Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पालिकाहरुले करारका कर्मचारीलाई सेवाबाट हटाउँदै, बिर्तामोडले हटायो १८ जना

    २०८२ आश्विन ३१, शुक्रबार १९:४८ गते

    कनकाई खबर आठौं वर्षमा प्रवेश

    २०८२ आश्विन २४, शुक्रबार १३:४८ गते

    प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

    २०८२ आश्विन २२, बुधबार २२:०६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जिल्लास्तरीय महिला फुटबलको उपाधि कनकाई महिला फुटबल टिमको पोल्टामा
    कनकाई खबर बिशेष

    जिल्लास्तरीय महिला फुटबलको उपाधि कनकाई महिला फुटबल टिमको पोल्टामा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ चैत्र ३, आईतवार ०६:५३ गते4 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा भएको जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको छ।
    कनकाई खेलकुद प्रतिष्ठानको आफ्नो वार्षिक क्यालेण्डरका रुपमा रहेको प्रतियोगिताको नवौं संस्करणको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको हो । काकरभिट्टा महिला फुटबल टिम र कनकाई महिला फुटबल टिम बीच भएको प्रतियोगितामा ३ —० गोलको अन्तरले कनकाईले उपाधि चुमेको हो । उपाधिसँगै कनकाईले १ लाख १ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको काकरभिट्टा महिला फुटबल टिमले नगद ५१ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ ।

    प्रतियोगितामा कनकाई महिला फुटबल टिमकी जेनिफर राना म्यान अफ द म्याच घोषित भइन् । उनलाई जामुनबारी सामुदायिक वन समुहका सचिव दिपक ओलीले स्पोन्सर गरेको नगद पुरस्कार र मेडल प्रदान गरिएको छ । त्यस्तै प्रतियोगिताको सबै विधामा विजेता टिमका खेलाडीले अवार्ड प्राप्त गरेका छन् । यसै क्रममा बेष्ट डिफेन्डरका रुपमा खुस्मा राई, बेष्ट मिड फिल्डर सन्जु राई, बेष्ट गोल किपर शुसिला चौधरी, सर्वाधिक गोल कर्ता समिक्षा मगर र सर्वोत्कृष्ट खेलाडी सिम्रन राई घोषित भए । सबै विधामा विधागत नगद पुरस्कार र मेडल प्रदान गरिएको खेल संयोजक गीता गरेलले जानकारी दिइन् ।

    पुर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र जामुनबारी सामुदायिक वन एवं जामुनखाडी सिमसार क्षेत्रको खेल मैदानमा शनिवार सम्पन्न प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागिता रहेको थियो ।

    मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको बताइएको ।प्रतियोगिताको सहयोगी संस्थाका रुपमा कनकाई नगरपालिका वडा नं.२ को कार्यालय, जामुनखाडी स्पोर्टिङ क्लव र जामुनखाडी किर्तन मण्डली रहेको बताइएको छ । प्रतियोगिताको अवधिभर स्वास्थ्य सामाग्रीको निशुल्क सेवा कनकाई १ जुकेकल्भर्टस्थित अग्रज फार्मेसीले गरेको बताइएको छ । त्यस्तै नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले खेल अवधिभर एम्बुलेन्स सेवा प्रदान गरेको बताइएको छ । हरेक खेलमा प्रदान गरिने म्यानअफ द म्याचको डमी चेक दोमुखा बहुउद्येश्यी सहकारी संस्थाबाट सहयोग प्राप्त भएको प्रतिष्ठानका उपाध्यक्ष भुवन खतिवडाले जानकारी दिए ।

    प्रतियोगितालाई सहज रुपमा सम्पन्न गर्न विभिन्न दाताहरुबाट सहयोग समेत प्राप्त भएको प्रतिष्ठानका कोषाध्यक्ष डम्बरप्रसाद फुयालले बताएका छन् । जसमध्ये सहआयोजकका रुपमा रहेको जामुनबारी सामुदायिक वन समुहबाट रु.३० हजार, कनकाई वडा नं.२ को कार्यालयबाट रु.३० हजार, कनकाई सामुदायिक वन समुहबाट नगद १० हजार २सय साथै वन समुहको ट्याङकरबाट १० हजार ८ सय बराबरको खेलमैदानमा पानी सिंचाई सहित २१ हजार सहयोग प्राप्त भएको बताइएको छ ।

    सहयोगकै क्रममा कनकाई १ स्थित बसुन्धरा कृषि सहकारी संस्थाबाट रु.५ हजार एकसय, गौरादह ९, बैगुनधुरास्थित तेज ईटाका संचालक सिताराम भट्टराईबाट रु.५ हजार, कनकाई ४ स्थित दिव्यरत्न अंग्रेजी माविका संचालक सागर ढुङ्गानाबाट रु.५ हजार एकसय, हाल इजरायलमा रहेका बाह्रदशीको घोडामारा निवासी चन्द्र खरेलबाट रु.५ हजार एकसय, विर्तामोडस्थित बशिष्ट खरेल मन्दिरका अध्यक्ष गंगाराम खरेलबाट रु.५ हजार एकसय, सुरुङ्गास्थित होटल डिलाइटका संचालक ख्याम ओलीबाट रु.५ हजार एकसय, प्रतिष्ठानकी पुर्व सचिव अम्बिका खरेलबाट रु.५ हजार नगद सहयोग प्राप्त भएको प्रतिष्ठानका कोषाध्यक्ष फुयालले जानकारी दिए ।

    प्रतिष्ठानका अध्यक्ष छबि थपलियाको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको समापन विशेष समारोहमा प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेती, पुर्वअध्यक्षद्वय दुर्गा प्रसाईँ र दिननाथ खतिवडा, कनकाई २ का वडाअध्यक्ष बलराम राई, वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, वडा नं.७ का वडाअध्यक्ष भिष्म सिटौला,जामुनबारी सामुदायिक वन समूहका अध्यक्ष एवं प्रतिष्ठानका सल्लाहकार परशुराम गिरी, प्रतिष्ठानका अन्य सल्लाहकारहरु शेरबहादुर थापा, नारायण पोखरेल, राजेन्द्र उप्रेती, ख्याम ओली लगायत स्थानीय जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागीता रहेको बताइएको छ ।

    कनकाई ३ सुरुङगास्थित ग्लोवल एडुकेयर एकाडेमीका विद्यार्थीहरुको स्काउट मार्चपासले अतिथीहरुलाई स्वागत गरेको थियो । त्यस्तै देवकोटा एजुकेशन फाउण्डेशनकी छात्राले स्वागत गीत प्रस्तुत गरेकी थिइन् भने स्थानीय कलाकार सन्तोष रायमाझीले समेत प्रस्तुत गरेको गीतले खेलको अवलोकन गर्न आएका सबैलाई थप मनोरन्जन प्रदान गरेको थियो । कार्यक्रममा कनकाई वडा नं.४ का वडाअध्यक्ष रोशन सुवेदी, महिला नेतृ कविता बस्नेत, प्रमुख अतिथी कनकाई नगर प्रमुख पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।

    खेल संयोजक गीता खरेलले शाव्दीक स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पालिकाहरुले करारका कर्मचारीलाई सेवाबाट हटाउँदै, बिर्तामोडले हटायो १८ जना

    २०८२ आश्विन ३१, शुक्रबार १९:४८ गते

    कनकाई खबर आठौं वर्षमा प्रवेश

    २०८२ आश्विन २४, शुक्रबार १३:४८ गते

    प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

    २०८२ आश्विन २२, बुधबार २२:०६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पालिकाहरुले करारका कर्मचारीलाई सेवाबाट हटाउँदै, बिर्तामोडले हटायो १८ जना

    २०८२ आश्विन ३१, शुक्रबार १९:४८ गते

    कनकाई खबर आठौं वर्षमा प्रवेश

    २०८२ आश्विन २४, शुक्रबार १३:४८ गते

    प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

    २०८२ आश्विन २२, बुधबार २२:०६ गते

    दसैं विजयोत्सवको पर्व :

    २०८२ आश्विन २०, सोमबार २३:५२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.