Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रजापति सामुदायिक वनको ३९औं साधारण सभा सम्पन्न, गरिबी न्युनीकरण र रोजगारी सिर्जनामा जोड

    २०८२ कार्तिक १, शनिबार ०६:४७ गते

    पालिकाहरुले करारका कर्मचारीलाई सेवाबाट हटाउँदै, बिर्तामोडले हटायो १८ जना

    २०८२ आश्विन ३१, शुक्रबार १९:४८ गते

    कनकाई खबर आठौं वर्षमा प्रवेश

    २०८२ आश्विन २४, शुक्रबार १३:४८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई कपको उपाधि भद्रपुरको पोल्टामा
    कनकाई नगरपालिका

    कनकाई कपको उपाधि भद्रपुरको पोल्टामा

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन ७, बुधबार २३:०१ गते3 Mins Read

    कनकाई खबर \ कनकाई खेलकुद प्रतिष्ठानको आयोजना एवं कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सुरुङ्गामा सम्पन्न झापा जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले हात पारेको छ ।

    कनकाई माविको खेल मैदानमा भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिका बीच भएको प्रतिस्पर्धामा ३ ̶ १ गोलको अन्तरले भद्रपुर नगरपालिकाले उपाधि चुमेको हो । उपाधिसँगै भद्रपुर नगरपालिकाले नगद १ लाख १५ हजार , ट्रफी र मेडल हात पारेको छ भने उपविजेता बनेको गौरीगञ्ज गाउँपालिकाले नगद ६१ हजारमै चित्त बुझाउनु परेको छ ।

    भद्रपुरको जितको लागि खेलको पहिलो हाफको १०औ मिनटमा भद्रपुरका खेलाडी परदेशी टुडुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ५ औं मिनटमा भद्रपुरका खेलाडी सन्देश राईले गोल गर्दै भद्रपुरको अग्रता दोब्बर बनाएका थिए भने त्यसको लगतै खेलको दोस्रो हाफको १३आंै मिनटमा गौरीगञ्जका खेलाडी विनोद मर्डिले गोल गर्दै गोल अन्तर घटाएका थिए । खेलको ९०आंै मिनटमा भद्रपुरले पेनाल्टी एरियामा फल्ड पाएपछि पाएको पेनाल्टीलाई भद्रपुरका खेलाडी सन्देस राईले गोल गरेपछी ३–१ गोल अन्तरले गौरीगञ्जलाई हराउदै भद्रपुर बिजेता बनेको हो ।

    “खेल मार्फत राष्ट्रविकासको अभियान” भन्ने नाराका साथ माघ २५ गतेबाट सुरु भएको प्रतियोगिताको विभिन्न विधागत रुपमा समेत नगद पुरस्कारको व्यवस्था गरिएको थियो । जस अनुसार फाइनल खेलमा पहिलो गोल कर्ता भद्रपुरका खेलाडी परदेशी टुडु म्यान अफ द म्याच बन्दै नगद २ हजार एक सय प्राप्त गरे । त्यस्तै भद्रपुरकै खेलाडी आमोश टुडु बेस्ट किपर, भद्रपुरकै चन्द्र प्रधान बेस्ट डिफेन्डर र गौरीगञ्जका खेलाडी विनोद मर्डी बेस्ट मिडफिल्डर भए । उनीहरुले जनही ३ हजार एक सयका दरले नगद पुरस्कार पाए ।

    यससँगै खेलमा सर्वाधिक ५ गोल गरेका भद्रपुरका खेलाडी सन्देश राईले नगद ३ हजार एक सय पाए भने भद्रपुरकै खेलाडी रोहन सुब्बाले म्यान अफ द सिरिज बन्दै नगद ५ हजार १ सय पुरस्कार प्राप्त गरे । विजेता तथा उपविजेता टिमलाई कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने (कुवँर ), कनकाई वडा नं. ३ का वडा अध्यक्ष युवराज चम्लागाईं , आयोजक संस्थाका अध्यक्ष छवि थपलिया , खेल संयोजक भुवन खतिवडा साथै विधागत पुरस्कारका स्पोन्सरहरुले पुरस्कार प्रदान थिए ।

    प्रतिष्ठानका अध्यक्ष छबि थपलियाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि संघिय संसद लालप्रसाद लिम्बू (एलपी साँवा ) , विशिष्ट अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले शुभकामना मन्तव्य राखेको औपचारिक कार्यक्रममा खेल संयोजक भुवन खतिवडाले स्वागत गरेका थिए । प्रजातन्त्र दिवसको समेत अवसरमा सम्पन्न कार्यक्रममा स्थानीय लोकप्रिय कलाकार सन्तोष रायमाझीले गायन प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामप्रसाद निरौलाले गरेका थिए ।

    प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको थियो भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो फार्मेसीबाट संचालक सरोज ठाकुरले गरेको खेल संयोजक भुवन खतिवडाले जानकारी दिए ।
    यस अघि भद्रपुर नगरपालिकाले कनकाई नगरपालिकालाई पछि पार्दै फाइनलको यात्रा तय गरेको थियो भने गौरीगन्जले झापा गाउँपालिकालाई पछि पारेको थियो । प्रतियोगितामा झापा जिल्लाका १२पालिकाको सहभागिता रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    प्रजापति सामुदायिक वनको ३९औं साधारण सभा सम्पन्न, गरिबी न्युनीकरण र रोजगारी सिर्जनामा जोड

    २०८२ कार्तिक १, शनिबार ०६:४७ गते

    पालिकाहरुले करारका कर्मचारीलाई सेवाबाट हटाउँदै, बिर्तामोडले हटायो १८ जना

    २०८२ आश्विन ३१, शुक्रबार १९:४८ गते

    कनकाई खबर आठौं वर्षमा प्रवेश

    २०८२ आश्विन २४, शुक्रबार १३:४८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    प्रजापति सामुदायिक वनको ३९औं साधारण सभा सम्पन्न, गरिबी न्युनीकरण र रोजगारी सिर्जनामा जोड

    २०८२ कार्तिक १, शनिबार ०६:४७ गते

    पालिकाहरुले करारका कर्मचारीलाई सेवाबाट हटाउँदै, बिर्तामोडले हटायो १८ जना

    २०८२ आश्विन ३१, शुक्रबार १९:४८ गते

    कनकाई खबर आठौं वर्षमा प्रवेश

    २०८२ आश्विन २४, शुक्रबार १३:४८ गते

    प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

    २०८२ आश्विन २२, बुधबार २२:०६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.