Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अन्तराष्ट्रिय श्रमिक महिला दिवसः अनेम संघ झापाद्वारा प्रादेशिक अस्पतालका ८२ विरामीलाई पौष्टिक खाद्य पदार्थ वितरण
    भद्रपुर नगरपालिका

    अन्तराष्ट्रिय श्रमिक महिला दिवसः अनेम संघ झापाद्वारा प्रादेशिक अस्पतालका ८२ विरामीलाई पौष्टिक खाद्य पदार्थ वितरण

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन २५, आईतवार ०७:५९ गते2 Mins Read

    भद्रपुर । झापा भद्रपुरको प्रादेशिक अस्पतालमा रहेका विरामीहरुलाई फलफुललगायत पौष्टिक वितरण गर्दैै अखिल नेपाल महिला संघ झापाले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

    अस्पतालमा उपचारत रहेका विरामीहरुलाई आज पौष्टिक खाद्य पदार्थ वितरण गरेर ११५ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको हो ।

    अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्ले, जिल्ला अध्यक्ष लीला दाहाल लगायत जिल्लाका पदाधिकारीहरुले अस्पतालमा रहेका ८२ जना विरामीलाई फलफुल, हर्लिक्स लगायत पोषण युक्त खानेकुरा वितरण गरिएको अनेम संघ जिल्ला सचिव कोपिला चम्लागाईले जानकारी दिइन् ।

    कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष काफ्लेले नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन रहेको बताइन् । उनले नारी दिवसका दिन विशेष महिला दिदीबहिनीहरुले रचनात्मक काम गरेर मनाउने गरिएको छ । त्यसै क्रममा आज भद्रपुर प्रादेशिक अस्पतालमा उपचार गराइरहनु भएका सबै विरामीहरुलाई उहाँको स्वास्थ्य अवस्था बुझ्दै पौष्टिक युक्त खाद्य पदार्थ वितरण गरेर अनेम संघ जिल्ला कमिटीले प्रंशसनीय काम गरेको उपाध्यक्ष काफ्लेको भनाई थियो ।

    त्यसै गरी अनेम संघ जिल्ला कमिटी झापाले आजै मेचीनगरको भृकुटीका ५ जना श्रमिक महिला हडकेश लगायत सामाग्री वितरण गरेको छ । अनेम संघले विभिन्न विधामा श्रमिकका रुपमा काम गर्ने महिला दिदीबहिनीहरुलाई काममा जाँदा खाजा वा खाना बोक्नका लागि सहज होस भन्ने उद्देश्यले हडकेश वितरण गरेको जनाएको छ । भृकुटीमा आयोजना गरिएको कार्यक्रममा १५ जना युवा महिलाहरुबीच बक्तृत्वकला समेत गराइएको अनेम संघ सचिव चम्लागाईले जानकारी दिइन् ।

    कार्यक्रममा अनेम संघ जिल्ला अध्यक्ष लीला दाहाल, अनेम संघ प्रदेश सचिव हेमला कट््टेल , निवर्तमान अध्यक्ष पवित्रा पाठक, नेकपा एमाले केन्द्रिय सदस्य मिना उप्रेती, प्रदेश कमिटी सदस्य बसन्त बानिया, घनश्याम अधिकारी, शिव राजभण्डारी, जिल्ला कमिटी उपसचिव असारु राजवंशी, पार्टी सल्लाहकार सदस्य विष्णु प्रसाई, भद्रपुर अस्पतालका डा. रामबाबु खड्का लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अनेम संघ जिल्ला कमिटी सचिव कोपिला चम्लागाईले गरेकी थिइन् । कार्यक्रममा ५ सय बढी महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    सुरुङ्गामा गएराती भएको मोटरसाइकल दुर्घटनामा सिटौलाको निधन

    २०८२ कार्तिक २५, मंगलवार ०८:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.