Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई कपः कचनकबललाई पाखा लगाउदै कनकाई क्वाटर फाईनलमा प्रवेश
    कनकाई नगरपालिका

    कनकाई कपः कचनकबललाई पाखा लगाउदै कनकाई क्वाटर फाईनलमा प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०८१ माघ २८, सोमबार २१:३५ गते2 Mins Read

    कनकाई खबर \ कनकाईमा जारी झापा जिल्ला पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताको सातौं संस्करण “कनकाई कप २०८१” को चौथो दिनको खेलमा कचनकवललाई पाखा लगाउदै कनकाई क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको प्रायोजनमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको चौथो दिन सोमबार कचनकवल र कनकाई बिच भएको खेलमा कचनकवललाई पेनाल्टी सुटआउटबाट हराउँदै कनकाई क्वाटर फाईनलमा प्रवेश गरेको हो ।

    खेलको पहिलो हाफको २० औं मिनेटमा कचनकवलका खेलाडी मिक्सन थेवेले गोल गर्दै टिमलाई अगाडि बढाएका थिए । त्यसको २ मिनट नबित्दै कनकाईका खेलाडी रोशन बर्देवाले खेलको २२ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए भने त्यसको २ मिनेट नबित्दै खेलको २४ औं मिनेटमा पुनः कनकाईका खेलाडी रुचन लिम्बुले गोल गर्दै कनकाईलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

    खेलको दोस्रो हाफको २८ आंै मिनेटमा कचनकवलका खेलाडी गोविन लिम्बूले गोल गर्दै खेललाई २–२ को बराबरी गरेपछि दुबै तर्फबाट निर्धारित समयमा कुनै पनि थप गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियोे । पेनाल्टीमा कनकाईले ४ गोल गर्दा कचनकवलले २ गोल मात्रै गरेपछि कनकाई विजयी बनेको हो ।

    खेलको म्यानअफ दी म्याच बिजेता टिमका खेलाडी रोशन बर्देवा घोषित भए । उनले म्यानअफ दी म्याचको मेडल र नगद २ हजार एक सय रुपैयाँ प्राप्त गरे । म्यानअफ दी म्याचको नगद कनकाई धाम धार्मिक विकास संस्थाकी उपाध्यक्ष समेत रहेकी प्रतिष्ठानकी निवर्तमान उपाध्यक्ष अम्बिका खरेलले प्रदान गरेकी थिइन् ।

    माघ २५ गते शुक्रबारबाट सुरु भएको खेल फागुन ७ गते सम्पन्न हुनेछ भने खेलमा जिल्लाका १२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया साथै दुबै टिमले ट्रफी , मेडल र प्रमाणपत्र पाउने आयोजक संस्था प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका खेल संयोजक भुवन खतिवडाले जानकारी दिए । प्रतियोगितामा मंगलबारको खेल अर्जुनधार नगरपालिका र झापा गाउँपालिका बिच हुने बताइएको छ ।

    प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेको बताइएको छ । प्रतिष्ठानका अध्यक्ष छबि थपलियाको अध्यक्षता रहेको चौथो दिनको प्रतियोगितामा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी न्यौपानेले युवाहरुका लागि खेलकुद अनुशासनको पाठ सिकाउने एउटा भरपर्दो माध्यम भएको बताए ।खेलकुदले युवाहरुलाई दुव्र्यसनीबाट टाढा राख्न सक्ने कुरामा जोड दिँदै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले समाज रुपान्तरणमा समेत खेलकुद प्रतियोगिता एउटा महत्वपूर्ण अस्त्र भएको बताए । औपचारिक कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.