Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गापालाई पछि पार्दै गौरिगञ्ज कनकाई कपको फाईनलमा प्रवेश
    कनकाई नगरपालिका

    झापा गापालाई पछि पार्दै गौरिगञ्ज कनकाई कपको फाईनलमा प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन ३, शनिबार २२:५९ गते3 Mins Read


    कनकाई खबर \ कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सुरुङ्गामा जारी सातौं जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगितामा झापा गाउँपालिकालाई पछि पार्दै गौरिगञ्जले आफ्नो फाईनल सम्मको उडानमा सफल अवतरण गरेको छ ।

    शनिबार भएको झापा गाउँपालिका र गौरिगञ्ज गाउँपालिका बिचको पहिलो सेमिफाईनल खेलमा झापालाई ३–१ गोल अन्तरले हराउँदै गौरिगञ्ज फाईनलमा प्रवेश गरेको हो ।

     खेलको पहिलो हाफको १५ औं मिनटमा गौरिगञ्जका खेलाडी सनम मादेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको १५ मिनटमै गोल खाएर दवावमा रहेको झापाले पहिलो हाफकै २५ औ मिनटमा गोल गरेको थियो । झापाको लागि किरण लिम्बूले गोल गर्दै बराबरी गरेका थिए ।

    खेलको पहिलो हाफको अन्तिम समय ४० औं मिनटमा पुनः गौरिगञ्जका खेलाडी सनम मादेनले ब्यक्ति गत साथै टिमकोलागि समेत दोस्रो गोल गर्दै झापा संग २–१ को अग्रता दिलाए ।

    पहिलो हाफमा २–१ को स्कोर रहेको खेलको दोस्रो हाफको १५ औं मिनटमा गौरिगञ्जका खेलाडी निशान्त राजवंशीले गोल गर्दै टिमलाई ३–१ गोल अन्तरले अगाडि बढाए । त्यस पछि खेलको निर्धारित समयमा दुबै तर्फ बाट थप गोल हुन नसक्दा गौरिगञ्ज बिजयी हुदै फाईनलमा प्रवेश गरेको हो ।

     अब फाइनलमा गौरिगञ्जको भेट कनकाई नगरपालिका र भद्रपुर नगरपालिका बिच आईतवार हुने दोस्रो सेमिफाइनल खेलको बिजेतासँग हुने छ ।

     शनिबारको खेलको म्यान अफ द म्याच बिजयी टिमका खेलाडी विनोद मर्डी घोषित भए । उनले मेडल सहित नगद २ हजार  एकसय रुपयाँ प्राप्त गरे । उनलाई जेष्ठ नागरिक संघ कनकाई ३ का अध्यक्ष , कनकाई उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा कनकाई धाम धार्मिक विकास संस्थाका सदस्य समेत रहेका डिल्ली पाठकले नगद २ हजार एकसय प्रदान गरे ।

    This image has an empty alt attribute; its file name is 11-3.jpg

    कनकाई माविको खेलमैदानमा कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोगमा “खेल मार्फत राष्ट्रविकासको अभियान” भन्ने नाराका साथ माघ २५ गतेबाट सुरु भएको सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को फाईनल खेल फागुन ७ गते हुने आयोजक समितिका उपाध्यक्ष तथा खेल संयोजक भुवन खतिवडाले जानकारी दिएका छन ।

    प्रतियोगितामा जिल्लाका १२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया साथै दुबै टिमले ट्रफी , मेडल र प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले वताएका छन । अध्यक्ष थपलियाको अध्यक्षता रहेको शनिबारको खेलमा प्रमुख अतिथी झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया रहेकी थिइन । औपचारिक कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले गरेका थिए ।

      प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेको प्रतिष्ठानकी सहसचिव गीता खरेलले बताएकी छन ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.