Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नगर क्षेत्रका सामुदायिक विद्यालयका प्रअहरुलाई विद्यालय नछोड्न शिक्षा शाखाको निर्देशन
    कनकाई नगरपालिका

    नगर क्षेत्रका सामुदायिक विद्यालयका प्रअहरुलाई विद्यालय नछोड्न शिक्षा शाखाको निर्देशन

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन १५, बिहीबार २२:१३ गते2 Mins Read

    कनकाई खबर/ कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले नगरभित्रका विद्यालयका प्रधानाध्यापकहरूलाई विद्यालय समयमा विद्यालयको हाता बाहिर नजान निर्देशन दिएको छ ।

    विद्यालय सञ्चालनको समयमा विभिन्न कारण देखाई प्रधानाध्यापकहरू विद्यालयबाहिर रहँदा पठनपाठन प्रभावित हुने गरेको र विद्यालयमा गरिने अत्यावश्यक कामहरू पनि प्रअको अनुपस्थितिमा ढिला हुने भएपछि विद्यालयको जिम्मेवारी सम्हालेका प्रधानाध्यापकहरुलाई शिक्षा शाखाले निर्देशन दिएको हो । शिक्षा शाखाले अत्यावश्यक बाहेक शिक्षक र कर्मचारीहरूलाई पनि विदामा नबस्न निर्देशनसहित अनुरोध गरेको छ ।

    शैक्षिक सत्र २०८१ का विद्यालय तहका विभिन्न कक्षाहरूको वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भइसकेको र कनकाई नगरस्तरीय आधारभूत तह (कक्षा ५ र ८) उत्तीर्ण परीक्षा चैत ८ गतेदेखि सञ्चालन गर्ने तयारी भएको हुँदा अन्तिम परीक्षाको तयारी सम्बन्धमा शाखाले सबै विद्यालयहरूलाई निर्देशन दिएको हो ।

    शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत राजकुमार ओडारीले पाठ्यक्रमले निर्धारण गरेका सबै कक्षाको पाठ्यवस्तुको पठनपाठनको अवस्था विश्लेषण गरी निर्धारित पाठ्यवस्तु २०८१ को फागुन मसान्तभित्र सम्पन्न गरी विशिष्टीकरण तालिका अनुसार विद्यार्थीहरूलाई परीक्षाको अन्तिम तयारी गराउन र विद्यालयहरूमा वार्षिक परीक्षाअघि अध्ययन अध्यापन बाहेकका खेलकुद, अतिरिक्त लगायत अन्य कुनै पनि क्रियाकलापहरू नगराउन लिखित निर्देशन दिएका छन् । विद्यालय परिसरमा नगरपालिका कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखाको अनुमतिबिना कुनै सङ्घ, संस्थाका कार्यक्रमहरू समेत गर्न नदिन विद्यालयहरूलाई पत्राचार गरेको बताइएको छ ।

    कनकाई नगरमा सामुदायिक÷सरकारी १४ वटा विद्यालय रहेका छन् । नगर शिक्षा, युवा तथा खेलकुद शाखा नगरका विद्यालयको पठनपाठनलाई थप व्यवस्थित बनाउन र शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न उपाय र रणनीति अवलम्बन गरिरहेको देखिन्छ । हालै शिक्षा शाखाको संयोजन र आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा नगर स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न गरिएका छन् भने आगामी वैशाख महिनामा अन्तर विद्यालय वृहत् गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिने बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.