Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जेष्ठ माताहरुलाई सम्मान गर्दै कनकाई ९ मा मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस
    कनकाई नगरपालिका

    जेष्ठ माताहरुलाई सम्मान गर्दै कनकाई ९ मा मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन २४, शनिबार ११:४१ गते2 Mins Read

    कनकाई खबर / ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना गरिँदै छ ।

    यसै अवसरमा कनकाई नगरपालिकाको वडा नं.९ मा विविध साँस्कृतिक कार्यक्रम सहित शुक्रबार जेष्ठ माताहरुलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । कार्यपालिका सदस्य तथा कार्यक्रमकी संयोजक सुशीला बुधनीकुमारी चौधरीको अध्यक्षता रहेको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियोे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवाकोटीले हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइदै आएको यो दिवसलाई एकदिन मात्र अवसरका रुपमा मनाउँने हो भने कुनै पनि सफलता हात पर्न नसक्ने बताएकी छन् । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन बढेको उपप्रमुख शिवाकोटीले जानकारी दिइन् ।

    यस वर्षको महिला दिवसको नारा ‘सबै महिला र बालबालिकाको लागि अधिकार, समानता र शसक्तिकरण’ रहेको बताइएको छ ।

    कनकाई ९ स्थित वडा कार्यलय परिषरमा विविध साँस्कृतिक कार्यक्रम सहित वडाका आठ वटै टोलका एक–एक जना जेष्ठ मातारुलाई सम्मान गरेको हो ।

    यसरी सम्मानित हुनेहरुमा धनमाया न्यौपाने ,डुमोसरी राजवंशी ,बानसरी राजबंशी, बुदिन मर्डी , मनमाया मगर, तालामई हेमरम , दुखनी चौधरी र रनमाया कार्की गरि सबै टोलबाट ८ जना जेष्ठ माताहरूलाई सम्मान गरेको बताइएको छ ।

    समाजमा पुरुष भन्दा महिलाले गरेको काम धेरै सहज र सफल भएको भन्दै कार्यक्रममा सहभागी सबै वक्ताहरुले अवसर पाएमा महिला पनि पुरुष भन्दा कमजोर नभएको टिप्पणी गरे ।

    कार्यक्रममा वडा अध्यक्ष राजेन्द्रप्रसाद उप्रेती ,कार्यपालिका सदस्य चेता राई, शिक्षासेवी सावित्रा जोसी , पुर्व वडाअध्यक्ष एवं राजवंशी कोच भवनका अध्यक्ष प्रेमप्रसाद राजवंशी , आदर्श विद्यामन्दिर विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान उप्रेती ,टोल नं. २ का अध्यक्ष टहलराज राजबंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा ईस्टन एभरेष्ट बोर्डिङ स्कुलबाट सामुहिक स्वागत नृत्य , आधुनिक गीत, विद्यालयकी संचालक झुमा आचार्य (वेडारी ) बाट एकल नृत्य सहित अन्य विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

    कनकाई नगर महिला अपांगता तथा बालबालिका शाखा प्रमुख टीका खतिवडाले औचित्य माथी प्रकाश पारेको कार्यक्रममा कल्पना मगरले स्वागत गरेकी थिइन् । कार्यक्रमको संचालन वडा सदस्य तारा दमाईले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.