Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई कप २०८१ ःपेनाल्टी सुटआउटबाट हल्दिबारीलाई हराउँदै कनकाई सेमिफाईनलमा प्रवेश
    कनकाई नगरपालिका

    कनकाई कप २०८१ ःपेनाल्टी सुटआउटबाट हल्दिबारीलाई हराउँदै कनकाई सेमिफाईनलमा प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन २, शुक्रबार २१:५३ गते2 Mins Read



    कनकाई खबर \ झापाको कनकाईमा जारी सातौं संस्करणका रुपमा रहेको जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को सुक्रबारको आठौं दिनको खेलमा पेनाल्टी सुटआउटबाट हल्दिबारीलाई हराउँदै कनकाई सेमिफाइनलमा प्रवेश गरेको छ ।

    “खेल मार्फत राष्ट्रविकासको अभियान” भन्ने नारालाई आत्मासात गर्दै कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोग रहेको प्रतियोगितामा हल्दिबारीलाई पेनाल्टी सुटआउटमा ५—४ गोल अन्तरले पराजित गर्दै कनकाई सेमिफाईनलमा प्रवेश गरेको हो ।
    खेलको पहिलो हाफमा दुबै तर्फबाट गोल गर्ने धेरै अवसर पाए पनि ति अवसरहरुले जाली चुम्न सकेनन् । खेलको दोस्रो हाफ पनि उस्तै प्रतिस्पर्धात्मक देखिएको खेलमा ईन्जुरि समयमा कनकाईले पेनाल्टीको अवसर पाएको थियो तर उक्त अवसरलाई गोलमा परिणत गर्न नसकेपछि खेल बराबरीमा सकियो ।

    निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियोे । पेनाल्टी सुटआउटमा हल्दिबारीलाई ५–४ गोल अन्तरले हराउदै कनकाई सेमिफाइनलमा प्रवेश गरेको हो ।

    खेलको म्यान अफ द म्याच बिजयी टिम कनकाईका गोलकिपर विवेक वाग्ले घोषित भए । उनले मेडल सहित नगद २ हजार एक सय रुपयाँ प्राप्त गरे । म्यान अफ द म्याचको नगद पुरस्कार कनकाई वडा नं. २ का वडा सदस्य सुलभ भण्डारीले स्पोन्सर गरेको बताइएको छ ।
    प्रतियोगितामा अबको खेल सेमिफाइनलको चरणमा प्रवेश गरेको छ भने शनिबार पहिलो सेमिफाईनल खेल झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका बिच हुने र आईतवार दोस्रो सेमिफाइनल खेल कनकाई नगरपालिका र भद्रपुर नगरपालिका बिच हुने प्रतिष्ठानका कोषाध्यक्ष डम्बर फुयालले जानकारी दिए । शुक्रबारको खेलको प्रमुख अतिथि हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लङ्देन रहेका थिए ।

    माघ २५ गते शुक्रबारबाट सुरु भएको खेल फागुन ७ गते सम्पन्न हुनेछ भने खेलमा जिल्लाका १२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया साथै दुबै टिमले ट्रफी , मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष छवि थपलियाले जानकारी दिएका छन ।

    प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेको प्रतिष्ठानका सहसचिव ईश्वर सुवेदीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.