Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आमाको आशिर्वाद बिनाको जन्म दिन
    कनकाई खबर बिशेष

    आमाको आशिर्वाद बिनाको जन्म दिन

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ फाल्गुन २, शुक्रबार २२:२३ गते3 Mins Read

    आमा…आज मेरो जन्म दिन !
    आज म जुन ठाउँमा उभिएको छु मेरी आमा नभएको भए म र मेरो संसार पनि यस्तो हुने थिएन । हो, यो भौतिक दुनियाँमा मेरी आमाले यो सांसरिक जीवनमा आफ्नो सन्तानका रुपमा यो धर्तिमा पाइला टेकाउँदा फागुन १ गतेको उज्यालो हुँदै गर्दाको बिहानीपखको त्यो सुनसान रातमा सायद आमा जस्तो खुसी अरु कोहि पनि थिएनन् होला ।

    रातभरीको प्रशव वेदनासँगै बिहानीपखको सुनसान तर मिरमिरे समयमा ‘च्याँ’ गरेर रोएको मेरो रोदन सुनेर हत्तार हत्तार मलाई छातीमा टाँसेर आफ्नो ममतामा बाँध्ने मेरी आमा, मेरो जीवनमा यो अवस्था सम्म सितल छहारी बन्दै अहिले अचानक मेरो जीवनलाई शुन्य बनाएर खै कता हो कता बिलिन हुनु भयो ।

    आज मेरो जन्मदिनमा आमाको काखको ठाउँमा, आमाको अशीर्वादको ठाउँमा शुन्यताको बीचमा आफ्नै आँसुले स्पर्श गरिरहेको छु । यता उता जहाँ जता खोजे पनि आमाबाट अदृष्य रुपमा आशिर्वाद प्राप्त भइरहेछ भन्ने महशुस गरिहेको छु ।

    यो समयलाई अत्यन्तै व्यस्त बनाउँदै भइरहेका दैनिक गतिविधिको सुक्ष्म मुल्याङकन गर्दा, आमाकै आशिर्वाद हरपल प्राप्त भइरहेछ झैं लाग्छ ।अहिलेको विशेष परिस्थितीमा सपनीमा आएर अदृष्य रुपमा सहि मार्ग निर्देश गरिरहनु हुने आमाको आशिर्वादकै परिणाम समय सन्तोषजनक भएको हो भन्ने कुराले विश्वास दिलाएको छ ।

    सन्तान जति नै ठूलो होस् आमा बावुको अगाडि सदैव सानै ठहरिँदो रहेछ । सायद त्यसैले त होला घरमा रहँदा हरपल “तेरो काम गर्…” भन्दै घरको अन्य काम गर्न नदिने अनि ल्यापटप खोलेर समाचारको काममा बस्दा चैं खुशी हुने र मेरो चिन्तामा सधैं डुबिरहने मेरी आमा, मेरो यो विशेष जन्म दिनमा पहिलो पटक अदृष्य भएर आशिर्वाद दिइरहनुभयो । सायद आमाकै आशिर्वाद अनि प्रेरणा हुन सक्छ मेरो पत्रकारितासँगैको सामाजिक जीवनले थप सफलता चुमेको महसुश भएको छ ।

    त्यसैले त भौतिक शरिर हामी माझ नभएपनि आमालाई सधैं सधैं स्मृत्तिका पानामा ताजा राख्न आमाकै उपस्थितीमा तीन वर्षअघि आमाबुबाकै नाम राखेर अक्षयकोष स्थापना गरी “हेमकला टिकाराम निरौला पत्रकारिता पुरस्कार” वितरण हुँदै आएको छ । आमाको स्मृत्तिलाई सधैं ताजा राख्ने धेरै अघिदेखिको चाहानालाई रोटरी क्लव अफ सुरुङ्गाले पूरा गर्ने अवसर दिएको छ ।

    कहिलेकाँही शारिरीक अनि मानसिक रुपमा थकान अनि निराश भएको अवस्थालाई अनुहार हेरेर सन्चो बिसन्चोको पहिचान गर्ने अनि सोधीखोजी गर्ने पहिलो व्यक्ति भनेको मात्र आमा नै हो भन्ने मेरो भोगाइले महशुस गर्यो । कहिलेकाँही काम विशेषले बेलुका घर आइपुग्न ढिला हुँदा ओछ्यानमा नगई घरको बाहिर बरण्डामा बसेर झ्यालबाट बाटोतिर आँखा टोलाइरहने मेरी आमाले छोराको मोटरसाइकलको आवाज भने परैबाट थाहा पाउनु भनेको आमासँग अदृश्य शक्ति छ भन्ने कुरा मैले राम्ररी बुझेको थिएँ । तर के गर्ने, विधिको विडम्बना भनौं या प्राकृतिक नियम सबैले मान्नै पर्ने…गत चैत्र १७ गते शनिवारको बिहानीसँगै चिरनिन्द्रामा पर्नुभएकी आमा अझै पनि बाहिर कतै हिँडदा घरमै हुनुहुन्छ होला भन्ने लाग्छ । यथार्थमा आमाको भौतिक शरिर हामी माझ नभएपनि उहाँँको आशिर्वादले हरपल सहि मार्ग निर्देश भइरहेको छ ।

    हो आमा, सन्तानलाई अदृष्य रुपमा आशिर्वाद प्राप्त भइरहेछ र भइरहने छ । आजको जन्म दिनमा समेत आमाबाट अदृश्य रुपमा आशिर्वाद प्राप्त भएकै कारण विशेष सम्मान सहितको यति धेरै आफन्तजन, इष्टमित्र, साथीसंगी, संघसंस्थाहरुबाट आशिर्वादसँगै शुभकामना प्राप्त भयो । यो भन्दा ठूलो सम्पत्ति अरु के पो छ र आमा । त्यसैले भौतिक शरिर हामीसामु नभएपनि संझना अनि माया सधै ताजा रहिरहने छ आमा ।जहाँ जस्तो अवस्थामा रहेपनि आत्माको चिरशान्तिको कामना गर्दछौं ।🙏🙏

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.