Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई कपको उपाधि भद्रपुरको पोल्टामा
    कनकाई नगरपालिका

    कनकाई कपको उपाधि भद्रपुरको पोल्टामा

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन ७, बुधबार २३:०१ गते3 Mins Read

    कनकाई खबर \ कनकाई खेलकुद प्रतिष्ठानको आयोजना एवं कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सुरुङ्गामा सम्पन्न झापा जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले हात पारेको छ ।

    कनकाई माविको खेल मैदानमा भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिका बीच भएको प्रतिस्पर्धामा ३ ̶ १ गोलको अन्तरले भद्रपुर नगरपालिकाले उपाधि चुमेको हो । उपाधिसँगै भद्रपुर नगरपालिकाले नगद १ लाख १५ हजार , ट्रफी र मेडल हात पारेको छ भने उपविजेता बनेको गौरीगञ्ज गाउँपालिकाले नगद ६१ हजारमै चित्त बुझाउनु परेको छ ।

    भद्रपुरको जितको लागि खेलको पहिलो हाफको १०औ मिनटमा भद्रपुरका खेलाडी परदेशी टुडुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ५ औं मिनटमा भद्रपुरका खेलाडी सन्देश राईले गोल गर्दै भद्रपुरको अग्रता दोब्बर बनाएका थिए भने त्यसको लगतै खेलको दोस्रो हाफको १३आंै मिनटमा गौरीगञ्जका खेलाडी विनोद मर्डिले गोल गर्दै गोल अन्तर घटाएका थिए । खेलको ९०आंै मिनटमा भद्रपुरले पेनाल्टी एरियामा फल्ड पाएपछि पाएको पेनाल्टीलाई भद्रपुरका खेलाडी सन्देस राईले गोल गरेपछी ३–१ गोल अन्तरले गौरीगञ्जलाई हराउदै भद्रपुर बिजेता बनेको हो ।

    “खेल मार्फत राष्ट्रविकासको अभियान” भन्ने नाराका साथ माघ २५ गतेबाट सुरु भएको प्रतियोगिताको विभिन्न विधागत रुपमा समेत नगद पुरस्कारको व्यवस्था गरिएको थियो । जस अनुसार फाइनल खेलमा पहिलो गोल कर्ता भद्रपुरका खेलाडी परदेशी टुडु म्यान अफ द म्याच बन्दै नगद २ हजार एक सय प्राप्त गरे । त्यस्तै भद्रपुरकै खेलाडी आमोश टुडु बेस्ट किपर, भद्रपुरकै चन्द्र प्रधान बेस्ट डिफेन्डर र गौरीगञ्जका खेलाडी विनोद मर्डी बेस्ट मिडफिल्डर भए । उनीहरुले जनही ३ हजार एक सयका दरले नगद पुरस्कार पाए ।

    यससँगै खेलमा सर्वाधिक ५ गोल गरेका भद्रपुरका खेलाडी सन्देश राईले नगद ३ हजार एक सय पाए भने भद्रपुरकै खेलाडी रोहन सुब्बाले म्यान अफ द सिरिज बन्दै नगद ५ हजार १ सय पुरस्कार प्राप्त गरे । विजेता तथा उपविजेता टिमलाई कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने (कुवँर ), कनकाई वडा नं. ३ का वडा अध्यक्ष युवराज चम्लागाईं , आयोजक संस्थाका अध्यक्ष छवि थपलिया , खेल संयोजक भुवन खतिवडा साथै विधागत पुरस्कारका स्पोन्सरहरुले पुरस्कार प्रदान थिए ।

    प्रतिष्ठानका अध्यक्ष छबि थपलियाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि संघिय संसद लालप्रसाद लिम्बू (एलपी साँवा ) , विशिष्ट अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले शुभकामना मन्तव्य राखेको औपचारिक कार्यक्रममा खेल संयोजक भुवन खतिवडाले स्वागत गरेका थिए । प्रजातन्त्र दिवसको समेत अवसरमा सम्पन्न कार्यक्रममा स्थानीय लोकप्रिय कलाकार सन्तोष रायमाझीले गायन प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामप्रसाद निरौलाले गरेका थिए ।

    प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको थियो भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो फार्मेसीबाट संचालक सरोज ठाकुरले गरेको खेल संयोजक भुवन खतिवडाले जानकारी दिए ।
    यस अघि भद्रपुर नगरपालिकाले कनकाई नगरपालिकालाई पछि पार्दै फाइनलको यात्रा तय गरेको थियो भने गौरीगन्जले झापा गाउँपालिकालाई पछि पारेको थियो । प्रतियोगितामा झापा जिल्लाका १२पालिकाको सहभागिता रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.