Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा महिला फुटबल सुरु, उद्घाटन खेलमा बाह्रदशीको विजय सुरुवात
    कनकाई नगरपालिका

    कनकाईमा महिला फुटबल सुरु, उद्घाटन खेलमा बाह्रदशीको विजय सुरुवात

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन २५, आईतवार ०७:२५ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाईमा जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।

    कनकाई खेलकुद प्रतिष्ठानको आफ्नो वार्षिक क्यालेण्डरका रुपमा रहेको प्रतियोगिताको नवौं संस्करणलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर संचालनमा ल्याइएको हो ।

    पुर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र जामुनबारी सामुदायिक वन एवं जामुनखाडी सिमसार क्षेत्रको खेल मैदानमा शनिवार एक विशेष समारोहका बीच प्रमुख अतिथी कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले प्रतियोगिताको उद्घाटन गरेकी हुन् । जिल्लाका ८ वटा टिम सहभागी रहेको प्रतियोगिताको उद्घाटन खेलमा बाह्रदशी महिला फुटबल टिम र घैलाडुवा युवा क्लवको महिला फुटबल टिम बीच प्रतिस्पर्धा भएको बताइएको छ ।

    प्रतियोगिताको निर्धारित समयमा दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि ट्राइबेकरमा बाह्रदशी विजयी भएको खेल संयोजक गीता खरेलले जानकारी दिएकी छन् । खेलको म्यानअ फ द म्याच बिजेता टिमकी युनिका राई घोषित भएकी छन् । उनलाई कनकाई ४ निवासी सामाजिक व्यक्तित्व कमलप्रसाद खरेलले स्पोन्सर गरेको नगद २ हजार एकसय र ट्रफी प्रदान गरिएको थियो । आइतबाको दोस्रो खेल कनकाई महिला फुटबल टिम र बुद्धशान्ती महिला फुटबल टिम बीच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ ।

    चैत २ गते समापन हुने प्रतियोगितामा प्रथम पुरस्कार नगद रु.१ लाख १ हजार, ट्रफी, मेडल र प्रमाण पत्र साथै दोस्रो पुरस्कार नगद रु. ५१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र रहेको बताइएको छ । प्रतियोगिताको हरेक विधामा विधागत पुरस्कार समेत व्यवस्थापन गरिएको आयोजक संस्था कनकाई खेलकुद प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले जानकारी दिए ।

    मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको बताइएको । प्रतियोगिताको सहयोगी संस्थाका रुपमा कनकाई नगरपालिका वडा नं.२ को कार्यालय, जामुनखाडी स्पोर्टिङ क्लव र जामुनबारी किर्तन मण्डली रहेको बताइएको छ । प्रतियोगिताको अवधिभर स्वास्थ्य सामाग्रीको निशुल्क सेवा कनकाई १ जुकेकल्भर्टस्थित अग्रज फार्मेसीले गर्ने भएको छ । हरेक खेलमा प्रदान गरिने म्यानअफ द म्याचको डमी चेक दोमुखा बहुउद्येश्यी सहकारी संस्थाबाट सहयोग प्राप्त भएको आयोजक कनकाई खेलकुद प्रतिष्ठानका उपाध्यक्ष भुवन खतिवडाले जानकारी दिए ।

    प्रतियोगितालाई सहज रुपमा सम्पन्न गर्न विभिन्न दाताहरुबाट सहयोग समेत प्राप्त भएको प्रतिष्ठानका कोषाध्यक्ष डम्बरप्रसाद फुयालले बताएका छन् । जसमध्ये कनकाई १ स्थित बसुन्धरा कृषि सहकारी संस्थाबाट रु.५ हजार एकसय, गौरादह ९, बैगुनधुरास्थित तेज ईटाका संचालक सिताराम भट्टराईबाट रु.५ हजार, कनकाई ४ स्थित दिव्यरत्न अंग्रेजी माविका संचालक सागर ढुङ्गानाबाट रु.५ हजार एकसय, हाल इजरायलमा रहेका बाह्रदशीको घोडामारा निवासी चन्द्र खरेलबाट रु.५ हजार एकसय, विर्तामोडस्थित बशिष्ट खरेल मन्दिरका अध्यक्ष गंगाराम खरेलबाट रु.५ हजार एकसय नगद सहयोग प्राप्त भएको प्रतिष्ठानका कोषाध्यक्ष फुयालले जानकारी दिए ।

    प्रतिष्ठानका अध्यक्ष छबि थपलियाको अध्यक्षता एवं कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्य रहेको उद्घाटन विशेष समारोहमा कनकाई २ का वडाअध्यक्ष बलराम राई, जामुनबारी सामुदायिक वन समूहका अध्यक्ष परशुराम गिरीले शुभकामना मन्तव्य राख्दै प्राकृतिक रुपमा रमणीय क्षेत्र जामुनखाडी सिमसार क्षेत्रलाई खेल पर्यटनसँग जोड्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

    स्थानीय मर्निङ ग्लोरीका विद्यार्थीहरुबाट स्वागत नृत्य प्रस्तुत भएको औपचारिक कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष थपलियाले संस्थाको गतिविधि सहित औचित्यमाथि प्रकाश पारेका थिए । खेल संयोजक गीता खरेलले शाव्दीक स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.