Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पालिकाहरुले करारका कर्मचारीलाई सेवाबाट हटाउँदै, बिर्तामोडले हटायो १८ जना

    २०८२ आश्विन ३१, शुक्रबार १९:४८ गते

    कनकाई खबर आठौं वर्षमा प्रवेश

    २०८२ आश्विन २४, शुक्रबार १३:४८ गते

    प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

    २०८२ आश्विन २२, बुधबार २२:०६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा जारी जिल्लास्तरीय महिला फुटबलः गौरादहलाई हराउँदै शिवसताक्षी विजयी
    कनकाई नगरपालिका

    कनकाईमा जारी जिल्लास्तरीय महिला फुटबलः गौरादहलाई हराउँदै शिवसताक्षी विजयी

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन २८, बुधबार ०९:५२ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा गौरादह महिला फुटबल टिमलाई हराउँदै शिवसताक्षी महिला फुटबल टिम विजयी बनेको छ ।

    कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा पुर्वकै प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक वन एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको खेल मैदानमा मंगलबार सम्पन्न खेलमा गौरादह महिला फुटबल टिमलाई ८–० गोलको फराकिलो अन्तरले हराउँदै शिवसताक्षीले सेमी फाइनलको यात्रा तय गरेको हो । खेलको म्यान अफ द म्याच विजेता टिमकै पास्वती चौधरी घोषित भइन् ।

    खेलको पहिलो हापमा २ गोल लगाएको शिवसताक्षीले दोस्रो हापमा थप ६ गोल थपेको थियो। बुधबारदेखि सेमिफाइनलको खेल सुरु हुने र पहिलो सेमिफाइनलमा काकरभिट्टाको महिला फुटबल टिम र बाह्रदशीको महिला फुटबल टिमबीच प्रतिस्पर्धा हुने खेल संयोजक गीता खरेलले जानकारी दिएकी छन् ।

    प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिए ।

    जिल्लाका ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल आगामी चैत २ गते हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको छ । जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको प्रतियोगितामा सहयोगी संस्थाका रुपमा कनकाई नगरपालिका वडा नं.२ को कार्यालय, जामुनखाडी स्पोर्टिङ क्लव र जामुनबारी किर्तन मण्डली रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पालिकाहरुले करारका कर्मचारीलाई सेवाबाट हटाउँदै, बिर्तामोडले हटायो १८ जना

    २०८२ आश्विन ३१, शुक्रबार १९:४८ गते

    कनकाई खबर आठौं वर्षमा प्रवेश

    २०८२ आश्विन २४, शुक्रबार १३:४८ गते

    प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

    २०८२ आश्विन २२, बुधबार २२:०६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पालिकाहरुले करारका कर्मचारीलाई सेवाबाट हटाउँदै, बिर्तामोडले हटायो १८ जना

    २०८२ आश्विन ३१, शुक्रबार १९:४८ गते

    कनकाई खबर आठौं वर्षमा प्रवेश

    २०८२ आश्विन २४, शुक्रबार १३:४८ गते

    प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

    २०८२ आश्विन २२, बुधबार २२:०६ गते

    दसैं विजयोत्सवको पर्व :

    २०८२ आश्विन २०, सोमबार २३:५२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.