बिर्तामोड \ उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजक बिर्तामोड नगरपालिकालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।
आज सोमबार भएको पहिलो क्वाटर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका बिकले खेलको ५ मिनेटमै गोल गरेर अग्रता दिलाएकी थिइन् । यस्तै समीक्षा मगरले २०औं मिनेटमा गोल गरेर कनकाईको अग्रता दोब्बर बनाइन् ।
समिक्षाले गोल गरेको १ मिनेट नबित्दै पूर्णिमा राईले गोल गरेर ३–० गोलको अन्तर निकालिन् । खेलको ४३औं मिनेटमा थप गोल गर्दै पूर्णिमाले व्यक्तिगत दुई गोल गरिन् । उनी प्लेयर अफ दी म्याच बनिन् ।
भोलि मंगलबार अर्जुनधारा नगरपालिकाले झापा गाउँपालिकासँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।
फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।
मंगलबार अर्जुनधारा नगरपालिकाले झापा गाउँपालिकासँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ।
फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।