Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दोमुखामा प्रेस चौतारी झापाले मनायो स्थापना दिवश
    Uncategorized

    दोमुखामा प्रेस चौतारी झापाले मनायो स्थापना दिवश

    कनकाई खबरBy कनकाई खबर२०८१ माघ २२, मंगलवार २३:०० गते3 Mins Read


    शिवसताक्षी / झापाको शिवसताक्षी–१० स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले २७ औं स्थापना दिवस मनाएको छ ।


    कार्यक्रममा प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा आर्थिक सहयोग समेत जुटेको छ । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले आफ्नो श्रीमान स्वर्गीय ज्ञानुराम प्रसाईको स्मृतिमा ५१ हजार रकम पत्रकार उपचार सहयोग कोषमा हस्तान्तरण गर्ने घोषणा गरेकी छन् । यस्तै पत्रकार उपचार कोषकी संयोजक भिमा शिवाकोटीले २५ हजार ५ रुपैयाँ, नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले ११ हजार र अनेमसंघ झापाकी कोषाध्यक्ष कोपिला चम्लागाईले नगद ५ हजार रुपैयाँ कोषलाई प्रदान गरेका गर्नुभएको छ
    कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश इञ्चार्ज, प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, दोमुखा धार्मिक तथा पर्यटकीय संस्थाका अध्यक्ष धनप्रसाद लावती, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    बनभोजसहित आयोजना गरिएको कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम गरिएको थियो । सो अवसरमा अश्लिल, मिथ्या तथा भ्रामक बिषयवस्तु प्रचारप्रसार बिरुद्ध झापाली पत्रकार प्रतिवद्ध छौ भन्दै हस्ताक्षर कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
    प्रमुख अतिथी राईले श्रमजीवि पत्रकारहरुको उपचारका लागि राज्यले दायित्व लिनुपर्ने बताए । लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्व

    पूर्ण योगदान पुर्याएका पत्रकारका लागि सरकारले सबै प्रकारका रोगको उपचार लगायतका विषयमा दायित्व बहन गर्नुपर्ने बताए ।
    “म सञ्चारमन्त्री हुँदा सरकारी अस्पतालमा उपचार गर्दा ५० प्रतिशत पत्रकारहरुलाई छुट गर्नुपर्ने नीति पास गरेर कार्यान्वयनमा ल्याएको थिएँ”, उनले विगतलाई स्मरण गर्दै भने, “अहिले के भइरहेको छ, यदि रोकिएको छ भने त्यसलाई निरन्तरता दिनुपर्छ ।”
    पूर्व मुख्यमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य राईले नेपाली समाजलाई सुसंस्कृत र सवल बनाउन सामाजिक सञ्जाल नियमन गर्न विद्ययक नै ल्याउनुपर्ने स्थिति खडा भएको बताए । सोसियल मिडिया दुरुपयोग गरेर मिथ्या, भ्रामक समाचार सम्प्रेषण गरी अपवाफ फैलाउनेलाई नियमन गरी पत्रकारिता पेशालाई मर्यादित र जिम्मेवार बनाउन सरकारले बाध्य भएर सो विद्ययक संसदमा दर्ता गरेको राईको टिप्पणी थियो ।
    उनले मुलुकमा सुशासन कायम गर्दै संविधानको रक्षा गर्न र संघीय मर्म अनुरुप मुलुकलाई अगाडि बढाउन नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर सरकार बनाएको बताए ।
    कार्यक्रममा प्रेस चौतारी झापाको गत माघ ११ गते सम्पन्न १० औं अधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो । सो कार्यक्रमको सहजीकरण निर्वाचन समिति सदस्य गोपाल काफ्लेले गरेका थिए।
    चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रम नेकपा एमालेका कोशी प्रदेश इञ्चार्ज एवं कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत उपाध्यक्ष राजु पोखरेलले गरेको कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले गरेका थिए ।
    कार्यक्रममा नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, हल्दीबारी गाउँपालिका अध्यक्ष त्रिलोचन सापकोटा, बाह्रदशीका अध्यक्ष अनिल सापकोटा, दमकका अध्यक्ष राम पौडेल, गौरीगञ्जका अध्यक्ष विष्णु न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, मिडिया नेपाल झापाका अध्यक्ष रन्जित प्रसाईलगायत बिभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधि, एमालेका बिभिन्न तह र तप्कामा रहेको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Sillicon Valley
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.