Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्यारागनले गर्यो विद्यार्थी केन्द्रित अभिभावक अभिमुखीकरण कार्यक्रम
    कनकाई नगरपालिका

    प्यारागनले गर्यो विद्यार्थी केन्द्रित अभिभावक अभिमुखीकरण कार्यक्रम

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन १७, शनिबार २२:०५ गते2 Mins Read

    कनकाई खबर / कनकाई ३ सुरुङ्गास्थित प्यारागन एकाडेमीले विद्यार्थी केन्द्रित अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
    स्थानीय सुरुङ्गा जेसीजको सभाहलमा भएको कार्यक्रममा प्यारागन एकाडेमीका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चम्पा खनाल सुवेदीको अध्यक्षता एवं कनकाई नगरपालिका वार्ड नं। ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईंको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल दीपक भट्टराईले विद्यालयको वर्तमान अवस्था र भावी लक्ष्यका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कक्षा ११ सम्म अध्यापन हुने विद्यालयमा हाल ७१० विद्यार्थी अध्ययनरत छन् भने ५५ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । विद्यार्थीकेन्द्रित शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई विद्यालयले मूलमन्त्र बनाएर अघि बढिरहेको प्रिन्सिपल भट्टराईको भनाइ थियोे ।

    विद्यालयले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कनकाई नगरमा संस्थागत विद्यालयतर्फ प्रथम स्थान हासिल गर्न सफल भएको थियोे ।

    कार्यक्रममा नेपाल जेसीजका युवा उत्प्रेरक एवम् राष्ट्रिय प्रशिक्षक सेवक बजगाईंले अभिभावकका काम, कर्तव्य र भूमिकासम्बन्धि सहजीकरण गरेका थिए । युवा प्रशिक्षक बजगाईंले आफ्ना नानीबाबुलाई विद्यालय पठाएर मात्रै अभिभावकले आफ्नो कर्तव्य पुरा नहुने बताए ।
    कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष भरत शिवाकोटीले अभिभावकलाई विद्यालयप्रति अपनत्व ग्रहण गर्न अनुरोध गरेका थिए । युनिक बहुमुखी क्याम्पस सुरुङ्गाका अध्यक्ष एवं पत्रकार तीर्थराज खरेल , कनकाई नगरपालिका वार्ड नं। ३ का वार्ड सदस्य अनिल गोयल, विद्यालयका एकाडेमिक कोओर्डिनेटर सी।एन। भण्डारी लगायतको उपस्थिति रहेको कार्यक्रममा साङ्गीतिक प्रस्तुति पनि राखिएको थियोे ।
    कार्यक्रममा विद्यार्थीद्वारा सन्देशमूलक “अमृत वचन“ नाटक प्रस्तुत गरिएको थियोे ।

    विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक जानम भण्डारीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.