Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई कप ः पेनाल्टी सुटआउटवाट शिवसताक्षीलाई पाखा लगाउँदै गौरिगञ्ज सेमिफाईनलमा प्रवेश
    Uncategorized

    कनकाई कप ः पेनाल्टी सुटआउटवाट शिवसताक्षीलाई पाखा लगाउँदै गौरिगञ्ज सेमिफाईनलमा प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन १, बिहीबार २१:५१ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा जारी सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को सातौं दिनको खेलमा गौरिगञ्ज बिजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

    कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोगमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको सातौं दिन बिहिवारको खेलमा पेनाल्टी सुटआउटवाट शिवसताक्षी नगरपालिकालाई पाखा लगाउदै गौरिगञ्ज सेमिफाईनलमा प्रवेश गरेको हो ।

    खेलको पहिलो हाफको २१ औं मिनटमा गौरिगञ्जका खेलाडी नवराज श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । गौरिगञ्जले गोल गरेपछि खरो उत्रिएको शिवसताक्षीले पहिलो हाफमा १– ० गोल अन्तरमै चित्त बुझाएको थियो ।

    गोलको खोजिमा रहेको शिबसताक्षीले खेलको दोस्रो हाफको १७ औं मिनेटमा रोजिन माझीले गरेको गोलसँगै गौरिगञ्जसँग बराबरी गरेको थियो ।
    निकै प्रतिस्पर्धात्मक देखीएको खेलमा निर्धारित समयमा बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियोे । पेनाल्टी सुटआउटमा गौरिगञ्जले ५ गोल गर्दा शिवसताक्षीले ४ गोल मात्रै गरेपछि गौरिगञ्जले सेमिफाइनलको उडान भरेको हो ।

    बिहिवारको खेलको म्यान अफ द म्याच बिजयी टिम गौरिगन्जका खेलाडी विनोद मर्डी घोषित हुदै आयोजक संस्था कनकाई खेलकुद प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले सौजन्य गरेको नगद २ हजार एक सय प्राप्त गरे ।

    प्रतियोगितामा शुक्रबारको खेल हल्दिबारी र कनकाई नगरपालिका बिच हुने आयोजक समितिका उपाध्यक्ष भुवन खतिवडाले बताएका छन । बुधबारको खेलको प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा रहेका थिए ।

    प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेका छन ।

    माघ २५ गते शुक्रबारबाट सुरु भएको खेल फागुन ७ गते सम्पन्न हुनेछ भने खेलमा जिल्लाका १२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया साथै दुबै टिमले ट्रफी , मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष छवि थपलियाले जानकारी दिएका छन ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.