Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई कप ः बाह्रदशीलाई हराउँदै भद्रपुर सेमिफाइनलमा प्रवेश
    कनकाई नगरपालिका

    कनकाई कप ः बाह्रदशीलाई हराउँदै भद्रपुर सेमिफाइनलमा प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन १, बिहीबार ००:५५ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा जारी सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को छैटौं दिनको खेलमा भद्रपुर नगरपालिका बिजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

    कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोगमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको छैटौं दिन बुधबारको खेलमा भद्रपुरका खेलाडी सन्देश राईको ह्याट्रिकसँगै बाह्रदशीलाई ५—० गोल अन्तरले पराजित गर्दै भद्रपुर सेमिफाईनलमा प्रवेश गरेको हो ।

    पहिलो हाफ प्रतिस्पर्धात्मक रहेपनि दोस्रो हाफ , खेलको ४४ औं मिनेटमा भद्रपुरका खेलाडी सन्देश राईले पहिलो गोल गर्दै टिमलाई अग्रता बनाएका थिए । त्यसको लगतै खेलको ४९ औं मिनेटमा उनै खेलाडीले गोल गरेपछि भद्रपुर २–० गोलले अगाडि बढेको थियो । खेलको ६०आंै मिनेटमा भद्रपुरका खेलाडी दपेश विकले गोल गरे भने खेलको ६१ आंै मिनेटमा भद्रपुरका खेलाडी सन्देश राईले गोल गर्दै आफुले ह्याट्रिक गर्नुका साथै टिमलाई ४–० गोलको अग्रता दिलाए । पुनः खेलको ६५ आंै मिनेटमा भद्रपुरका खेलाडी दिपेश विकले गोल गरेसँगै भद्रपुरले ५–० को अग्रता बनाउँदा दवावमा रहेको बाह्रदशीले कुनै पनि गोल गर्न नसकेपछि भद्रपुर ५–० गोल अन्तरले विजयी हँुदै सेमिफाइनलमा प्रवेश गरेक‍ो हो ।

    बुधबारको खेलको म्यान अफ द म्याच बिजयी टिम भद्रपुरका खेलाडी सन्देश राई बने । उनलाई कनकाई नगर खेलकुद विकास समितिका उपाध्यक्ष गोविन्द उप्रेतीले सौजन्य गरेको नगद २हजार एक सय रुपयाँ प्रतिष्ठानका पुर्व अध्यक्ष दुर्गा प्रसाईले प्रदान गरे ।

    प्रतियोगितामा विहिबारको खेल शिवसताक्षी नगरपालिका र गौरीगन्ज गाउँपालिका बिच हुने आयोजक समितिका सचिव रामप्रसाद निरौलाले बताएका छन । बुधबारको खेलको प्रमुख अतिथि पुर्व प्रदेश कृषि मन्त्री हिरा थापा रहेका थिए ।
    माघ २५ गते शुक्रबारबाट सुरु भएको खेल फागुन ७ गते सम्पन्न हुनेछ भने खेलमा जिल्लाका १२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया साथै दुबै टिमले ट्रफी , मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष छवि थपलियाले जानकारी दिएका छन ।

    प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेका छन ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.