Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईस्थित स्थानीय स्काउट कार्यालयबाट प्रादेशिक ज्याम्बोरेटका बिजेतालाई सम्मान
    कनकाई नगरपालिका

    कनकाईस्थित स्थानीय स्काउट कार्यालयबाट प्रादेशिक ज्याम्बोरेटका बिजेतालाई सम्मान

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन १३, मंगलवार २१:३३ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकास्थित स्थानीय स्काउट कार्यालयले चौथो प्रादेशिक ज्याम्बोरेटमा कनकाईबाट सहभागी भई विभिन्न विधामा विजेता बनेका स्काउटरहरुलाई सम्मान गरेको छ ।

    नेपाल स्काउट कोशी प्रदेश समितिको आयोजनामा मोरङको विराटनगरस्थित डिग्री क्याम्पसमा गत माघ २५ देखी २८ गते सम्म भएको स्काउटको चौथो प्रादेशिक ज्याबोरेट कार्यक्रममा कनकाई नगरपालिकाबाट सहभागी भई प्रतियोगितातात्मक विभिन्न विधामा पुरस्कृत हुनेहरुलाई कनकाईमा सम्मान गरिएको हो ।

    सिनियर स्थानीय स्काउट राधा केसीको अध्यक्षतामा कनकाई ३ सुरुङ्गास्थित ग्लोबल एडुकेयर एकाडेमी परिसरमा सम्पन्न सम्मान कार्यक्रममा स्थानीय स्काउट परिषदका संरक्षक समेत रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य एवं स्थानीय स्काउट परिषद अध्यक्ष समेत रहेकी कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको विशेष आतिथ्य रहेको थियो ।

    चार दिनसम्म चलेको ज्याम्बोरेटमा कोशी प्रदेशका ७० भन्दा बढी स्थानीय तहका स्काउट तथा स्काउटरहरू र अन्य ६ वटा प्रदेशबाट प्रतिनिधिमूलक करिब ३ हजार स्काउटरहरू सहभागी बनेका थिए । जसमध्ये कनकाईबाट जानकी आधारभुत विद्यालयका स्काउट शिक्षक समेत रहेका नारायण योगीको नेतृत्वमा १५ जना शिक्षक र १४९ विद्यार्थीहरुको सहभागीता रहेको बताइएको छ ।

    ज्याम्बोरेटमा विभिन्न साहसिक, मनोरञ्जनात्मक, बौद्धिक, आध्यात्मिक लगायतका क्रियाकलापहरू सञ्चालन भएको सम्मान कार्यक्रमका संयोजक समेत रहेका नारायण योगीले जानकारी दिए । यसैबीच विभिन्न विधामा उत्कृष्ट भएका प्रतियोगी तथा स्थानीय तहलाई पुरस्कृत समेत गरिएको बताइएको छ । प्रतियोगितात्मक विभिन्न विधाहरु मध्ये कनकाई नगरपालिकाको तर्फबाट नृत्यमा प्रथम र चित्रकलामा दोस्रो स्थान साथै मार्चपासमा सान्त्वना स्थान प्राप्त भएको बताइएको छ ।

    सम्मान कार्यक्रममा नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक पोखरेल , नगर उपप्रमुख तथा स्थानीय स्काउट अध्यक्ष शिवाकोटी, स्काउटका प्रदेश शुसासन तथा श्रोत व्यवस्थापन प्रमुख समर्पण खतिवडा, कनकाई नगर प्याब्सन अध्यक्ष विनोद उप्रेती, जानकी आधारभुत विद्यालयकी प्रधानाध्यापक इन्दिरा पाठक , सरस्वती माविका प्रधानाध्यापक नारायण अधिकारी , भृकुटी माविका प्रधानाध्यापक चण्डीका उपाध्याय , ज्ञानमाला एकाडेमीका संचालक गोपाल संग्रौला, ग्लोबल एडुकेयरका संस्थापक विशाल तामाङ लगायतले मेडल, ट्रफी र प्रमाणपत्र सहित सम्मान गरेका हुन ।

    कार्यक्रममा ज्याम्बोरेटबाट नगरले प्राप्त गरेको प्रमाण पत्र र ट्रफी नगरप्रमुख तथा स्काउट संरक्षक पोखरेललाई हस्तान्तरण गरिएको थियोे । त्यस्तै कनकाई नगरबाट स्काउटर नारायण योगीको संयोजनमा ज्याबोरेटमा सहभागी भएका १५ जना स्काउट शिक्षकलाई सम्मान गर्नुका साथै १२ विद्यालयका सहभागी १४९ जना स्काउटका विद्यार्थीलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियोे ।

    कार्यक्रमको स्वागत सहित औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक नारायण योगीले ज्याम्बोरेटमा सहभागी भई पुरस्कार बिजेता बनी नगरको शान उच्च बनाएकोमा सहभागीलाई सम्मान कार्यक्रम आयोजना गरिएको बताए । उनले प्रादेशिक ज्याम्बोरेटमा सहभागी हुनका लागि कनकाई नगरपालिकाबाट भएको आर्थिक लगायत व्यवस्थापनमा भएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा समेत थप सहयोगको निरन्तरताको लागि अनुरोध गरे ।

    कार्यक्रममा संबोधन गर्दै प्रमुख अतिथि पोखरेलले स्काउटले अनुशासन र एकताको पाठ सिकाउने भएकाले अबको समयमा समाजलाई सहि बाटोमा डोर्याउनका लागि हरेक विद्यालयमा स्काउट शिक्षा अनिवार्य रहेको बताए । नगर प्रमुख पोखरेलले आगामी बर्षबाट कनकाईमा स्काउटको थप विकासका लागि बजेटबाटै सम्बोधन गरिने प्रतिबद्धता जनाएका छन् । स्काउट शिक्षक मोहन थापाले संचालन गरेको औपचारिक कार्यक्रमका अवसरमा ज्याम्बोरेटमा प्रथम भएको नृत्य समेत प्रस्तुत गरिएको थियोे ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.