Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दुर्घटना न्यूनीकरणका लागि कनकाई नगरपालिकामा ‘ट्राफिक शिक्षक’ कार्यक्रम
    कनकाई नगरपालिका

    दुर्घटना न्यूनीकरणका लागि कनकाई नगरपालिकामा ‘ट्राफिक शिक्षक’ कार्यक्रम

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन २०, मंगलवार २१:३५ गते2 Mins Read

    कनकाई, १९ फागुन । झापामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

    जिल्ला ट्राफिक कार्यालय झापाले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिबृद्धि गर्ने उद्देश्यले ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिबृद्धिका लागि शिक्षक एवम् शिक्षण संस्थाहरुका प्रत्येक विद्यार्थीसम्म सवारी नियमबारे ज्ञान प्रदान गर्ने उद्देश्यले ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय झापा प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो ।

    “जिल्लाभरिका पालिकासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै छौं”, उहाँले भन्नुभयो, “झापाका १५ वटै पालिकामा प्रस्ताव पेश गरिएको छ ।” स्थानीय तहको आयोजना र जिल्ला ट्राफिक कार्यालय झापाको समन्वयमा कार्यक्रम गरिने उहाँले बताउनुभयो । तालिमपछि उनीहरुलाई ‘ट्राफिक शिक्षकका रुपमा छनोट गरिने उहाँले बताउनुभयो ।

    यसैबीच, आइतबार झापाको कनकाई नगरपालिकामा ट्राफिक शिक्षक कार्यक्रम अन्तरगत नगरभरिका शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ । कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले सवारी दुर्घटना न्यूनीकरणमा यस्ता कार्यक्रमले सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

    तालिमबाट सिकेको कुरालाई विद्यार्थीहरुलाई जानकारी गराउन उहाँले सहभागीलाई आग्रह गर्दै भन्नुभयो, “हामीले आफूले जानेर मात्र हुँदैन सिकेको कुरालाई अरुसम्म पु¥याउन जरुरी हुन्छ ।” दुर्घटनाका कारण अकालमा ज्यान गुमाउर्नुे अवस्थाका अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिनुहुँदै उहाँले आवश्यकताका आधारमा नगरपालिकाले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिबृद्धिका लागि थप कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    सहभागीलाई प्रशिक्षण दिनुहुँदै झापा ट्राफिक प्रमुख पौडेलले तीव्र गति र ओभरटेक सवारी दुर्घटनाको प्रमुख कारण बन्दै गएको बताउनुभयो । ट्राफिक लाइट, सवारीको गति अनुसार हुने जनधनको क्षति, सवारी चालक अनुमति पत्र लिने व्यवस्था, खारेजीको अवस्था, दण्ड तथा सजायको विद्यमान ऐन–कानून, चालक र पैदल यात्रीले अपनाउनुपर्ने सावधानी लगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले सरकारले सन् २०३० सम्म सवारी दुर्घटनाबाट हुने क्षति ५० प्रतिशत न्यूनीकरण र सन् २०५० सम्ममा शून्यमा झार्ने सरकारको लक्ष्य राखेको बताउनुहुँदै सो लक्ष्य प्राप्तिमा तालिमले सहयोग मिल्ने बताउनुभयो । “सवारी दुर्घटना न्यूनीकरण गर्ने हामी सबैको जिम्मेवारी हो”, उहाँले भन्नुभयो, “विद्यालय तहमै गएर तालिम दिन आवश्यक छ ।”

    नगरका सामुदायिक तथा निजी विद्यालयका ४१ जना शिक्षक सहभागी कार्यक्रमको सहजीकरण नगरपालिकाकी योजना शाखा प्रमुख जमुना कटुवालले गर्नुभएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.