कनकाई खबर / ईलाका प्रहरी कार्यालय सुरुङ्गाको अर्को ठूलो अप्रेसन सफल भएको छ ।
केही दिन अघि मात्र लागुऔषध कारोवारी भारतीय दुईजना युवालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको यस क्षेत्रमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियमित गरेको अप्रेसनबाट थप सफलता प्राप्त भएको हो । अप्रेसनकै क्रममा ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी बरिष्ठ नायब निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले लागुऔषध गाँजासहित एक दम्पत्तिलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले कनकाई–४ मनकामना टोलका ३३ वर्षीय इन्द्र चौधरी र उनकी श्रीमती ३२ वर्षीया ममता चौधरीलाई गाँजासहित पक्राउ गरेको हो । ८ केजी ४० ग्राम गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।