Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहक केन्द्रित सम्मेलन सम्पन्न
    कनकाई नगरपालिका

    बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहक केन्द्रित सम्मेलन सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन २६, सोमबार ०८:४२ गते2 Mins Read

    काठमाडौँ / फागुन २५ गते । नेपालका लागि क्याटरपिलर हेवी ईक्विप्मेन्टको आधिकारी बिक्रेता बतास ट्रयाक्टर्स प्रालिले हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित गरी ग्राहक सम्मेलन आयोजना गरेको छ । क्याटरपिलरको मेशिनरीको अद्वितीय क्षमता र हाइड्रो परियोजनामा दक्षता, नवीनता र प्रभावकारिता प्रस्तुत गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

    सम्मेलनमा हाइड्रोपावर उद्योगका ५० भन्दा बढी सम्मानित ग्राहकले सहभागिता रहेको थियो । क्याटरपिलरका प्रमुख कम्पनी गेनवेल कमोशेल्स इण्डियाका सीआई प्रमुख दीपक जोलीले क्याटरपिलरका मेशिनरीहरू नेपालको हाइड्रो सेगमेन्टमा अग्रणी स्थानमा रहेकोमा ग्राहकको विश्वास र समर्थनका लागि धन्यवाद व्यक्त गरेका छन् । कम्पनीका कार्यकारी निर्देशक दीपेन्द्र मल्ले ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउन र निर्माण र हाइड्रोपावर प्रविधिमा नवीनतम् प्रगति प्रदर्शन गर्न बतास ट्रयाक्टर्स सदैव तत्पर रहेको प्रष्ट पारेका छन् ।

    सम्मेलनमा हालै क्याटरपिलर मेशिनरी खरिद गर्ने सम्मानित ग्राहकहरूलाई चाबी हस्तान्तरण समारोह आयोजना गरिएको छ । जसमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, फेवा कन्स्ट्रक्सन, भूगोल इन्फ्रास्ट्रक्चर, सिउरी न्यादी, र बन्दन भगवती निर्माण सेवा जस्ता कम्पनीहरू समावेश छन् ।
    कार्यक्रममा गेनवेल कमोशेल्स ईण्डियाका शेल्स हेड आनन्द झाले क्याटरपिलर मेशिनरीहरूको प्राविधिक विशेषताहरू, लागत दक्षताको बारेमा विस्तृत जानकारी दिएका छन् । जसमा ३२०डी३ जिसी, २०–टन, २३–टन, र २५–टनका एक्साभेटर, ब्याकहो लोडर, मोटर ग्रेडर जस्ता मोडेलहरू समावेश छन् ।

    गेनवेल कमोशेल्स ईण्डियाका बिक्रि तथा प्रबन्धक निर्देशक श्री मुकुल दिक्षितले मुख्य आकर्षण रहेको जिसी सिरिज मेशिनरीहरूले कसरी हाइड्रोपावर परियोजनाहरूमा नवीनता र दक्षता ल्याउन सक्छ भन्ने बारेमा जानकारी दिँदै यस सिरिजले भारतमा हेवी इक्विपमेन्ट उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएर आफूलाई प्रमाणित गरी सकेको बताएका छन् ।

    क्याटरपिलरले २४सै घण्टा सर्भिस र स्पेयर पार्ट्स समर्थन प्रदान गर्दै आएको र यसले दुर्गम स्थानहरूमा पनि मेशिनरीको परिवहनको लागि डिस्मान्टलिङ र हेलिकप्टर लिफटिङजस्ता उन्नत समाधानहरू प्रदान गर्दै आएको क्याटरपिलरका सेवा प्रदायक कम्पनी ट्रयाक्टर्स नेपालका जानकारी दिइयो ।

    बतास ट्रयाक्टर्स प्रालिका प्रबन्धक निर्देशक शान्तराज बतासले हाइड्रोपावर नेपालको आर्थिक विकासको आधारशिला रहेको र क्याटरपिलर मेशिनरीहरू हाइड्रोपावर परियोजनाहरूको अनौठा चुनौतीहरू पूरा गर्न पूर्ण रूपमा उपयुक्त रहेको जानकारी दिए। सम्मेलनमार्फत हाइड्रो परियोजनाहरूमा न्यूनतम डाउनटाइम र अधिकतम उत्पादकता सुनिश्चित गर्न कस्टमर सर्भिस अग्रिमेन्ट गर्न आग्रह गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.