Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई माविको स्थापना दिवस, वार्षिकोत्सव एवं साँस्कृतिक कार्यक्रम भव्य रुपमा संचालन
    कनकाई नगरपालिका

    कनकाई माविको स्थापना दिवस, वार्षिकोत्सव एवं साँस्कृतिक कार्यक्रम भव्य रुपमा संचालन

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ फाल्गुन १, बिहीबार ००:२८ गते3 Mins Read


    कनकाई खबर \ झापाको कनकाई ं३ सुरुङ्गास्थित कनकाई माविको ६७ औ स्थापना दिवस तथा ६६ औं बार्षिकोत्सव विविध कार्यक्रमका बीच संचालन भएको छ ।

    झापा क्षेत्र नम्बर ४ (ख) का प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री समेत रहेका भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो दिनको कार्यक्रममा सिटौलाकै पहलमा निर्माण सम्पन्न गरिएको बास्केटवल कोर्टको समेत उद्घाटन गरिएको छ ।

    तीन दिन सम्म संचालन हुने विद्यालय स्थापना दिवस विशेष कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद सिटौलाले पछिल्लो समय लोप हुँदै गएको हाम्रो संस्कार, संस्कृति र पहिचानको संरक्षणका लागि आफ्नो ठाउँबाट सबैजना एकजुट हुुनु पर्ने बताएका छन् । पुर्वमन्त्री समेत रहेका सांसद सिटौलाले कनकाई माविको भौतिक र शैक्षिक उन्नतिका लागि आफ्नो तर्फबाट थप सहयोग गर्ने प्रतिवद्धता जनाए । संसारको जुनसुकै पनि कुनामा बिक्न सक्ने एक असल नागरिक उत्पादन गर्दै आएको कनकाई माविको वर्तमान शैक्षिक अवस्थाको प्रशंसा गर्दै सांसद सिटौलाले विद्यालयको थप सफलताको कामना गरे /

    कार्यक्रममा विद्यालयको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयमा आवश्यकीय कक्षा कोठाको अभावले बिहानी र दिवा सत्रमा विद्यालय सञ्चालन गर्नु परेको बाध्यता रहेको बताए । प्रधानाध्यापक डाँगीले हाल कनकाई माविमा ८८ जना शिक्षक कर्मचारीले कार्य गरिरहेपनि सरकारबाट ५१ जना मात्रै दरबन्दी प्राप्त भएको भन्दै विद्यालय सञ्चालनमा समस्या रहेको बताए । प्रधानाध्यापक डाँगीले हाल विद्यालयमा २ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत्त रहेको तर सरकारले आवश्यक दरबन्दी दिएको खण्डमा केहि बर्षभित्रै विद्यार्थीको संख्या बढेर ५ हजार सम्म पुग्न सक्ने प्रतिवद्धता जनाए ।

    तीन दिनसम्म सञ्चालन हुने स्थापना दिवस तथा बार्षिकोत्सव कार्यक्रममा विभिन्न खेल प्रतियोगिता तथा कनकाई लिटल स्टार गायन तथा नृत्य प्रतियोगिता तथा कनकाई तारा लगायतका विद्यार्थीहरुको प्रतिस्पर्धात्मक साँस्कृतिक कार्यक्रम समेत रहेको बताइएको छ । सोही अवसरमा कक्षा १२ मा सर्वोत्कृष्ट अंक ल्याएर उत्तिर्ण गर्ने विद्यार्थी सहित छात्रवृत्ति वितरण तथा विभिन्न शैक्षिक व्यक्तित्वहरुलाई सम्मानको कार्यक्रम समेत रहेको विद्यालयका सहायक प्रधानाध्यापक समेत रहेका पत्रकार तीर्थराज खरेलले जानकारी दिए । कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाई, विद्यालयको शिक्षक अभिभावक संघ अध्यक्ष खगमाया चापागाईँ, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष खगेश्वर उप्रेती, विद्यालयका सल्लाहकार रविन्द्र लम्साल, समाजसेवी शेरबहादुर थापा लगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रमकै अवसरमा विज्ञान शिक्षक बिमला अधिकारी, नर्स ऋतु सोडारी, स्वास्थ्य शिक्षक वन्दना गुरागाईं लगायतको नेतृत्वमा पोषण तथा स्वास्थ्य प्रदर्शनी गरिएको थियो । विद्यार्थीहरुद्वारा विभिन्न विज्ञान प्रदर्शनी तथा खाद्य स्टलहरु समेत राखिएको थियो ।
    विद्यालयको विज्ञान संकाय तर्फ स्वास्थ्य एकाईका विद्यार्थीबाट पोषण प्रदर्शनी राखिएको थियो भने कक्षा ११ का स्वास्थ्य तथा शारिरीक शिक्षाका विद्यार्थीले ‘खाद्य तथा पोषण’ पाठको प्रयोगात्मक गर्दै पोसिलो खाजाका स्टलहरु राखेको स्वास्थ्य शिक्षक बन्दना गुरागाईँले जानकारी दिएकी छन् ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडाले स्वागत गरेका थिए । कार्यक्रमको उद्घाटनका अवसरमा विद्यालयका विद्यार्थीहरुबाटै स्वस्ती वाचन गरिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक तीर्थराज खरेल शिक्षकहरु भीमप्रसाद दाहाल, हेमन्तिका उप्रेती, सङ्गीता उप्रेती, टीकाराम चिमरियाले संयुक्त रुपमा विभिन्न विधाका कार्यक्रमहरु संचालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.