Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई घाटको १५ औं स्थापना दिवस फागुन २५ मा
    कनकाई नगरपालिका

    कनकाई घाटको १५ औं स्थापना दिवस फागुन २५ मा

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन २४, शनिबार २३:०२ गते2 Mins Read

    कनकाई खबर / पुर्वि नेपालकै प्रख्यात पवित्र कनकाई माई नदिको पुर्वि किनारमा रहेको कनकाई घाट संस्थाले १५ औं स्थापना दिवस मनाउँने भएको छ ।

    संस्था स्थापनाको १५ वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमका बीच कनकाई घाट सरसफाईलाई अभियानका रुपमा थप व्यवस्थित गर्दै अघि बढ्ने जनाइएको छ । आजभन्दा १४ वर्ष अघि २०६७ को फागुन २५ गतेका दिन संघसंस्था ऐन २०४९ अनुसार मुनाफारहित कनकाई घाट संस्थाको विधिवत रुपमा स्थापना भएको हो । संस्था संस्थापना दिवसकै अवसर पारेर नवनिर्वाचित कार्यसमितिले आफ्नो पहिलो कार्यक्रमका रुपमा अघि सारेको स्थापना दिवस विशेष कार्यक्रममा स्थानीय क्रियाशिल राजनीतिक दल, सामाजिक, शैक्षिक एवं धार्मिक संघसंस्था, नागरिक समाज, उद्योगी व्यवसायीहरुलाई समेत आह्वान गरेको संस्थाका अध्यक्ष खेमनाथ मिश्रले जानकारी दिए । सरसफाई कार्यक्रम यहि फागुन २५ गते आइतबारका दिन बिहानको ठीक ७:३० बजेको समय निर्धारण गरिएको अध्यक्ष मिश्रले बताए ।

    झापाको मध्य भागमा रहेको कनकाई धाम धार्मिक विकास संस्था कोटिहवनको निजकमा रहेको पवित्र कनकाई नदिमा सुव्यवस्थित घाट निर्माण गरी पार्थिव भौतिक शरिरलाई दाहसंस्कार गर्न र अन्तिम संस्कारमा सहभागी हुने मलामीजनलाई सहज बनोस भन्ने उद्येश्यका साथ २०६७ को फागुन २५ गते कनकाई घाट संस्थाको स्थापना भएको संस्थाका महासचिव गोपाल खरेलले जानकारी दिए ।

    कनकाई घाट संस्थाको नवनिर्वाचित कार्य समितिले केही दिन अघि मात्र एक कार्यक्रमका बिच पदभार ग्रहण गरेको हो । दसौं साधारणसभा तथा छैटौ अधिवेशनबाट स्थानीय सामाजिक व्यत्तित्व ख्याम मिश्रको नेतृत्वमा सर्वसम्मत निर्वाचित कार्य समितिले पदभार ग्रहण गरेको हो ।

    अघिल्लो समितिमा बरिष्ठ उपाध्यक्षको कार्यकाल सम्हाली सकेका मिश्रको नेतृत्वमा निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा डिल्लीराम मैनाली , उपाध्यक्षमा खेमराज कार्की ,महासचिवमा गोपाल खरेल , सचिवमा टिकाप्रसाद ्जम्मरकट्टेल र कोषाध्यक्षमा अम्बिका खरेल सर्वसम्मत चयन भएका हुन ।

    त्यसैगरी संंस्थाको सदस्यहरुमा राधिका कडरिया , भरत कुमार ढकाल , दयानन्द वंसल , नरेन्द्रप्रसाद फुयाल , चन्द्र मैनाली (भतिज) , डम्बर बहादुर बस्नेत , भगवती कटुवाल , टिकाराम बराल , बृहस्पति पाण्डे , रमेश सेडाई र सरोज मैनालि सर्वसम्मत चयन भएका हुन् ।

    संस्थाको लेखा समिति समेत सर्वसम्मत चयन भएको थियोे भने लेखा समिती संयोजकमा डम्बरप्रसाद फुयाल र सदस्यमा भिष्म मैनाली र डिल्लिराम पाठक रहेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.