कनकाई खबर \ झापाको सुरुङ्गा स्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिताको सातौ संस्करण संचालन हुने निश्चित भएको छ ।

प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । यहि माघ २५ गते शुक्रबारबाट सुरु भइ फागुन ७ गते सम्पन्न हुने प्रतियोगिता कनकाई माध्यमिक विद्यालयको खेलमैदानमा संचालन हुने भएको हो । प्रतियोगिताको उद्घाटन खेल कमल गाउँपालिका र गौरीगन्ज गाउँपालिका बीच हुने बताइएको छ।
प्रतियोगिताका लागि जिल्लाका १५ वटै पालिकामा चिट्ठी पठाए पनि ५ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरि १२ पालिकाको १२ टिम मात्रै सहभागी हुने तयारी भएको खेल संयोजक भुवन खतिवडाले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न विभिन्न ५ उपसमिति गठन गरि तयारी तिव्र पारिएको संयोजक खतिवडाले बताए । जसमा आर्थिक व्यवस्थापन समितिको संयोजकमा प्रतिष्ठानका कोषाध्यक्ष डम्बरप्रसाद फुयाल , प्रचारप्रसार तथा कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा सचिव रामप्रसाद निरौला , खेलमैदान तथा स्टेज व्यवस्थापन समितिको संयोजकमा राजेश अघोरी , अतिथि सत्कार व्यवस्थापन समितिको संयोजकमा गीता खरेल, सहजीकरण समितिको संयोजकमा ज्योतिकुमार उप्रेती रहेको बताएको छ ।
यसै क्रममा प्रतिष्ठानले अघिल्ला वर्षहरू झैँ आफ्नो वार्षिक क्यालेन्डरमा भएको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिँदै सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष छबि थपलियाले जानकारी दिए । माघ २५ गते शुक्रबार दिउँसोको ठिक २ बजेदेखि औपचारिक कार्यक्रम साथै २ः३० बजेदेखि खेल सञ्चालन गर्ने गरी समयको व्यवस्थापन गरिएको र अहिले खेल मैदान तयारीलाई तिव्रता पारिएको अध्यक्ष थपलियाले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न आर्थिक स्रोत व्यवस्थापनमा कठिनाइ रहेको भए पनि प्रतिष्ठानले प्रथम पुरस्कारका रुपमा १ लाख १५ हजार साथै दोस्रो पुरस्कार ६१ हजार नगद, प्रमाण पत्र र ट्रफीको व्यवस्थापन गरेको बताइएको छ । जसका लागि कनकाई नगरपालिकाबाट यो प्रतियोगिता सम्पन्न गर्न २ लाख ५० हजार र महिला फुटबलका लागि २ लाख ५० हजार गरि ५ लाख रकमका लागि सम्झौता भईसकेको पत्रकार सम्मेलनमा अध्यक्ष थपलियाले जानकारी दिए ।
प्रत्येक दिनको मेन अफ द म्याचको पुरस्कार नगद रहेको छ भने खेल अवधिभरका उत्कृष्ट गोल किपर, सर्वाधिक गोल कर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मीड फिल्डर लगायतको पुरस्कार जनही नगद साथै मेन अफ दि सिरिजको नगद पुरस्कार व्यवस्थापन गरिने प्रतिष्ठानका अध्यक्ष थपलियाले बताए ।
मुख्य आर्थिक सहयोग कनकाई नगरपालिका रहेको प्रतियोगितामा खेल सम्पन्न गर्न करिब ५ लाख ९१ हजार ९ सय बढी खर्चको अनुमान गरिएको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा खेल प्रेमी व्यक्तित्वहरू, उद्योगी व्यवसायी, विभिन्न संघसंस्था साथै प्रतिष्ठानका सदस्यहरूबाट समेत आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको बताइएको छ ।
प्रतियोगिताका लागि विभिन्न माध्यमबाट सहयोग गर्ने दाताहरुमा क्रमशः कनकाई वडा नं.३, सुरुङ्गास्थित कुमुदिनी भवनमा शाखा कार्यालय रहेको विर्तामोड एजुकेशन फाउण्डेशनबाट प्रतियोगिताको सहयोगी संस्थाको रुपमा रहनेगरी रु.२१ हजार सहयोग रकम प्राप्त भएको बताइएको छ ।
त्यस्तै देवकोटा एजुकेशन फाउण्डेसनबाट सहयोगी संस्थाका रुपमा रु.११ हजार १११ रकम प्राप्त भएको छ । त्यस्तै कनकाई ३ निवासी हाल क्यानाडामा अध्ययनरत अनुषा ओलीबाट रु.११ हजार सहयोग रकम प्राप्त भएको बताइएको छ । प्रतिष्ठानका कार्यसमिति सदस्य समेत रहेका अर्जुन ओलीकी छोरी खेल प्रेमी अनुषा ओली केही महिना अघि मात्र अध्ययनका लागि क्यानाडा गएकी हुन् । त्यस्तै पुर्वी नेपाल बहुउद्येश्यीय सहकारी संस्था लि.शाखा कार्यालय सुरुङ्गाबाट समेत सहयोगी संस्थाका रुपमा रहने गरी रु.११ हजार १११ सहयोग रकम प्राप्त भएको छ ।
सहयोगकै क्रममा कनकाई ३ सुरुङ्गा निवासी भीष्म कट्टेल र रन्जीता कट्टेलबाट रु.५ हजार ५ सय सहयोग रकम प्राप्त भएको बताइएको छ ।
सहयोगकै क्रममा कनकाई ३ निवासी हाल अमेरिकामा रहेका फुटबल खेललाई अत्यन्तै माया गर्ने आशिष र दिपा संग्रौलाबाट रु.५ हजार एकसय प्राप्त भएको छ । त्यस्तै कनकाई ३ निवासी हाल कतारमा रहेका खेलप्रेमी सुवास र ईन्दु भट्टराईबाट रु.५ हजार एकसय, कनकाई ३ पिङडाँडा निवासी हाल गोर्खा रिजर्भ युनिट ब्रुनेइमा रहेका मेघराज र अमृता राईबाट रु.५ हजार एकसय, प्रतिष्ठानका सल्लाहकार समेत रहेका नारायण पोखरेलबाट रु.५हजार एकसय, कनकाई ३ निवासी हाल अष्टे«लिया रहेका दुर्गाप्रसाद र रोजिना उप्रेतीबाट रु.५ हजार एकसय, कनकाई ३ स्थित एलेक्स कन्सट्रक्सन कम्पनीका संचालक समेत रहेका प्रतिष्ठानका कोषाध्यक्ष डम्बरप्रसाद फुयालबाट रु.५ हजार एकसय प्राप्त भएको बताइएको छ ।
झापा गाउँपालिका वडा नं.३ निबासी हाल इजरायलमा रहेका विशेष डाँगीबाट रु ५ हजार एकसय , कनकाई वडा नं.३ निवासी हाल काठमाण्डौबाट रेवत गौतमले रु.३ हजार एकसय, कनकाई वडा नं.३ निवासी हाल काठमाण्डौमा रहेका प्रतिष्ठानका संस्थापक उपाध्यक्ष सुनिल भेट्वालबाट रु. ५ हजार एकसय, राप्रपा कनकाई नगर कमिटीका अध्यक्ष टिकाराम बरालबाट रु.५ हजार एकसय, कनकाई वडा नं.४ निबासी हाल कोष्टारिकामा रहेका दिनेश उप्रेतीबाट रु.५ हजार एकसय सहयोग रकम प्राप्त भएको बताइएको छ ।
त्यस्तै शिवसताक्षी वडा नं.४ का वडाअध्यक्ष विष्णु प्रसाईबाट रु.५ हजार एकसय, कनकाई वडा नं.३ टप्पुका स्थाईबासी हाल इलाम नगरपालिका वडा नं.७ मा रहेका पाथीभारा कसमेटिकका संचालक समेत रहेका अर्जुन पाठकबाट रु.५ हजार ५ सय , क्याम्ब्रीज आइटी कलेजका संचालक समेत रहेका श्रीकृष्ण उप्रेतीबाट रु.२ हजार एकसय , कनकाई ३ निवासी अर्पण राईबाट रु. २ हजार एकसय, कनकाई वडा नं. ३ निवासी प्रतिष्ठानका आजिवन सदस्य समेत रहेका रमेशचन्द्र मैनालीबाट रु.२ हजार एकसय, कनकाई वडा नं.४ निवासी अमित पोखरेलबाट रु.२ हजार एकसय सहयोग रकम प्राप्त भएको प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेतीले प्रतिष्ठान स्थापनाको उद्येश्य सहित हालसम्मका गतिविधिका बारेमा जानकारी दिँदै हरेक वर्ष प्रतिष्ठानले खेलकुदका विभिन्न गतिविधिहरू सहित सामाजिक क्षेत्रमा समेत सक्रियता देखाउँदै आएको जानकारी दिए ।
झापा जिल्लाकै उच्च स्तरको प्रतियोगिताको रुपमा कनकाई कपलाई थप व्यवस्थित गर्दै यसलाई निरन्तरता दिँदै अघि बढ्ने योजना रहेको प्रतिष्ठानका सल्लाहकार राजेन्द्रप्रसाद उप्रेती बताउँछन् ।
प्रतिष्ठानले जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता, कनकाई सन्थाल मेला, कनकाई कप, वडास्तरीय खेलकुदका गतिविधिहरुः फुटबल,क्रिकेट,भलिबल लगायतका प्रतियोगिताहरू सञ्चालन गर्दै आइरहेको प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले जानकारी दिए । पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरु तीर्थराज खरेल, लीलाराज झापाली, चुडामणि तिम्सिना, चन्द्र बस्नेत लगायतले राखेको जिज्ञासालाई प्रष्ठिानका संस्थापक अध्यक्ष उप्रेती, वर्तमान अध्यक्ष थपलिया र खेल संयोजक खतिवडाले सम्बोधन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष थपलियाको अध्यक्षता एवं सचिव निरौलाले सहजीकरण गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको सहजीकरण समितिका सदस्य समेत रहेका खेल प्रशिक्षक लिलु गिरीले प्रतियोगिताको बारेमा सुझाव सहित सफलताको शुभकामना दिएका थिए ।
