Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अनेम संघको ८४ सदस्यीय झापा जिल्ला कमिटी सर्वसम्मत, आज सपथग्रहण तथा प्रमाणपत्र प्रदान
    कनकाई नगरपालिका

    अनेम संघको ८४ सदस्यीय झापा जिल्ला कमिटी सर्वसम्मत, आज सपथग्रहण तथा प्रमाणपत्र प्रदान

    कनकाई खबरBy कनकाई खबर२०८१ माघ २९, मंगलवार २२:५७ गते3 Mins Read

    झापा । अखिल नेपाल महिला संघ (अनेम संघ) झापाको १०औं जिल्ला सम्मेलनबाट निर्वाचित नेतृत्वको घोषणासहित आज सपथग्रहण गराइएको छ ।

    नेकपा (एमाले) झापा जिल्ला पार्टी कार्यालय बिर्तामोडमा अपरान्ह आयोजित कार्यक्रममा नवनिर्वाचित नेतृत्वलाई सपथग्रहण, प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

    अनेम संघ केन्द्रीय उपाध्यक्ष तथा दशौं जिल्ला सम्मेलन अध्यक्ष मण्डलका अध्यक्ष मेनुका काफ्लेले नयाँ नेतृत्वलाई सपथग्रहण गराएकी हुन् । बिर्तामोडमा माघ २६–२७ गते भएको १०औं जिल्ला सम्मेलनले लीला ढुंगेल दाहालको अध्यक्षतामा ८४ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको थियो ।

    अनेमसंघ झापाको नवनिर्वाचित कमिटीको उपाध्यक्षमा रेनुका डाँगी, सिता ढुङ्गाना विक, सचिव कल्पना चम्लागाई (कोपिला), सहसचिव ललिता बस्नेत र कोषाध्यक्षमा मञ्जु बस्नेत थापा निर्विरोध चयन भएका हुन् । निर्वाचन समितिले ६ जना पदाधिकारी र ७८ जना सदस्यहरु रहेको जिल्ला कमिटी घोषणा गरेको हो ।

    सपथग्रहण कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरी, बिर्तामोड नगरपालिकाका प्रमुख एवम् पार्टीको प्रदेश कमिटी सदस्य पवित्रा महतारा प्रसाई, अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले , पार्टी केन्द्रीय सदस्य दिपक कार्कीले बधाई तथा शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

    अनेम संघ कोशी प्रदेशका सचिव एवम् निर्वाचन समितिका संयोजक हेमकला कट्टेलको अध्यक्षतामा आयोजित सो कार्यक्रममार्फत् सम्मेलनबाट तय गरिएका राजनीतिक तथा समसामयिक विषयवस्तु सम्बन्धी प्रस्तावहरु पारित गरेको छ । प्रस्ताव लेखन समितिको संयोजक मिना पोखरेल उप्रेतीले उक्त प्रस्तावहरु प्रस्तुत गरेकी थिइन् ।

    सपथग्रहण समारोहको सञ्चालन निर्वाचन समितिका सदस्य एवम् प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल काफ्लेले गरेका थिए ।

    जिल्ला कमिटीको सदस्यहरुमा कहाँबाट को को ?

    जिल्ला कमिटीमा निर्वाचित हुने सदस्यहरूमा खुल्ला हलबाट सावित्रा ढकाल भद्रपुर, लक्ष्मी भुर्तेल बुद्धशान्ति, यमुना गौतम दमक, बालकुमारी मिश्र बाह्रदशी, निर्मला प्याकुरेल शिवशताक्षी, तुलसा काफ्ले बराल मेचीनगर, अनिता बुढाथोकी कनकाई र हेमकला सापकोटा काफ्ले मेचीनगर रहेका छन्।

    यस्तै मेचीनगर भूगोलबाट निर्वाचित हुने सदस्यहरूमा जानुकादेवी ओली, दुर्गा थापा कार्की, दुर्गा अधिकारी भेटवाल, शर्मिला चम्लागाईं र निर्मला सुवेदी रहेका छन् ।

    बिर्तामोड नगरपालिका भूगोलबाट चित्रलेखा पराजुली, भागीरथा आचार्य घिमिरे, पुष्पा दाहाल, कृतिका गौतम आचार्य र सङ्गीता चिमोरिया रहेका छन्।

    जिल्ला कमिटीको सदस्यहरूमा दमक नगरपालिकाबाट भागीरथा उप्रेती, सुशीला अधिकारी, सीता कार्की, कृष्णकुमारी न्यौपाने र मैयादेवी आचार्य चयन भएका छन्।

    यस्तै अर्जुनधाराबाट तुलसा प्रधान, दिलमाया दास, लक्ष्मी तामाङ र रन्जना कार्की, भद्रपुरबाट सुबित्रा गुरुङ, रमला अधिकारी, देवीमाया अधिकारी र मञ्जु दाहाल पोखरेल, कनकाई नगरपालिकाबाट खिना आचार्य खतिवडा, दुर्गाकुमारी भट्टराई, इश्वरा थापा र उषा दवाडी निर्वाचित भएका छन् ।

    निर्वाचन कमिटीले सार्वजनिक गरेको नामावली अनुसार शिवसताक्षीबाट कोपिला चापागाईं, मुनाकुमारी तामाङ, मैनादेवी थापा र तुलसादेवी कटेल, गौरादह नगरपालिकाबाट लक्ष्मीदेवी विश्वकर्मा, भीमाकुमारी वस्ती र भीमादेवी श्रेष्ठ तथा बुद्धशान्ति गाउँपालिकाबाट टिका गौतम र बबिता चौधरी निर्वाचित भएका छन्।

    जिल्ला कमिटीमा निर्वाचित सदस्यहरूमा कचनकवल गाउँपालिकाबाट पवित्रादेवी पोखरेल र भागीरथा प्याकुरेल, झापा गाउँपालिकाबाट यमुना पोखरेल र रमा कार्की, हल्दीबारी गाउँपालिकाबाट पवित्रा रेग्मी र कमला उप्रेती खरेल, बाह्रदशी गाउँपालिकाबाट गीता संग्रौला र टंकमाया धिताल, कमल गाउँपालिकाबाट मनमाया सिटौला र सिर्जना निरौला तथा गौरीगञ्ज गाउँपालिकाबाट चन्द्रिकाकुमारी भट्टराई र मनिका राई सर्वसम्मत निर्वाचित भएका छन् ।

    जिल्ला कमिटीमा समावेशी क्षेत्रबाट १८ देखि ३० वर्ष उमेर समूहका युवाबाट आरती राजवंशी मेचीनगर, उषा बस्नेत बिर्तामोड, अनुषा भण्डारी हल्दीबारी र मनिषा थापा दमक निर्वाचित भएका छन्।

    समावेशी क्षेत्र अन्तर्गत आदिवासी जनजातितर्फ अनिता थापा सोङ्गम्यान मेचीनगर, कृष्णमाया चौधरी बिर्तामोड, माया लिम्बु बिर्तामोड, एलिना राई शिवसताक्षी र सुस्मिता धिमाल दमक निर्वाचित भए ।

    समावेशी क्षेत्र दलित क्लस्टरबाट निर्वाचित सदस्यहरूमा बिमला खाती दियाली मेचीनगर, मालती विश्वकर्मा बिर्तामोड, कृष्णकुमारी परियार बाह्रदशी, कल्पना विश्वकर्मा कनकाई निर्वाचित भए ।

    यस्तै समावेशी क्षेत्र मधेसी क्लस्टरबाट इन्दिराकुमारी राजवंशी गौरादह र अपाङ्गता सीमान्तकृत पिछडा वर्ग एवं लोपोन्मुख क्लस्टरबाट लुखी टुडु निर्वाचित भएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.