Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिता : कनकाई नगरपालिका बन्यो च्याम्पियन
    कनकाई नगरपालिका

    प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिता : कनकाई नगरपालिका बन्यो च्याम्पियन

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन ५, सोमबार २२:४२ गते2 Mins Read

    बिर्तामोड \  बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ ।

    बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकाई अन्तरपालिका महिला फुटबलको च्याम्पियन बनेको हो ।

    कनकाईको जितमा सिम्रन राई र पूर्णिमा राईले गोल गरेका हुन् । पहिलो हाफको ७ मिनेटमै कनकाईकी सिम्रन राईले गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप दुई गोल भएको थियो ।

    खेलको ५३औँ मिनेटमा कनकाईकी पूर्णिमा राईले गोल गर्दै अग्रता दोब्बर बनाइन् । यसैगरी, सिम्रन राईले ६०औँ मिनेटमा व्यक्तिगत दुई गोल तथा टिमका लागि तेस्रो गोल गरेकी हुन् ।

    फाइनल खेलमा एक गोल गरेकी कनकाईकी पूर्णिमा राई प्लेयर अफ द म्याच बन्दै नगद ५ हजार पाउन सफल भइन् । यस्तै, कनकाईकी सुशिला चौधरी बेस्ट किपर, कप्तान खुस्मा राई बेस्ट डिफेन्डर र बेस्ट मिडफिल्डर सिम्रन राई भइन् । उनीहरुले जनही ७ हजार रुपैयाँ पाए ।

    यसैगरी अर्जुनधाराकी जेनिफर राना मगर सर्वोत्कृष्ट खेलाडी बन्दै नगद १५ हजार पाउन सफल भइन् । यससँगै खेलमा सर्वाधिक १० गोल गरेकी जेनिफरले थप ७ हजार र खेलप्रेमीबाट २ हजार ५ सय नगदसहित ट्रफी पाइन् । उनले एप्पल वाच पनि पुरस्कार पाइन् ।

    यस्तै, अर्जुनधाराकी कुसुम खतिवडाले बेस्ट फरवार्डको उपाधिसहित नगद ७ हजार पाइन् । उपविजेता बनेको अर्जुनधारा नगरपालिकाले ट्रफीसहित १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ ।

    च्याम्पियन बनेको कनकाई नगरपालिकाले उपाधिसहित ३ लाख रुपैयाँ पाएको छ । विजेता तथा उपविजेता टिमलाई बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देन, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेल, बिर्तामोडका नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.