कनकाई खबर \ कनकाई नगरपालिका वडा नं.३ एकान्त टोल निवासी सहयोगी मनका धनी रामप्रसाद उप्रेती र देवका उप्रेतीले फेला पारेको महत्वपूर्ण कागजपत्र सम्बन्धित व्यक्तिलाई बुझाएका छन् ।

विभिन्न बैंकको एटिएम कार्ड सहित महत्वपूर्ण कागजपत्र भएको पर्स फेला परेको विषयमा सोमबार बिहान कनकाई खबरमा सुचना प्रकाशन गरेको २ घण्टाभित्रमा सम्बन्धित व्यक्तिका आफन्तजन सम्पर्कमा आएपछि उप्रेती दम्पतिले कागजात जिम्मा लगाएका हुन् ।
कनकाई ३ , एकान्त टोलस्थित सुरुङ्गा ̶ चम्पापुर सडक खण्डमा भारतको आसाम ठेगाना भएका बिपुल ढुङ्गेल नाम गरेका युवा विद्यार्थीको बिभिन्न बैंकको एटिएम कार्ड सहित महत्वपूर्ण कागजात सहितको पर्स फेला परेको थियो । कनकाई ६ स्थित आफन्तकोमा आएका ढुङ्गेल आफ्नो पर्स हराएपछि अत्यन्तै चिन्तित बनेका थिए ।
सहयोगी मनका धनी उप्रेती दम्पतिले पर्स फेला परेको विषयमा कनकाई खबर मार्फत सुचना सार्वजनिक गरेपछि तत्काल सम्पर्कमा आएका ढुङ्गेलका आफन्तलाई जस्ताको त्यस्तै पर्स जिम्मा लगाएको बताइएको छ । पर्स पाएपछि बिपुल ढुङ्गेल सहित आफन्तजनले सुचना प्रकाशन गर्ने संचार माध्यम सहित उप्रेती दम्पतिप्रति धन्यवाद सहित आभार प्रकट गरेका छन् ।