Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
    कनकाई नगरपालिका

    प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन १९, सोमबार २३:१७ गते2 Mins Read

    कनकाई खबर / प्रथम कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा परेको छ ।

    आइतबार विराटनगरमा भएको फाइनल खेलमा पाँचथरलाई ३/० को गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । प्रथम कोशी खेलकुद महोत्सव २०८१ अन्तर्गत भएको प्रतियोगितामा झापाले उपाधिसँगै १ लाख रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेको छ भने उपविजेता पाँचथरले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

    प्रतियोगिताका लागि सहभागी टिममा कनकाई नगरपालिकाका नौ जना खेलाडी सहभागी थिए । प्रतियोगितामा कनकाईकी जेनिफर मगर प्लेयर अफ द टुर्नामेन्ट र हाइ स्कोरर घोषित हुँदै २० हजार साथै १५ हजार रुपैयाँ प्राप्त गरिन् ।

    त्यस्तै, कनकाईकी सिम्रन राई बेस्ट मिड फिल्डर, बेस्ट डिफेन्स नेहा चौधरी, वेस्ट गोलकिपर सुशीला चौधरी, बेस्ट फर्वाड पूर्णिमा राई, प्लेयर अफ द म्याच मनिता तुम्रोक घोषित हुँदै जनही १० हजार रुपैयाँ पाएका छन् ।

    प्रतियोगितामा वेस्ट कोचका रुपमा झापा कनकाईका सन्त रायमाझी घोषित भएका छन् । रायमाझीले कनकाई नगरको खेलकुद राजदुत र कोच नियुक्त भएसँगै कनकाई नगरपालिकाका महिला खेलाडीले विभिन्न प्रतियोगितामा उपाधि हात पार्नुका साथै दर्बिलो उपस्थिति जनाउँदै आएका छन् ।

    विजेता टिम र खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उपाधि प्रदान गरेका थिए । झापाली टिमलाई हौसला प्रदान गर्न कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई वडा नं.४का वडाअध्यक्ष रोशन सुवेदी, कनकाई नगरका खेलकुद राजदुत सन्त रायमाझी, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना, उपाध्यक्ष गोविन्द उप्रेती, कनकाई खेलकुद प्रतिष्ठानकी पुर्व उपाध्यक्ष अम्बिका खरेल, कनकाई नगरपालिकाका कर्मचारी विजय पाठक लगायतको टिम विराटनगर पुगेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.