Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विभिन्न कार्यक्रम सहित सरस्वती माविको ६२ औं वार्षिकोत्सव सम्पन्न
    कनकाई नगरपालिका

    विभिन्न कार्यक्रम सहित सरस्वती माविको ६२ औं वार्षिकोत्सव सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन ६, मंगलवार २१:५७ गते2 Mins Read

    सूर्यप्रसाद अधिकारी,

    कनकाई खबर \ झापाको कनकाई २ जामुनबारीस्थित श्री सरस्वती माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सवको समापन समारोह भव्यताका साथ सम्पन्न भएको छ ।

    यहि फाल्गुण ३ गतेबाट सुचारू भएको वार्षिकोत्सव फागुन ६ गते मङ्गलबार एक समारोहका बीच सम्पन्न भएको हो । तीन दिन खेलकुद तथा चौथो दिन समापन गरिएको कार्यक्रमको अवसरमा विभिन्न विद्यार्थीहरूलाई अक्षयकोषको छात्रवृत्तिको रकम प्रदान गरिएको थियो भने अक्षयकोश दाता पूर्व शिक्षक एवं समाजसेवी व्यक्तित्व शान्तिराम रिजाललाई सम्मानसमेत गरिएको थियो।

    कार्यक्रममा स्काउट शिक्षकद्वय विष्णुकान्त न्यौपाने र लक्ष्मी नेपाललाई विद्यालयमा स्थापना भएको स्काउटको क्षेत्रमा पु¥याएको योगदानस्वरूप प्रशंसापत्रद्वारा प्रशंसित गरिएको थियो भने विद्यालयकै नृत्य शिक्षक कञ्चन अधिकारीलाईसमेत सो अवसरमा प्रशंसापत्रले सम्मान गरिएको थियो ।
    प्रत्येक वर्ष प्रदान गरिने नगद सहितको उत्कृष्ट शिक्षा पुरस्कारमा २०७९ का लागि उत्कृष्ट शिक्षकका रुपमा पूजन खड्कालाई सम्मान गरिएको थियो भने २०८० का लागि उत्कृष्ट शिक्षकका रूपमा सुवास शिवाकोटीलाई सम्मान प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद खनालको अध्यक्षमा सञ्चालित सो कार्यक्रम कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । ।


    मन्तव्यका क्रममा नगरप्रमुख पोखरेलले श्री सरस्वती माध्यमिक विद्यालयले वर्तमान समयमा शिक्षा क्षेत्रप्रति देखाएको नवीन प्राविधिक चासो र तदारुकताको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि सरस्वती माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा थप फड्को मार्ने धारणा राखेका थिए ।
    कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नगर उपप्रमुख आशा शिवाकोटी, विशेष अतिथि कनकाई नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष बलराम राई तथा कनकाई नगरपालिका वडा नम्बर १ का वडा सदस्य दलबहादुर थापा तथा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख राजकुमार ओडारी लगायतको आतिथ्य रहेको थियो ।

    विभिन्न अतिथि समुपस्थित उक्त समापन समारोहमा खेलकुदमा विभिन्न स्थान प्राप्त गर्ने विद्यार्थीहरू पुरस्कृत हुनुका साथै विद्यार्थीहरूबाट विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो । प्रधानाध्यापक नारायणप्रसाद अधिकारीबाट विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रममा स्वागत मन्तव्य कक्षा १०मा अध्ययनरत छात्र आयुषा पौडेलले राखेकी थिइन् । कार्यक्रमलाई विद्यालयका सहायक प्रधानाध्यापक निर्मलकुमार खनाल, प्राथमिक तह इन्चार्ज मित्रजङ्ग कार्की र शिक्षक होमनाथ रिजालले सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.