Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा जारी कनकाई कपको दोस्रो दिनको खेलमा हल्दिबारी विजय
    कनकाई नगरपालिका

    सुरुङ्गामा जारी कनकाई कपको दोस्रो दिनको खेलमा हल्दिबारी विजय

    कनकाई खबरBy कनकाई खबर२०८१ माघ २६, शनिबार २१:५५ गते2 Mins Read


    कनकाई खबर \ कनकाईमा जारी झापा जिल्ला पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताको सातौं संस्करण “कनकाई कप २०८१” को दोस्रो दिनको खेलमा हल्दिबारी विजयी बनेको छ ।

    कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको प्रायोजनमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन हल्दिबारी गाउँपालिका र गौरादह नगरपालिका बिच भएको खेलमा ५–० गोल अन्तरले गौरादहलाई पछि पार्दै हल्दिबारी बिजयी बनेको हो ।
    खेलको पहिलो हाफ गोल रहित प्रतिस्पर्धात्मक देखिएको प्रतियोगितामा दोस्रो हाफको १२ औ मिनटमा गौरादहको डिबक्समा गौरादहकै खेलाडीको हातमा बल ठोकिए पछि हल्दिबारीले पाएको पेनाल्टीलाई हल्दिबारीका जर्सी नं. ११ का खेलाडीले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

    हल्दिबारीको जितका लागि दोस्रो हाफको २६ औं मिनट र खेलको अतिरिक्त समयमा हल्दिबारीका जर्सी नं. १७ का खेलाडी अरुण राईले गोल गरेका थिए भने जर्सी नं. ४ का खेलाडी सुरज उराउले खेलको दोस्रो हाफको ३१ औ र ३५ औ मिनटमा गोल गरेका थिए ।

    गौरादहले भने खेलमा कुनै पनि गोल गर्न नसक्दा ५–० को फराकिलो अन्तरले हार बेहोर्नु परेको थियोे । खेलको म्यानअफ दी म्याच बिजेता टिमका २ गोल कर्ता जर्सि नं. ४ का खेलाडी सुरज उराउ घोषित भए । उनले म्यानअफ दी म्याचको मेडल र नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे । खेलको म्यान अफ दी म्याचको नगद राशी कनकाई ४ मा रहेको आरोही पोल्ट्री फमका संचालक अमित पोखरेलले प्रदान गरेका थिए ।


    झापा जिल्लाका १५ पालिका मध्ये १२ पालिकाको सहभागिता रहेको प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया पाउने आयोजक समितिका अध्यक्ष छवि थपलियाले बताएका छन । प्रतिष्ठानका अध्यक्ष थपलियाको अध्यक्षता एवं कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँको प्रमुख आतिथ्य रहेको दोस्रो दिनको प्रतियोगितामा औपचारिक कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले गरेका थिए ।

    प्रतियोगितामा आईतबारको खेल शिवसताक्षी नगरपालिका र बुद्धशान्ती गाउँपालिका बिच हुने खेल संयोजक भुवन खतिवडाले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.