Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई खबरका सम्पादक निरौला सहित विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै कनकाई माविको स्थापना दिवस तथा वार्षिकोत्सव सम्पन्न
    कनकाई खबर बिशेष

    कनकाई खबरका सम्पादक निरौला सहित विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै कनकाई माविको स्थापना दिवस तथा वार्षिकोत्सव सम्पन्न

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८१ फाल्गुन ३, शनिबार ०९:१५ गते4 Mins Read

    कनकाई \ झापाको कनकाई –३ सुरुङ्गास्थित कनकाई माविले ६७ औं स्थापना दिवस तथा ६६ औं वार्षिकोत्सवका अवसरमा कनकाई खबरका सम्पादक संचारकर्मी रामप्रसाद निरौला सहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

    संचारको माध्यमबाट विद्यालयको शैक्षिक उन्नयनमा पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै कनकाई नगरबाट प्रकाशन हुँदै आएको कनकाई खबर डटकम अनलाइन सहित कनकाई खबर साप्ताहिकका सम्पादक\प्रकाशक साथै अन्य विभिन्न संचार माध्यमको अनुभव प्राप्त पत्रकार निरौलालाई सम्मान गरेको बताइएको छ । विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहँदै नेपाल पत्रकार महासंघ कोशी प्रदेश परिषद सदस्य समेतको जिम्मेवारीमा रहेका कनकाई ७ निवासी पत्रकार निरौला बिगत १६ वर्षदेखी संचार क्षेत्रमा क्रियाशिल छन् ।

    विद्यालय परिसरमा तीन दिनसम्म विभिन्न विधाका कार्यक्रम संचालन गर्दै बिहीबारको विशेष कार्यक्रमका अवसरमा संचारकर्मी सहित विद्यालयका पुर्व प्रधानाध्यापक एवं वर्तमान कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तीलचन्द्र उप्रेती, वर्तमान सहायक प्रधानाध्यापक एवं कनकाई खबरका सल्लाहकार सम्पादक तीर्थराज खरेल समेत सम्मानित भएका हुन् ।

    कार्यक्रमकै अवसरमा सेवा निवृत्त शिक्षक गंगाराम खतिवडा, शिक्षकहरु चन्द्रविनोद कोइराला, बन्दना गुरागाईं, हेमन्तीका उप्रेती, लक्ष्मीकान्त कर्ण, गोपाल तामाङ, प्राथमिक शिक्षक जीवेन्द्र घिमिरे र युञ्छोक कन्दङ्वा र कर्मचारी राजु पाठकलाई समेत सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले जानकारी दिए।

    कार्यक्रममा विद्यालयमा अक्षयकोष स्थापना गरेर गुणस्तरीय शिक्षाका लागि सहयोग पुर्याउँने अक्षयकोष दातालाई समेत सम्मान गरिएको थियो भने उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत सहित विद्यालयमा स्थापित अक्षयकोषबाट उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
    सम्मानित एवं पुरस्कृत हुने सबैलाई कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य झापा क्षेत्र नं. ४ का सांसद लालप्रसाद साँवा (एलपी) तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईं, प्रधानाध्यपक कर्णवहादुर डाँगीले दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी संघीय सांसद साँवाले कनकाई माविको भौतिक र शैक्षिक उन्नतिका लागि आफ्नो तर्फबाट थप सहयोग गर्ने प्रतिवद्धता जनाए । कनकाई माविको वर्तमान शैक्षिक अवस्थाको प्रशंसा गर्दै सांसद साँवाले विद्यालयको थप सफलताको कामना गरे ।
    कार्यक्रममा विद्यालयको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईँले विद्यालयको भावी योजना सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै प्रधानाध्यापक कर्णबहादुर डाँगीले समेत विद्यालयको विगत , वर्तमान र भावी योजना सहित विविध पक्षलाई समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    प्रधानाध्यापक डाँँगीले आवश्यकीय कक्षा कोठाको अभावले बिहानी र दिवा सत्रमा विद्यालय सञ्चालन गर्नु परेको बाध्यता रहेको बताए । हाल कनकाई माविमा ८८ जना शिक्षक कर्मचारीले कार्य गरिरहेपनि सरकारबाट ५१ जना मात्रै दरबन्दी प्राप्त भएको भन्दै प्रधानाध्यापक डाँगीले विद्यालय सञ्चालनमा समस्या रहेको बताए । हाल विद्यालयमा २ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी गराउँदै प्रधानाध्यापक डाँगीले सरकारले आवश्यक दरबन्दी दिएको खण्डमा केहि बर्षभित्रै विद्यार्थीको संख्या बढेर ५ हजार सम्म पुग्न सक्ने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा कोशी प्रदेश सभाका पुर्व सदस्य तथा पूर्व मन्त्री हिराकुमार थापा, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवेन्द्रबहादुर मल्ल, नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, नगर शिक्षा समिति सदस्य नवलकिशोर दत्त, शिक्षक अभिभावक संघका अध्यक्ष खगमाया चापागाईं, सामाजिक व्यक्तित्व शेरबहादुर थापा, नेकपा एमाले कनकाई नगर अध्यक्ष गोकर्ण ओझा, विद्यालयका सल्लाहकार दुर्गाप्रसाद प्रसाईं, आदर्श विद्या मन्दिर मावि व्यवस्थापन समिति अध्यक्ष चन्द्रमोहन उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा विद्यार्थीले योगअभ्यासको सुर्य नमस्कार सहित डमेल प्रस्तुती साथै पिटी प्रदर्शनका साथमा स्काउटबाट सलामी अर्पण गरेका थिए । सोही अवसरमा विद्यार्थीहरुले विभिन्न जातजातीलाई समेटिएको भेषभुषा सहितको साँस्कृति प्रस्तुती, फेसन शो, नृत्य, नाटक प्रदर्शन लगायतका प्रस्तुति दिएका थिए ।

    कार्यक्रमकै अवसरमा विज्ञान शिक्षक बिमला अधिकारी, नर्स ऋतु सोडारी, स्वास्थ्य शिक्षक वन्दना गुरागाईं लगायतको नेतृत्वमा पोषण तथा स्वास्थ्य प्रदर्शनी गरिएको थियो । विद्यार्थीहरुद्वारा विभिन्न विज्ञान प्रदर्शनी तथा खाद्य स्टलहरु समेत राखिएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडाले स्वागत गरेका थिए । कार्यक्रमको उद्घाटनका अवसरमा विद्यालयका विद्यार्थीहरुबाटै स्वस्ती वाचन गरिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक तीर्थराज खरेल शिक्षकहरु भीमप्रसाद दाहाल, हेमन्तिका उप्रेती, सङ्गीता उप्रेती, टीकाराम चिमरियाले संयुक्त रुपमा विभिन्न विधाका कार्यक्रमहरु संचालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    सुरुङ्गामा गएराती भएको मोटरसाइकल दुर्घटनामा सिटौलाको निधन

    २०८२ कार्तिक २५, मंगलवार ०८:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.