कनकाई खबर \ कनकाई खेलकुद प्रतिष्ठानको आयोजना एवं कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सुरुङ्गामा जारी सातौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधिका लागि आज बुधबार भद्रपुर र गौरीगञ्ज बीच प्रतिस्पर्धा हुने भएको छ ।
कनकाई माविको खेल मैदानमा आइतबार सम्पन्न कनकाई र भद्रपुर नगरपालिका बिचको दोस्रो सेमिफाईनल खेलमा पेनाल्टी सुटआउटबाट कनकाईलाई पछि पार्दै भद्रपुरले फाईनलको यात्रा तय गरेको हो । प्रजातन्त्र दिवसको समेत अवसर पारेर सम्पन्न हुन लागेको प्रतियोगिताको समापन विशेष समारोह संघीय सांसद एल.पी. साँवा लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न हुने बताइएको छ ।
प्रतियोगितामा झापा जिल्लाका १२ पालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया साथै दुबै टिमले ट्रफी , मेडल र प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिए । “खेल मार्फत राष्ट्रविकासको अभियान” भन्ने नाराका साथ माघ २५ गतेबाट सुरु भएको प्रतियोगिताको विभिन्न विधागत रुपमा समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट भइरहेको आयोजक समितिका उपाध्यक्ष तथा खेल संयोजक भुवन खतिवडाले जानकारी दिए ।