Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई खेलकुद प्रतिष्ठानले संचालन गर्न लागेको फुटबल प्रतियोगितामा सहयोग रकम जुट्दै
    Uncategorized

    कनकाई खेलकुद प्रतिष्ठानले संचालन गर्न लागेको फुटबल प्रतियोगितामा सहयोग रकम जुट्दै

    कनकाई खबरBy कनकाई खबर२०८१ माघ २१, सोमबार ०४:३६ गते4 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

    खेलकुदका विभिन्न गतिविधिहरु सहित सामाजिक क्षेत्रमा समेत सक्रियता देखाउँदै आएको कनकाई खेलकुद प्रतिष्ठानले यहि माघ २५गतेदेखि कनकाई माविको खेल मैदानमा प्रतियोगिता संचालन गर्ने भएको हो ।

    ‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मुल नाराका साथ अघि बढेको कनकाई खेलकुद प्रतिष्ठानले अघिल्ला वर्षहरु झै आफ्नो वार्षिक क्यालेण्डरमा भएको कार्यक्रमलाई यस वर्ष पनि संचालन गर्ने तयारी गरेको प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले जानकारी दिए । प्रतियोगिताको विस्तृत जानकारी चाँडै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने बताउँदै अध्यक्ष थपलियाले यतिबेला प्रतिष्ठानका संस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु र सल्लाहकार सहितको सिंगो टिम आवश्यक तयारीमा जुटिरहेको जानकारी दिए ।

    प्रतियोगितालाई अत्यन्तै सव्य अनि भव्य रुपमा सम्पन्न गर्न विभिन्न खेलप्रेमी सहयोगी महानुभावहरुबाट सहयोग रकम प्राप्त भइरहेको बताइएको छ । स्थानीयस्तरमा क्रियाशिल सामाजिक व्यक्तित्वहरु, विभिन्न संघसंस्था सहित स्वदेश तथा विदेशमा समेत रहेका खेलप्रेमी सहयोगी मनहरुबाट सहयोग प्राप्त भइरहेको प्रतियोगिताका खेल संयोजक भुवन खतिवडाले जानकारी दिए । प्रतिष्ठानले स्थानीय स्तरमा क्रियाशिल केही सामाजिक संस्थाहरुलाई प्रतियोगिताको सहयोगी संस्थाको रुपमा राख्ने निर्णय गरेअनुसार सोही अनुरुपको सहकार्यमा विभिन्न संघसंस्थाहरु यतिबेला प्रतिष्ठानको सम्पर्कमा आइरहेको बताइएको छ ।

    प्रतियोगिताका लागि विभिन्न माध्यमबाट सहयोग गर्ने दाताहरुमा क्रमशः कनकाई वडा नं.३, सुरुङ्गास्थित कुमुदिनी भवनमा शाखा कार्यालय रहेको विर्तामोड एजुकेशन फाउण्डेशनबाट प्रतियोगिताको सहयोगी संस्थाको रुपमा रहनेगरी रु.२१ हजार सहयोग रकम प्राप्त भएको बताइएको छ ।
    त्यस्तै देवकोटा एजुकेशन फाउण्डेसनबाट सहयोगी संस्थाका रुपमा रु.११ हजार १११ रकम प्राप्त भएको छ । त्यस्तै कनकाई ३ निवासी हाल क्यानाडामा अध्ययनरत अनुषा ओलीबाट रु.११ हजार सहयोग रकम प्राप्त भएको बताइएको छ । प्रतिष्ठानका कार्यसमिति सदस्य समेत रहेका अर्जुन ओलीकी छोरी खेल प्रेमी अनुषा ओली केही महिना अघि मात्र अध्ययनका लागि क्यानाडा गएकी हुन् । त्यस्तै पुर्वी नेपाल बहुउद्येश्यीय सहकारी संस्था लि.शाखा कार्यालय सुरुङ्गाबाट समेत रु.११ हजार १११ सहयोग रकम प्राप्त भएको छ ।

    सहयोगकै क्रममा कनकाई ३ सुरुङ्गा निवासी भीष्म कट्टेल र रन्जीता कट्टेलबाट रु.५ हजार ५ सय सहयोग रकम प्राप्त भएको बताइएको छ ।कनकाई ३ निवासी हाल अमेरिकामा रहेका फुटबल खेललाई अत्यन्तै माया गर्ने आशिष र दिपा संग्रौलाबाट रु.५ हजार एकसय प्राप्त भएको छ । त्यस्तै कनकाई ३ निवासी हाल कतारमा रहेका खेलप्रेमी सुवास र ईन्दु भट्टराईबाट रु.५ हजार एकसय, कनकाई ३ पिङडाँडा निवासी हाल गोर्खा रिजर्भ युनिट ब्रुनेइमा रहेका मेघराज र अमृता राईबाट रु.५ हजार एकसय, प्रतिष्ठानका सल्लाहकार समेत रहेका नारायण पोखरेलबाट रु.५हजार एकसय, कनकाई ३ निवासी हाल अष्टे«लिया रहेका दुर्गाप्रसाद र रोजिना उप्रेतीबाट रु.५ हजार एकसय, कनकाई ३ स्थित एलेक्स कन्सट्रक्सन कम्पनीका संचालक समेत रहेका प्रतिष्ठानका कोषाध्यक्षबाट रु.५ हजार एकसय प्राप्त भएको बताइएको छ ।

    झापा गाउँपालिका वडा नं.३ निबासी हाल इजरायलमा रहेका विशेष डाँगीबाट रु ५ हजार एकसय , कनकाई वडा नं.३ निवासी हाल काठमाण्डौबाट रेवत गौतमले रु.३ हजार एकसय, कनकाई वडा नं.३ निवासी हाल काठमाण्डौमा रहेका प्रतिष्ठानका संस्थापक उपाध्यक्ष सुनिल भेट्वालबाट रु. ५ हजार एकसय, राप्रपा कनकाई नगर कमिटीका अध्यक्ष टिकाराम बरालबाट रु.५ हजार एकसय, कनकाई वडा नं.४ निबासी हाल कोष्टारिकामा रहेका दिनेश उप्रेतीबाट रु.५ हजार एकसय, कनकाई वडा नं. ३ निवासी प्रतिष्ठानका आजिवन सदस्य समेत रहेका रमेशचन्द्र मैनालीबाट रु.२ हजार एकसय प्राप्त रहेको बताइएको छ ।

    त्यस्तै शिवसताक्षी वडा नं.४ का वडाअध्यक्ष विष्णु प्रसाईबाट रु.५ हजार एकसय, कनकाई वडा नं.३ टप्पुका स्थाईबासी हाल इलाम नगरपालिका वडा नं.७ मा रहेका पाथीभारा कसमेटिकका संचालक समेत रहेका अर्जुन पाठकबाट रु.५ हजार ५ सय , क्याम्ब्रीज आइटी कलेजका संचालक समेत रहेका श्रीकृष्ण उप्रेतीबाट रु.२ हजार एकसय , कनकाई ३ निवासी अर्पण राईबाट रु. २ हजार एकसय सहयोग रकम प्राप्त भएको प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले जानकारी दिए ।

    कनकाई माविको खेल मैदानमा यहि माघ २५ गतेदेखी वार्षिक कार्यक्रमका रुपमा रहेको पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको हो । प्रतिष्ठानका तर्फबाट झापाका १५ वटै पालिकालाई प्रतियोगितामा सहभागीताकालागी अनुरोध गरिएको भएपनि केही पालिकाको आफ्नै समस्याका कारण सहभागी हुन नसक्ने जानकारी आएपछि यस पटक ११ वटा पालिकाको बिचमा प्रतियोगिता संचालन गर्न लागीएको खेल संयोजक भुवन खतिवडा बताउँछन् ।

    प्रतियोगिता सम्पन्न गर्न आर्थिक स्रोत व्यवस्थापनमा कठिनाई रहेको भएपनि प्रतिष्ठानले प्रथम पुरस्कारका रुपमा १ लाख १५ हजार साथै दोस्रो पुरस्कार ६१ हजार नगद, प्रमाण पत्र र ट्रफीको व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले जानकारी दिए । प्रत्येक दिनको मेन अफ द म्याचको पुरस्कार नगद रु.२ हजार एकसय रहेको छ भने खेल अवधिभरका उत्कृष्ट गोल किपर, सर्वाधिक गोल कर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर लगायतको पुरस्कार जनही नगद ३ हजार १ सय साथै मेन अफ दि सिरिज ५हजार एकसयको नगद पुरस्कार व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष थपलियाले जानकारी दिए ।

    मुख्य आर्थिक सहयोग कनकाई नगरपालिकाको रहने प्रतियोगितामा खेलप्रेमी व्यक्तित्वहरु, उद्योगी व्यवसायी, विभिन्न संघसंस्था साथै प्रतिष्ठानका सदस्यहरुबाट समेत आर्थिक सहयोग प्राप्त भइरहने विश्वास गरिएको छ ।

    झापा जिल्लाकै उच्च स्तरको प्रतियोगिताको रुपमा कनकाई कपलाई थप व्यवस्थित गर्दै यसलाई निरन्तरता दिँदै अघि बढ्ने योजना रहेको आयोजक समितिले जनाएको छ । प्रतिष्ठानले जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता, कनकाई सन्थाल मेला, कनकाई कप, वडास्तरीय खेलकुदका गतिविधिहरुः फुटबल,क्रिकेट,भलिबल लगायतका प्रतियोगिताहरु संचालन गर्दै आइरहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.