Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा एच.पि.भी.खोप अभियानबाट ८१.३४ प्रतिशत किशोरी लाभान्वीत
    कनकाई नगरपालिका

    कनकाईमा एच.पि.भी.खोप अभियानबाट ८१.३४ प्रतिशत किशोरी लाभान्वीत

    कनकाई खबरBy कनकाई खबर२०८१ माघ २९, मंगलवार १४:४२ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा ८१.३४ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एच.पि.भी. खोप लगाइएको छ ।

    ३ हजार ९९ किशोरी रहेको कनकाई नगरपालिकामा २ हजार ५ सय २१ जना किशोरीलाई खोप लगाएको कनकाई नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    झापा जिल्लामा माघ २८ गते सोमबार सम्ममा विद्यालयमा अध्ययन गर्ने ९२.६२ प्रतिशत र विद्यालय बाहिरका ३०.११ प्रतिशत किशोरीहरु सहित जम्मा ८३.०५ प्रतिशत बालिकाहरुले एच.पि.भी. खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बारकोटीले जानकारी दिए । जिल्लामा ७५५ खोप केन्द्रबाट ७८१ स्वास्थ्यकर्मीले माघ २९ गते सम्म खोप लगाउने कार्यक्रम रहेको बारकोटीले बताए। नेपाल सरकारले नियमित खोपको रुपमा प्रत्येक वर्षको फागुन महिनालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोपलाई समेत अभियानका रुपमा अघि बढाउँने जनाइएको छ ।

    खोप लगाउने किशोरीहरुमा विद्यालय जाने छात्राहरु मध्ये कक्षा ६ का ५ सय २४ जना र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरु ३ जना गरी जम्मा ५२७ जना रहेका छन् । त्यस्तै कक्षा ७ देखि कक्षा १० सम्म अध्ययन गर्ने १ हजार ९ सय ४४ जना र विद्यालय नजाने ११ देखी १४ वर्षका किशोरी ५० जना गरी जम्मा १ हजार ९ सय ९४ जनालाई खोप लगाएको कनकाई नगर जनस्वास्थ्य निरीक्षक तथा खोपका फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए ।

    स्वास्थ्य कार्यालय झापाको समन्वयमा कनकाई नगरमा माघ २२ गतेबाट २८ गते सम्म एच.पि.भी. खोप अभियान सञ्चालन भएको थियो । जसका लागि ३९ खोप केन्द्रमा स्वास्थ्यकर्मी, स्वयंसेवक र सुपरिवेक्षक गरि २ सय जना स्वास्थ्यकर्मी खटाइएको कनकाई नगरपालिकाका जनस्वास्थ्य निरीक्षक केशव रिजालले जानकारी दिए ।

    खोप अभियानका क्रममा प्रत्येक केन्द्रमा अनुगमनलाई समेत तिव्रता दिएको थियोे । खोप समन्वय समितिका संयोजक समेत रहेका कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल सहित उपप्रमुख आशा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने , जन स्वास्थ्य निरीक्षक केशव रिजाल , जनस्वास्थ्य निरीक्षक तथा खोपका फोकल पर्सन नारायण अधिकारी, सिनियर अनमी टीका दवाडी लगायतले अनुगमनलाई तिब्रता दिएको बताइएको छ ।

    कनकाई नगरपालिका स्वास्थ्यका सम्पुर्ण कर्मचारी, आम अभिभावक , विद्यालयक शिक्षक –शिक्षिका, जनप्रतिनिधि अन्य कर्मचारी विभिन्न संघ–संस्था लगायतको सक्रियताले पनि यो खोप लगाउने अभियान सफल भएको खोप समन्वय समितिका संयोजक नगर प्रमुख पोखरेल बताउँछन् ।
    नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी.खोप देशैभरी एकैसाथ अभियानको रुपमा सञ्चालन गरेको हो । २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने यो अभियानलाई स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग अन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रमका लागि सूचीकृत स्वास्थ्य संस्थाहरुबाट एकैसाथ एच.पि.भी. खोप दिएको बताइएको छ । कक्षा ६ देखि १० कक्षा सम्म अध्ययन \ अध्यापन हुने बिद्यालयलाई खोप केन्द्रको रुपमा स्थापना गरी निःशुल्क रुपमा राष्ट्रीय खोप अभियान सञ्चालन भएको जनाइएको छ । महिलाहरुमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भविष्यका कर्णधारको रुपमा रहेका बालिकाहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै अभियान संचालन भएको हो ।

    यो रोगको लक्षणहरूमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, कमजोरी महसुस हुने, रक्त अल्पता हुने लगायत रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.