमबाट व्यक्त भइरहेको हुन्छ ।  कहिलेकाँही गीत गाएर वा भजन गाएर पनि मनका कुरा व्यक्त गरिरहेका हुन्छन् ।

    त्यसलाई सुन्नुपर्छ, ध्यान दिनुपर्छ । खुलेर भावनाहरु व्यक्त गर्ने वातावरण बनाउनुपर्छ । एक्लै मनमा कुराहरु गुम्स्याएर राख्न दिनु हुँदैन । सकेसम्म परिवारका सदस्यसँगै राख्नुपर्छ । उनीहरूका कुरा गर्दा धैर्‍यताका साथ सुन्नुपर्छ ।

    ७.परिवारको निर्णयमा सहभागी गराउने

    घरमा हुने कुनै महत्वपूर्ण निर्णयमा वृद्धवृद्धालाई सहभागी गराउनुपर्छ । सहभागी गराउने मात्रै होइन उहाँहरूको राय पनि सुन्न आवश्यक छ । यसले उहाँहरुलाई परिवारमा अझै आफ्नो भूमिका रहेछ म अझै परिवारको महत्वपूर्ण सदस्य रहेछु भन्ने अनुभूति हुन्छ ।

    अझै पनि मेरो कुरा सुनिदो रहेछ । मेरो राय तथा  निर्णयको महत्व रहेछ भन्ने भावना मनमा आउँछ । यसले मानसिक रुपमा सलब बनाउँछ ।

    ८.सामाजिक क्रियाकपालमा सहभागी गराउने

    वृद्धवृद्धाहरूलाई सामाजिक क्रियाकलापहरूमा सकेसम्म सहभागी गराउनुपर्छ । विवाह, ब्रतबन्ध वा अन्य कुनै समारोहमा सहभागी हुन प्रेरित गर्नुपर्छ । कुनै सामाजिक काममा संलग्न हुन दिनुपर्छ ।

    ९.नियमित स्वास्थ्य जाँच

    कुनै स्वास्थ्य समस्या छैन भने पनि त्यो उमेरका व्यक्तको नियमित स्वास्थ्य जाँच गराउनुपर्छ । सकेसम्म ६–६ महिनामा र नभए वर्षमा एक पटक स्वास्थ्य जाँच गराउनुपर्छ । यसो हुँदा कुनै स्वास्थ्य समस्या देखिएर जटिल अवस्थामा पुग्न पाउँदैन । अनलाइन खबरबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.