Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई कपः सडन डेथमा बुद्धशान्तिलाई पाखा लगाउदै शिवसताक्षी क्वाटर फाईनलमा प्रवेश
    कनकाई नगरपालिका

    कनकाई कपः सडन डेथमा बुद्धशान्तिलाई पाखा लगाउदै शिवसताक्षी क्वाटर फाईनलमा प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०८१ माघ २७, आईतवार २०:३३ गते2 Mins Read

    कनकाई खबर \ कनकाईमा जारी झापा जिल्ला पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताको सातौं संस्करण “कनकाई कप २०८१” को तेस्रो दिनको खेलमा बुद्धशान्तिलाई सडन डेथबाट पाखा लगाउदै शिवसताक्षी क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

    कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको प्रायोजनमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन आईतवार शिवसताक्षी नगरपालिका र बुद्ध शान्ति गाउँपालिका बीच भएको खेलमा शिवसताक्षीले बुद्ध शान्तिलाई सडन डेथमा पराजित गरेको हो ।
    खेल अबधि भर दुबै तर्फबाट २– २ गोलको बराबरी भए पछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा समेत ४–४ गोलको बराबरी भएपछि सडन डेथमा गएको खेलमा शिवसताक्षी विजयी हुदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

    खेलको पहिलो हाफमा बुद्धशान्तिका खेलाडी सागर रसाईलीले खेलको १६ औं मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको लगत्तै खेलको १८ मिनटमा उनै खेलाडीले २ मिनटको अन्तरमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा कुनै पनि गोल गर्न नसकेको शिवसताक्षी खेलको दोस्रो हाफ सुरु भएको दोस्रो मिनटमै रजिन माझीले गरेको गोलबाट लयमा फर्कीएको थियोे । त्यस्तै खेलको दोस्रो हाफको १३ मिनटमा शिवसताक्षीका खेलाडी हेमन लिम्बूले गोल गर्दै खेललाई बराबरी गरेका थिए । निर्धारित समयमा दुबै तर्फबाट थप गोल नहँुदा खेल सडन डेथसम्म धकेलिएको थियोे ।

    खेलको म्यानअफ दी म्याच बिजेता टिमका गोल किपर सन्दिप लिम्बू घोषित भए । उनले म्यानअफ दी म्याचको मेडल र नगद २ हजार एकसय रुपैयाँ प्राप्त गरे । इमान्सी निर्माण सेवाका संचालक युवा समाजसेवी रमेश खरेलले सौजन्य गरेको म्यान अफ दी म्याचको नगद पुरस्कार रमेशका पिता सामाजिक व्यक्तित्व देवीप्रसाद खरेलले प्रदान गरेका थिए ।
    झापा जिल्लाका १५ पालिका मध्ये १२ पालिकाको सहभागिता रहेको प्रतियोगीताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया पाउने आयोजक समितिका अध्यक्ष छवि थपलियाले जानकारी दिए ।

    प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेको आयोजक समितिले जनाएको छ ।

    प्रतियोगितामा सोमबारको खेल कनकाई नगरपालिका र कचनकवल गाउँपालिका बीच हुने खेल संयोजक भुवन खतिवडाले जानकारी गराएका छन । प्रतिष्ठानका अध्यक्ष थपलियाको अध्यक्षता एवं शिवसताक्षी नगरपालिका वडा नं.४का वडाअध्यक्ष विष्णु प्रसाईँको प्रमुख आतिथ्य रहेको औपचारिक कार्यक्रमको संचालन सचिव रामप्रसाद निरौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.